पारालिगलमा एकसय ४६ मुद्दा
सन्तोष राउत, सोलुखुम्बु, फागुन २३ गते । पछिल्लो समयमा पारालिगल कमिटी सोलुखम्बुमा उजुरी पर्ने क्रम बढेको छ ।
नेपाल सरकार तथा युनिसेफको संयुक्त पहलमा गठित पारालिगल कमिटी सल्लेरीले हालसम्म एक सय ४६ वटा मुद्दा हेरेको छ । प्रत्येक गाविसमा महिला हिंसाकाबारेमा जनचेतनामूलक कार्यक्रहरु संचालन हुन थालेपछि उजुरी गर्नेको संख्यामा वृद्धि भएको हुन सक्ने विभिन्न गाविसमा प्रशिक्षण दिनु भएका अधिबक्ता विदुरकुमार लामिछानेले बताउनुभयो ।
विशेष गरी घरेलु हिंसाका मुद्दा हेर्ने पारालिगल कमिटिले यस वर्षभित्र मात्र ६७ वटा मुद्दा मिलापत्र गराउन सफल भएको छ । जसमा बढी जसो महिला हिंसा भए पनि केही पुरुष हिंसाका मुद्दा समेत आएका छन् । पुरुष हिंसाका घटना हुने गरेपनि इज्जत जाने डरले उजुरी नआएको कमिटिले जनाएको छ ।
कमिटिले सदरमुकाम सल्लेरीमा आयोजना गरेको बार्षिक समिक्षा कार्याक्रममा ६४ वटा मुद्दा अन्य कार्यालयमा पठाइएको, नौ वटा जिल्ला स्रोत समुहमा र ५५ वटा मुद्दा जिल्ला प्रहरी कार्यालयमा पठाएको जानकारी दिएको छ । कमिटीमा सबैभन्दा कुटपीटको बढी संख्यामा मुद्दा परेकाछन् । कुटपीटमा ४० वटा, गाली बेईज्जतमा २८ वटा, बहु विबाहमा १५ र यौन हिंसामा आठ वटा, अनावश्यक लान्छानामा तीन वटा मुद्दा परेका हुन् ।
समिक्षा कार्यक्रममा मुद्दा हेर्ने क्रममा अनावश्यक धम्कि आउनुका साथै पिडीतहरुका लागि सहयोग गर्नका लागि आर्थिक अभाव नै मुख्य चुनौति रहेको पारालिगल कमिटि सल्लेरीका अध्यक्ष एकाकुमारी बस्नेतले बताउनुभयो ।
धेरैले पढेको
- सुनको भाउ घट्यो
- सन् २०१५ सम्ममा नेपालको आफ्नै भूउपग्रह !
- अध्यापन अनुमतिपत्र नै नभएका माओवादी कार्यकर्ताहरुलाई शिक्षकमा नियुक्ति दिने निर्णय
- अख्तियारध्दारा २२ जना विरुध्द विशेष अदालतमा मुद्दा
- प्रधानमन्त्रीकै वेबसाइटमा गम्भीर त्रुटि
- सरकारी सेवामा ४८ प्रतिशत आरक्षणको व्यवस्था गरिने
- शिवा हासमीकी हत्या काण्ड नयाँ मोडमा
- अनलाइन बैंकिङ्ग खतरामा
- प्रधानमन्त्री भट्टराईको आधिकारिक ट्वीटर
- काँग्रेस सभापति कोइराला उमेदवारी फिर्ता लिन तयार रहेको खुलासा
हाम्रा प्रकाशनहरु:








