logo
२०७६ चैत्र २८ शुक्रवार

साहित्य तीर्थमा थपिए शालिक

कला |


2020-03-09-9876



लुम्बिनी समाचारदाता
बुटवल, फागुन २६ गते । साहित्य तीर्थका रुपमा चिनिदै गएको कपिलबस्तुको कपिलधाममा थप दुई स्वर्गीय श्रष्टाका शालिक थपिएका छन् ।
साहित्य, कला र संस्कृति क्षेत्रमा योगदान गरेका १०१ स्वर्गीय श्रष्टाका शालिक निर्माण गरिने लक्ष्य रहेको उक्त स्थानमा वरिष्ठ कवि तथा नाटककार वासु शशि र साहित्यकार प्राडा कुमार बहादुर जोशीका शालिक स्थापना भएका हुन् ।

उक्त स्थानमा अहिलेसम्म दर्जन स्वर्गीय श्रष्टाका शालिक स्थापना भइसकेका छन् । वासु शशि स्मृति परिषदको आयोजना सम्पन्न भएको कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति रमेश ढकालले वासु शशि र बाग्मती प्रदेशका सभासद नरोत्तम बैद्यले प्राडा कुमारबहादुर जोशीको शलिक अनावरण गर्नुभयो ।

परिषद्का अध्यक्ष गणेश रसिकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति ढकाल, विशेष अतिथि बाग्मती प्रदेशका सभासद बैद्य, परिषद्का उपाध्यक्ष हिरण्यकुमारी पाठक, सचिव प्रद्युम्न जोशी, सदस्य ध्रुब मधुकर्मी, लुम्बिनी बाङ्ग्मय प्रतिष्ठानका अध्यक्ष हिमलाल ज्ञवाली, महासचिव ऋषि आजाद तथा साहित्यकारहरु यादब भट्टराई, शंकर आचार्य, श्याम प्रधानलगायतले बोल्नुभएको थियो ।

सो अवसरमा वासु शशिको स्मृतिमा विशेष सामाग्रीहरु प्रकाशित गरेको मधुपर्कको विशेष अंक विशेष तरिकाले वितरण गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?