Tuesday, 18th June 2013

राजधानीको खानेपानी समस्या

कपिलमणि आचार्य,
विश्वको कुल भूभागको दुई तिहाइ भाग पानीले ढाकेको छ । त्यसमा कुल खान योग्य पानी एक प्रतिशत मात्र रहेको छ । वर्षेनी शुद्ध खाने पानीको अभावले लाखौं मानिसले मृत्युवरण गर्नु परेको छ । पानी जीवजन्तुको एक अपरिहार्य तŒव हो । नेपाल पानीको मुख्यस्रोत भएको मुलुकममध्ये शीर्ष स्थानमा छ । नेपाल हिमालयहरूको राजधानीको रूपमा विश्वमा परिचित छ । जो पानीको स्रोतमध्ये प्रमुख स्रोत हो, यसका हिमशृंखलाहरूले विश्वलाइ नै आकर्षित गर्दछ । नेपालको जल भण्डारलाई हाल आएर ह्वाइट गोल्डको रूपमा पनि हेर्न थालिएको छ , जो स्रोतहरूमध्ये खुल्ला स्रोतको रूपमा रहेको छ । नेपालको कुल भूभाग मध्ये ३६ंं.९ प्रतिशत जमिन वन जंगलले ढाकेको छ । जुन पर्यावरणीय दृष्टिकोणका साथै जलभण्डारको हिसाबले निकै महŒवपूर्ण मानिन्छ । जसलाई राष्ट्रिय निकुञ्जको रूपमा राष्ट्रले संरक्षण दिंदै आएको छ । यसको संरक्षणमा सयौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैह्रसरकारी संस्थाहरूले साथ दिइरहेका छन् । अन्तर्राष्ट्रियस्तरमा हेर्ने हो भने नेपालको भूबनोट निक्कै नै चाखलाग्दो रहेको छ । यहांको भूभागमा एउटै मौसममा भिन्न प्रकारका वातावरणीय प्रभाव पाउन सकिन्छ (हिमाल, पहाड, तराई) । जसले गर्दा विभिन्न प्रकारका कृषी उब्जनीका लागि बाह्रै महिना अनुकुल रहने गरेको छ, जसलाइ हामीले पहिलाउन सकेका छैनौं वा यसको उपयोग गर्न सकेका छैनौं । यो अनुसन्धानको विषय बनेर रहेको छ । नेपालमा रहेका राष्ट्रिय निकुञ्जहरूको आफ्नै मौलिक विषेशता छ । त्यसमा पनि कुनै पनि राष्ट्रको राजधानीबाट नजिकको दुरीमा (५वा७ कि.मिं) को दुरीमा रहेको नेपालको जस्तो निकुञ्ज विश्वमा बिरलै पाउन सकिन्छ ।
नेपालको शिवपुरी राष्ट्रिय निकुञ्ज त्यस्तो निकुञ्ज हो जसले जीवजन्तुको संरक्षणबाहेक  काठमाडौं बासीलाई खानेपानीको प्रमुख स्रोतको रूपमा सेवा प्रदान गदैं आएको छ । नेपालमा ८५ हजार मेघावट विद्युत् उत्पादन क्षमता बोकेको जलस्रोत भए पनि १८ घण्टासम्मको लोडसेडिङ खेप्नु परेको छ । गंगा नदीले ओगटेको भूमि नेपालको कुल भूमिभन्दा केही गुणाले ठूलो छ । प्रसंग यो हो कि यस नदीमा बग्ने वार्षिक पानीको ४० प्रतिशतमा नेपालको जलस्रोतको योगदान छ । हामीले यस तथ्यबाट पनि थाहा पाउन सक्छौं कि नेपाल जलस्रोतमा कति धनी छ भनेर । नेपालमा साना ठूला गरेर करीब ६००० खोलानाला रहेको एक अध्ययनले देखाएको छ । यी खोलाहरूको कुल लम्बाई करीब ४५ हजार कि.मी. रहेको छ । राष्ट्रिय ताल संरक्षणका अनुसार नेपालमा करीब पाँच ३५८ वटा ताल रहेका छन् ।
भूमिगत पानीको स्रोत पनि काठमाडौंबासीको एक प्रमुख स्रोत हो । जो सतहमा रहेको पानी जमिनले.शोषित गरेर भूमिगत रूपमा सञ्चय हुने गर्छ । खुल्ला रूपमा उपलब्ध हुने यस पानीको स्रोतलाई यहांका बासिन्दाले भिन्न रूपमा प्रयोग गर्दै आएका छन् । कसैले यसबाट आफ्नो दैनिक आवश्यकतालाई पूर्ति गर्दै आएका छन् भने सरकारी स्तरबाट यसलाई खानेपानी उपलब्ध गराउने बैकल्पित स्रोतका रूपमा प्रयोग गर्दै आएका छ  तर निजी सेवा प्रदायक संस्थाहरूले यसलाई उद्योगको रूपमा स्थापित गरिसकेका छन् । जो अति नै संवेदनशील बन्दै गएको छ । खुल्लारूपमा उपलब्ध यस श्रोतको ब्यापक दुरूपयोग हुंदै आएको विभिन्न अध्ययन अनुसन्धानले पुष्टि गरिसकेको छ । सरकारले विभिन्न आयोग लगायत उपसमितिहरू बनाई यसको दुरूपयोग नियन्त्रण एवम् सरकारी दायरामा ल्याउन कोशिस गरेको त छ तर यो  हालसम्म सफल हुन सकेको छैन । पानीमा हुंदै आएको काला बजारी प्रत्येक काठमाडौंबासीले खानेपानीको लागि चर्को मूल्य चुकाउनु परेको छ ।
हालसम्म काठमाडौंको भूमिगत जलस्रोत भण्डार यसको उत्सर्जन एवम् क्षमताको अध्ययन दर्जनौं संस्थाले गरिसकेका छन् । तिनका प्रŒिवेदनहरू विभिन्न पुस्ताकालयहरूमा थन्किरहेका छन् । यसको प्रयोग अनुसान्धानकर्ताहरूको अध्ययनमा मात्रै सीमित हुन पुगेको छ तर नीति निर्माताहरूलाई यसले अझै पूर्ण रूपमा झकझकाउन भने सकेको छैन । यसबाट पर्ने प्रभावलाई कम आकलन गर्ने गरेको जस्तो लाग्न थालेको छ, जसको जाइकाले एक दशक अघि नै सरकारलाई प्रŒिवेदन बुझाइ सकेको छ । पछिल्लो अध्ययनले त भूमिगत जलस्रोतको उत्सर्जनबाट बिक्री गरिएको पानीको मूल्य सरकार नियन्त्रित पानी वितरक संस्थाले उठाउने राजस्व भन्दा करिब छ गुणाले बढिरहेको छ । जसमा सरकारको कुनै नियन्त्रण छैन । यसरी सरकारी राजस्वको चुहावट भैरहेको छ भने अर्को तिर काठमाडौंको जमिन खोक्रिदै गइरहेको छ र यस माथि बनेका भौतिक संरचनाहरूको अवस्था दिनप्रतिदिन कमजोर बनिरहेको छ । यसबाट पर्न जाने क्षतिको अहिले कल्पनासम्म पनि गर्न सक्ने अबस्था छैन ।
अर्को एक अध्ययनले  काठमाडौंबासीले आगामी दिनमा पानीको लागि निकै संघर्षपूर्ण जीवन व्यथित गर्नुपर्ने अवस्था आउन लागेको देखाएको छ । नेपाल इन्जिनियरिङ कलेजले काठमाडौंका प्रमुख चार कुनामा दधिकोट र झौखेल, लुबु र मातातीर्थ गा.वि.स.मा गरेको अध्ययनले ति स्थानका जलभण्डारणमा प्रतिदिन कमी हुंदै आएको र ती स्थानमा रहेका बासिन्दा स्वयम् पानीको लागि भौंतारिदै आएको छन् । यी ठाउँहरू पानी भण्डारणका हिसाबले अति नै महŒवपूर्ण हुन् ।
त्यस्तै पानी उपभोक्ता समितिको चयनमा एक धारा एक घरको सिद्धान्तले उपभोक्ता समितिको चयनले पूर्ण पारदर्शी भएको देखाएको छ । त्यस्तै गरी सार्बजनिक धाराका कारणले पनि पानीको दुरूपयोग भएको यथार्थ सार्बजनिक भएको छ ।
बढ्दो शहरीकरणले खाने पानीको माग बढाएको छ भने अर्कोतिर अप्रत्यक्ष रूपमा खाने पानीको स्रोतहरू नष्ट पारेको छ । तथ्य के हो भने यदि वर्षायाममा वर्षिएको पानी जमिनमा नै स्थिर हुने हो भने चरणबद्ध रूपमा जमिनले यसलाई सोसित गरी भूमिगत रूपमा सञ्चय हुने गर्दथ्यो । त्यसको ठाउँमा अहिले असंख्यरूपमा भवनहरू निर्माण भएका छन् । जसमा खसेको पानी सिधै ढल मार्फत नदीमा मिसिने गरेको छ । त्यस्तै नेपाल इन्जिनियरिङ कलेजका अनुसार इतिहास बोकेका राज कुलो संरक्षण मर्फत पनि काठमाडौं वरिपरि बचेका भूभागलाई पानी संचय गर्न सकिने अवधारणा सार्बजनिक गरेका छन् । उसैको अध्ययनले अव्यवस्थित शहरीकरणले भक्तपुरमा रहेको हनुमन्ते खोलाको अस्तिŒव नै धरापमा परेको छ र यसैसंग जोडिएका भक्तपुरबासीका सभ्यता पनि हराउदै गएको देखाएको छ । उसको समग्र अध्ययनले पानीसंग सम्बन्धित निम्न लिखित समस्या दर्शाएका छ ।
पानीको उपलब्धता माग र आपूर्ति बीचको खाडल हुनु ।
पानी बीतरण प्रक्रियामा समान पहुच नहुनु ।
पानीको सुद्धता र स्रोतको संरक्षण नहुनु ।
पानी व्यबस्थापनको संस्थागत विकास र यसमा स्थानीय सरकारको भूमिका नहुनु ।
बढ्दो शहरीकरणले पानीको माग र यसको व्यापारीकरणलाई बढाउनु ।
यस्तै उसको अध्ययनले ललितपुरको लुबुमा रहेको नौ वटा पोखरी सन् २००० सम्म
आइपुग्दा प्रायः सबै नष्ट भैसकेको र बांकी रहेकाको पनि मूल सुकेर खुम्चिएको अबस्थामा रहेको देखाएको छ । त्यस्तै गरी उक्त गा.वि.स.मा रहेको खोलाको पानीको बहाव कम हुंदै गएको छ । यसले गर्दा उक्त क्षेत्रमा सिंचाइ प्रणाली प्रभावित भएको देखाएको छ । त्यस्तै  अर्को मातातीर्थ गा.वि.स.को भुत्याहा र भैसे पोखरीको अस्तिŒव नै समाप्त भएको देखाएको छ । त्यस्तै दधिकोट गा.वि.स.मा रहेका छ वटा पोखरीमध्ये घलेपोखरी र चित्रपुरमा मात्र अलिअलि पानी देख्न सकिन्छ ।  बांकी पूर्ण रूपमा सुकिसकेका छन् ।
पृथ्वीको औसत तापक्रम ०.८ डिग्री सेल्सियसले बढिरहेको तथ्यांकले पुष्टि गरिरहेको छ । त्यस्तैगरी सन् २०३० सम्म १.२ डिग्री सेल्सियसले, सन् २०५० सम्म १.७ ले र सन् २१०० सम्म ३ डिग्री सेल्सियसले बढ्ने आकडा पनि सार्वजनिक छ । यसरी यस अध्ययनका अनुसार काठमाडौं वरिपरिका पानीका स्रोतहरूका संरक्षण नहुने हो ,अव्यबस्थीत शहरीकरणको नियन्त्रण नहुने र व्यबस्थीत खानेपानीको वितरण प्रणालीे व्यबस्था नहुने हो भने काठमाडौं बासीले आगामी दिनमा विकराल समस्याको सामना गर्नु पर्ने अवस्था सिर्जना हुन सक्छ ।
    

हाम्रा प्रकाशनहरु:

गोरखापत्र दैनिकThe Rising Nepal Newspaperमधुपर्कयुबामंचमुना