logo
२०७६ चैत्र २९ शनिवार

असिना पीडित किसानको खेतबाली अनुगमन

अर्थ |
समाज |


2020-03-18-10386
बुढीगङ्गा नगरपालिका कृषि विकास शाखा प्रमुख दीपक थापा असिना पानीले तरकारी खेतीमा पारेको क्षतिको अनुगमन गर्दै । तस्बिर - शेरबहादुर सार्की/बाजुरा



शेरबहादुर सार्की
बाजुरा, चैत ५ गते । बाजुरामा गत शनिबार बेलुकी ५ बजे आएको अविरल वर्षासँगै परेको असिनाले बुढीगङ्गा नगरपालिकाका किसानको गँहु तथा तरकारी बाली नष्ट पारेको भन्दै नगरपालिकाले त्यसको अनुगमनसँगै तथ्याङ्क सङ्कलन गरेको छ ।

असिना पानीले बुढीगङ्गा नगरपालिका झण्डै तीनहजार ७९७ किसान प्रभावित भएका छन् ।

बुढीगङ्गा नगरपालिकाका कृषि विकास शाखा प्रमुख दीपक थापाका अनुसार चैत १ गते बेलुकी आएको अविरल वर्षासँगै परेको असिना पानीले नगरका एकहजार ७७३ रोपनीमा लगाएको खाद्यान बाली नष्ट हुँदा झण्डै ९४ लाख ३१ हजार ६२५ रुपियाँको क्षति भएको छ ।

त्यसैगरी, ५ रोपनीमा लगाएको तरकारी बाली नष्ट हुँदा ५३ लाख ४० हजार रुपियाँको क्षति भएको छ ।

एकहजार २७५ रोपनीमा लगाएको फलफुलमा असिना पानीले ३१ लाख ४७ हजार ५०० रुपियाँ बराबरको क्षति गरेको अनुमान गरेको छ ।

‘हामीले असिना पीडित कृषककै जमिनमा गएर यो सबै तथ्याङ्क सङ्कलन गरेका छौं, यो तथ्याङ्क सङ्कलन गरेर कृषि ज्ञान केन्द्र बाजुरामा दिएका छौं, ‘थापाले भन्नुभयो, “कृषि ज्ञान केन्द्र बाजुराले राहतका लागि प्रदेशमा रहेको कृषि मन्त्रालय, विश्व खाद्यान स्वास्थ्य संगठनमा पेश गर्ने भएको छ” ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?