Saturday, 30th August 2014

मोर्चाको बन्द फिर्ता

Share this post
FaceBook  Twitter  Mixx.mn     

सुर्खेत, फागुन २३ गते । नेपाल सङ्घीय जनगणतान्त्रिक मोर्चाले सुर्खेत बन्द फिर्ता लिएको छ । सुर्खेतमा भइरहेको मेला र महोत्सवका कारण भन्दै मोर्चाले बन्द फिर्ता लिएको हो ।

सरकारको बर्खास्ती, राष्ट्रिय स्वाधीनताको रक्षा र सरकार गठनमा वैदेशिक हस्तक्षेपको विरोध गर्दै मोर्चाले गरेको नेपाल बन्दको प्रभाव सुर्खेतमा तीन घण्टा मात्रै प¥यो ।

नेकपा–माओवादीका सुर्खेत जिल्ला सेक्रेटरी ठम्मर विष्टले सुर्खेतमा भइरहेको दोस्रो घरेलु तथा साना उद्योग महोत्सव र धार्मिक महोत्सवलाई ध्यान दिँदै बन्द फिर्ता लिएको जानकारी दिनुभयो ।

उहाँले साङ्केतिकरुपमा बिहान ६ बजेदेखि ९ बजेसम्म बन्द गरिएको बताउनुभयो । मोर्चामा संलग्न नेकपा–माओवादी, नेकपा (एकीकृत), नेकपा (माओवादी), क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालले नेपाल बन्दको घोषणा गरेका हुन् ।

रासस

हाम्रा प्रकाशनहरु:

गोरखापत्र दैनिकThe Rising Nepal Newspaperमधुपर्कयुबामंचमुना