राज्यद्वारा बेपत्ता पारिएका नागरिकको खोजबिनका लागि एमाओवादी प्रतिबद्ध–अध्यक्ष दाहाल
काठमाडौँ, जेठ ७ गते । एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले सशस्त्र द्वन्द्वकालमा राज्यका तर्फबाट बेपत्ता पारिएका नागरिकको खोजबिनका लागि एमाओवादी प्रतिबद्ध रहेको बताउनुभएको छ ।
एमाओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा ‘बेपत्ता योद्धा स्मृति दिवस’को अवसरमा आज आयोजित ‘सहिद तथा बेपत्ता योद्धा स्तम्भ’को शिलान्यास गर्दै उहाँले प्रमुख राजनीतिक दलको सहमतिमा सत्य निरुपण तथा बेपत्ता नागरिक खोजबिनसम्बन्धी अध्यादेश पारित गरिएको र सो अध्यादेशलाई राष्ट्रपतिले जारी गरिसक्नुभएको अवस्थामा बेपत्ता नागरिकको खोजबिनको काम अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
सशस्त्र द्वन्द्वकालमा राज्यका तर्फबाट करिब एक हजार १०० भन्दा बढी नागरिक बेपत्ता पारिएको स्मरण गर्दै उहाँले सहिदले देखाएको बाटो समाउँदै बेपत्ताहरुको अवस्था सार्वजनिक गर्न आफूहरु कहिल्यै पछि नहट्ने स्पष्ट पार्नुभयो ।
एमाओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा उहाँले सहिद तथा बेपत्ताहरुको स्मारक शिलान्यास गर्नुभएको थियो । सो स्तम्भमा राज्यपक्षद्वारा बेपत्ता पारिएका र सहिद भएकाहरुको नामावली राख्ने योजना रहेको छ ।
विसं २०५५ जेठ ७ गते तत्कालीन सरकारले काठमाडौँको सुन्धारा टेबहालबाट तत्कालीन माओवादी केन्द्रीय सदस्य दण्डपाणि न्यौपाने र मिलन नेपालीसहित चार जनालाई गिरफ्तार गरी बेपत्ता पारिएको स्मरणमा एमाओवादीले गत सालदेखि बेपत्ता नागरिक स्मृति दिवस मनाउन थालेको हो ।
सो अवसरमा अध्यक्ष दाहालले सरकारले संविधानसभाको निर्वाचनको मिति छिट्टै घोषणा गर्ने विश्वास पनि व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “अन्तरिम चुनावी परिषद्का अध्यक्षसँग भएको छलफलमा उहाँले केही दिनभित्रै निर्वाचनको मिति घोषणा गर्ने वचन दिनुभएको छ, आशा गरौं निर्वाचनको मिति घोषणा हुन्छ ।”
सरकारले निर्वाचनका लागि आवश्यक तयारी गरिरहेको जानकारी दिँदै अध्यक्ष दाहालले तोकिएकै समयमा संविधानसभाको निर्वाचन गरेर मुलुकलाई सही राजनीतिक दिशामा लैजान सरकार प्रतिबद्ध रहेको आफूले पाएको बताउनुभयो ।
सोही कार्यक्रममा आज मात्रै एमाओवादी प्रवेश गर्नुभएका डा वाइबी थापालाई अध्यक्ष दाहालले टीका र माला लगाएर स्वागत गर्नुभएको थियो । रासस
–––––––
More Articles...
- आदिवासी जनजाति महासङ्घका पदाधिकारि सम्मानित
- राष्ट्रिय कुङ फु प्रतियोगितामा ४६ स्वर्ण पदक
- ‘नक्कली भर्ना’बारे विद्यार्थी सङ्गठनबीच आरोप प्रत्यारोप
- नेपाल र भारतका सेनाद्वारा सगरमाथा आरोहण
- एक मुष्ठ भर्ना खारेज गर्न विद्यार्थी नेताहरु सहमत
- नेत्री अर्याल र अभिनेत्री थापा एमाओवादीमा प्रवेश
- पिच प्लान्टको विरोध
- वाइसिएलको मोटरसाइकल र्याली
- ठमेल भीषण आगलागी
- मन्दिरको फोहर व्यवस्थापनमा छुट्टै नीति लागू
धेरैले पढेको
- सुनको भाउ घट्यो
- सन् २०१५ सम्ममा नेपालको आफ्नै भूउपग्रह !
- अध्यापन अनुमतिपत्र नै नभएका माओवादी कार्यकर्ताहरुलाई शिक्षकमा नियुक्ति दिने निर्णय
- अख्तियारध्दारा २२ जना विरुध्द विशेष अदालतमा मुद्दा
- प्रधानमन्त्रीकै वेबसाइटमा गम्भीर त्रुटि
- सरकारी सेवामा ४८ प्रतिशत आरक्षणको व्यवस्था गरिने
- शिवा हासमीकी हत्या काण्ड नयाँ मोडमा
- अनलाइन बैंकिङ्ग खतरामा
- प्रधानमन्त्री भट्टराईको आधिकारिक ट्वीटर
- काँग्रेस सभापति कोइराला उमेदवारी फिर्ता लिन तयार रहेको खुलासा
हाम्रा प्रकाशनहरु:








