चिराईतो निकासी बढ्यो
बुद्धवीर राई, इलाम, फागुन २२ गते । अवैध निकासीमा कडाई गरिएपछि चिराइतो निकासीमा बृद्धि भएको छ । लेकाली क्षेत्रमा ब्यावसायिकरुपमा खेती हु“दै आएको चिराइतो निकासी अघिल्लो वर्षको तुलनामा चार गुणा बढेको हो । वन कार्यालयका अनुसार अहिलेसम्म जिल्लाबाट ३१ हजार दुई सय ८१ किलो चिराइतो निकासी भइसकेको छ । चिराइतो निकासी हुनेक्रम जारी छ । लेकाली गाउ“का कृषकले परम्परागत बाली छाडेर औषधीय गुण भएको चिराइतो खेती बढाउदै लगेका छन् ।
आर्थिक वर्ष ०६८/६९ मा जिल्लावाट आठ हजार चार सय पा“च किलो चिराइतो निकासी भएको थियो । अवैध रुपमा चिराइतो निकासीमा कडाइ गरिएकोले यसको निकासी तथ्याङ्क बढेको जिल्ला वन अधिकृत राजेन्द्र काफ्लेले बताउनुभयो । भारतीय पक्षको सहकार्यमा अवैध निकासीलाई कडाइ गरिएको छ, उहाँले भन्नुभयो ।
अवैध रुपमा चोरी निकासी निगरानी गर्न नेपाल प्रहरीले पनि सक्रियता बढाएको छ । भारतीय सीम सुरक्षा बल एसएसबीले पनि सीमामा कडाई गर्न थालेकाले नेपाली बाटो भएरै चिराइतो निकासी भएको हो वन कार्यालयको भनाई छ ।
इलामका किसानले यो बर्षमात्र करिब ५ करोड रुपियाँ आम्दानीग गरेको उच्च पहाडी जडिबुट्टि संस्थाको तथ्याङ्कमा उल्लेख छ । चिराईतोको विक्रिबाट यो बर्ष ५ करोड ७५ लाख १५ हजार दुई सय रुपियाँ नगद आम्दानि गरेका हुन् ।
धेरैले पढेको
- सुनको भाउ घट्यो
- सन् २०१५ सम्ममा नेपालको आफ्नै भूउपग्रह !
- अध्यापन अनुमतिपत्र नै नभएका माओवादी कार्यकर्ताहरुलाई शिक्षकमा नियुक्ति दिने निर्णय
- अख्तियारध्दारा २२ जना विरुध्द विशेष अदालतमा मुद्दा
- सरकारी सेवामा ४८ प्रतिशत आरक्षणको व्यवस्था गरिने
- प्रधानमन्त्रीकै वेबसाइटमा गम्भीर त्रुटि
- शिवा हासमीकी हत्या काण्ड नयाँ मोडमा
- अनलाइन बैंकिङ्ग खतरामा
- प्रधानमन्त्री भट्टराईको आधिकारिक ट्वीटर
- काँग्रेस सभापति कोइराला उमेदवारी फिर्ता लिन तयार रहेको खुलासा
हाम्रा प्रकाशनहरु:








