शौचालय नबनाउनेलाई गाविसद्वारा सुविधा नदिइने
बाँके (नेपालगन्ज), जेठ १० गते । परस्पुर गाविसको खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समितिले शौचालय नबनाउनेलाई गाविसबाट प्रदान गरिने सेवा सुविधा नदिने निर्णय गरेको छ ।
परस्पुर गाविसलाई खुल्ला दिसामुक्त बनाउन गाविसले उक्त निर्णय गरेको हो । खुल्ला दिसामुक्त गाविस बनाउन गाविसले आचारसंहितासमेत बनाएको छ ।
शौचालय नबनाउने परिवारलाई गाविसबाट प्रदान गरिने कुनै पनि सेवा नदिने, खुल्लारुपमा दिसा गर्नेलाई जरिवाना गरिने आचारसंहितामा उल्लेख छ ।
खुल्लारुपमा दिसा गरेको पाइए पहिलोपटक रु एकसय, दोस्रो पटक रु दुई सय ५० र तेस्रो पटक रु ५०० जरिवना गरिने गाविसले जनाएको छ ।
शौचालय बनाउन पटकपटक आग्रह गरिए पनि सर्वसाधारणले नमानेपछि सेवा सुविधाबाट वञ्चित गर्ने नीति लिनु परेको गाविस सचिव पर्शुराम शुक्लाले जानकारी दिनुभयो ।
रासस
More Articles...
- सिकलसेल एनिमियाका विरामी बढ्दै
- आँखा शिविरमा ६३ जना मोतिबिन्दु रोगी
- बाढीको सूचना व्यवस्थित गर्न पूर्व सूचना प्रणाली
- केबलकार सञ्चालनका लागि सम्भाव्यता अध्ययन
- टेलिसेन्टर सेवाबाट सेवाग्राही लाभान्वित
- दादुराको प्रकोप
- हेटौँडा अस्पतालमा चिकित्सकको अभाव
- दुर्गमको उपस्वास्थ्य चौकी अहेबविहीन
- धनकुटालाई प्लाष्टिकरहित बनाउने अभियान
- वुटवलमा सामुदायिक मुटु अस्पताल स्थापना
धेरैले पढेको
- सुनको भाउ घट्यो
- सन् २०१५ सम्ममा नेपालको आफ्नै भूउपग्रह !
- अध्यापन अनुमतिपत्र नै नभएका माओवादी कार्यकर्ताहरुलाई शिक्षकमा नियुक्ति दिने निर्णय
- अख्तियारध्दारा २२ जना विरुध्द विशेष अदालतमा मुद्दा
- सरकारी सेवामा ४८ प्रतिशत आरक्षणको व्यवस्था गरिने
- प्रधानमन्त्रीकै वेबसाइटमा गम्भीर त्रुटि
- शिवा हासमीकी हत्या काण्ड नयाँ मोडमा
- अनलाइन बैंकिङ्ग खतरामा
- प्रधानमन्त्री भट्टराईको आधिकारिक ट्वीटर
- काँग्रेस सभापति कोइराला उमेदवारी फिर्ता लिन तयार रहेको खुलासा
हाम्रा प्रकाशनहरु:








