सुनको भाउ घट्यो
काठमाडौं, पुस २० गते । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. छ सयले घटेको छ ।
हिजो स्थानीय बजारमा छापावाल सुन प्रतितोला रु. ५९ हजार एक सयमा कारोबार भएकोमा आज प्रतितोला रु. ५८ हजार पाँच सयमा कारोबार भई सुनको मूल्य प्रतितोला रु. छ सयले घट्न गएको नेपाल सुनचाँदी व्यवसायीले संघले जनाएको छ ।
संघका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य घट्न गई त्यसको प्रभाव स्थानीय बजारमा पनि पर्न गएको हो ।
यसैगरी, तेजाबी सुनको मूल्य हिजोको तुलनामा आज प्रतितोला रु. छ सयले घटी रु. ५८ हजार २५० कायम भएको छ भने हिजो तेजावी सुनको मूल्य रु. ५८ हजार ८५० कायम रहेको थियो ।
यस्तै, स्थानीय बजारमा चाँदीको मूल्य हिजोको तुलनामा आज प्रतितोला रु. ३० ले घटेर रु. एक हजार ९० कायम भएको छ भने हिजो चाँदीको मूल्य प्रतितोला रु. एक हजार १२० कायम रहेको संघले जानकारी दिएको छ । रासस
धेरैले पढेको
- सुनको भाउ घट्यो
- सन् २०१५ सम्ममा नेपालको आफ्नै भूउपग्रह !
- अध्यापन अनुमतिपत्र नै नभएका माओवादी कार्यकर्ताहरुलाई शिक्षकमा नियुक्ति दिने निर्णय
- अख्तियारध्दारा २२ जना विरुध्द विशेष अदालतमा मुद्दा
- प्रधानमन्त्रीकै वेबसाइटमा गम्भीर त्रुटि
- सरकारी सेवामा ४८ प्रतिशत आरक्षणको व्यवस्था गरिने
- शिवा हासमीकी हत्या काण्ड नयाँ मोडमा
- अनलाइन बैंकिङ्ग खतरामा
- प्रधानमन्त्री भट्टराईको आधिकारिक ट्वीटर
- काँग्रेस सभापति कोइराला उमेदवारी फिर्ता लिन तयार रहेको खुलासा
हाम्रा प्रकाशनहरु:








