Thursday, 23rd May 2013

भन्सार छलेर भित्र्याइएको दुई गाडी सिमेन्ट बरामद

गोदावरी,(कैलाली), जेठ ९ गते । भन्सार छलेर अवैध रुपमा नेपाल भित्र्याइदै गरेको दुईवटा ट्याक्टर सहित ३ सय बोरा सिमेन्ट शसस्त्र प्रहरीले बुधवार कैलालीवाट बरामद गरेको छ ।

कैलालीको भजनी गाविसको कुसुमघाट नाकावाट से १ त ४१५८ र से १ त २१६९ नम्वरको ट्याक्टरमा वेवारिसे अवस्थामा सिमा नाकामा रहेको ३ सय बोरा सिमेन्ट वरामद गरिएको सिमा सुरक्षा कार्यालय कैलालीका डिएसपी प्रेमवहादुर रावलले गोरखापत्रलाई बताउनुभयो ।

शसस्त्र प्रहरी सहायक निरीक्षक अमरप्रसाद विष्टको नेतृत्वमा गएको गस्ती टोलीले बुधवार विहान साढे तिन वजे सो समान वरामद गरेको थियो । वरामद गरिएको ट्याक्टर सहित सबै सिमेन्ट आजै धनगढी भन्सार कार्यालयमा वुझाइने शसस्त्र प्रहरीले जनाएको छ ।



हाम्रा प्रकाशनहरु:

गोरखापत्र दैनिकThe Rising Nepal Newspaperमधुपर्कयुबामंचमुना