साना सिलिन्डर अवैध आयात
वीरगन्ज, फागुन २४ गते । स्थानीय बजारमा खपत हुने खाना पकाउने एलपी ग्यासका साना सिलिन्डर मापदण्ड विपरीत भारतबाट अवैधरूपमा आयात हुने गरेको छ ।
अवैधरूपमा आयात हुने त्यस्ता गुणस्तरहीन र मापदण्डविपरीका सिलिन्डरका कारण आम उपभोक्ता ठगिने गरेका छन् ।
भारतबाट अवैधरूपमा ल्याइएका यस्ता सिलिन्डरले मध्य तराईका बारा, पर्सा र रौतहटमा विक्री हुने गरेको छ ।
स्थानीय प्रशासनले अनुगमनमा सक्रियता नदेखाएपछि सीमापारीको बजारबाट साना सिलिन्डर ल्याउन व्यापारीको मनोबल उच्च भएको हो ।
यहा“का अधिकांश पसलमा भारतीय साना ग्यास सिलिन्डर विक्री हुँदै आएको छ, त्यस्ता ग्यास सिलिन्डर विक्री गर्ने एक व्यावसायीले भने– “सानो परिवार तथा विशेषगरी विद्यार्थीका खाना पकाउनका लागि लागि उपयुक्त हुने यस्ता साना ग्यास सिलिन्डरको माग स्थानीय बजारमा उच्च रहेको छ ।”
राजस्व छलेर भित्रयाइएका र सुरक्षा मापदण्ड नअपनाएका साना सिलिन्डरको कारोबार गर्न सरकारले अनुमति दिएको छैन् । स्थानीय प्रशासनले त्यस्ता साना सिलिन्डरको विक्रीमा रोक लगाइएको भनिए पनि कारोबार रोकिएको छैन् । “कसैले विक्री नगर्न भनेको छैन्,”– वीरगन्जका एक व्यावसायीले भने, “स्थानीय उपभोक्ताको माग र आवश्यकतालाई ध्यानमा राखेर भारतीय सिलिन्डर विक्री गरेका हौं ।”
व्यवसायीहरूले उपभोक्ताले देख्ने गरी पसल बाहिर नै साना सिलिन्डर राखेर त्यसको विक्री गर्ने गरेका छन् । सुरक्षा मापदण्ड पूरा नगरी बनाइएका यस्ता सिलिन्डर खतरापूर्ण रहेपनि निर्वाध रूपमा विक्री भइरहेको छ ।
स्थानीय बजारमा यस्ता साना सिलिन्डरको माग बढेकाले व्यापारीहरू अवैध तरिकाबाट भए पनि यस्ता सिलिन्डर भित्रयाउने गर्छन् । कम लगानीमा बढी फाइदा हुने भएकाले यस्ता वस्तुको चोरी पैठारीले प्राथमिकता पाएकोे दाबी सम्बद्ध व्यावसायीको छ ।
धेरैले पढेको
- सुनको भाउ घट्यो
- सन् २०१५ सम्ममा नेपालको आफ्नै भूउपग्रह !
- अध्यापन अनुमतिपत्र नै नभएका माओवादी कार्यकर्ताहरुलाई शिक्षकमा नियुक्ति दिने निर्णय
- अख्तियारध्दारा २२ जना विरुध्द विशेष अदालतमा मुद्दा
- सरकारी सेवामा ४८ प्रतिशत आरक्षणको व्यवस्था गरिने
- प्रधानमन्त्रीकै वेबसाइटमा गम्भीर त्रुटि
- शिवा हासमीकी हत्या काण्ड नयाँ मोडमा
- अनलाइन बैंकिङ्ग खतरामा
- प्रधानमन्त्री भट्टराईको आधिकारिक ट्वीटर
- काँग्रेस सभापति कोइराला उमेदवारी फिर्ता लिन तयार रहेको खुलासा
हाम्रा प्रकाशनहरु:








