logo
२०७६ चैत्र २८ शुक्रवार

पाँचसय ७० बुलेट एलपी ग्यास वीरगञ्ज नाका भएर भित्रियो

अर्थ |
फिचर |


2020-03-24-10748



दिपकप्रसाद गौतम

वीरगञ्ज, चैत ११ गते । मुलुककै प्रमुख नाका वीरगञ्ज नाका भएर चैत महिनाको १ गते देखि ११ गते सम्ममा पाँचसय ७० बुलेट ग्यास नेपाल भित्रिएको वीरगञ्ज भन्सार कार्यालयले जानकारी दिएको छ ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी विमल साहका अनुसार चैत महिनाको १ गते देखि ११ गते सम्ममा ५ सय ७० एलपी ग्यास बोकेका बुलेट वीरगञ्ज नाका भएर नेपाल भित्रिएका हुन् ।
चैत १ गते ३० बुलेट , २ गते ९८ बुलेट , ३ गते ५८ बुलेट , ४ गते ६६ बुलेट ५ गते ५२ बुलेट , ६ गते ५२ बुलेट , ७ गते ५० बुलेट , ८ गते ३५ बुलेट , ९ गते ४२ बुलेट , १० गते ५२ बुलेट र ११ गते ३५ बुलेट खाना पकाउने एल पी ग्यास आयात भएको भन्सार कार्यालयले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।

दैनिक ४२ देखि ४६ वटा ग्यास बोकेका बुलेट वीरगञ्ज नाका भएर आउने गरेकोमा पछिल्लो ११ दिनमा पनि त्यही अनुपातमा ग्यास बोकेका बुलेटहरु आएको सूचना अधिकारी साहले बताउनु भयो ।

विश्वमा कोरोना भाइरसको प्रभाव बढ्दै गएपछि भोलिका दिनमा खाना पकाउने ग्यास अभाव होला कि भनेर उपभोक्ताहरुले आ आफ्नो घरमा ग्यास मौज्दात राख्न थालेपछि एलपी ग्यासको माग बढेको थियो । उपभोक्ताले घरमा खाली रहेका सिलिन्डर भर्नुका साथै नयाँ सिलिन्डरको जोहो गनु नै माग बढनुको कारण रहेको नेपाल आयल निगमले बताउँदै आएको छ ।

नेपालका ३३ प्रतिशत परिवारले खाना पकाउने ग्यासको प्रयोग गर्दै आएका र कूल एक करोड १२ लाख प्रतिसिलिन्डर प्रयोगमा रहेको नेपाल आयल निगमले जनाएको छ । ३५ हजार मेट्रिक टनले २४ लाखवटा सिलिन्डर मात्र भरिन्छ भने हाल मासिक ३८ देखि करिब ४५ हजार मेट्रिक टन एलपी ग्यास आयात गरिंदै आएको छ ।

नेपालमा ग्यासको माग दैनिक बढिरहेको हरेक वर्ष हुने गरेको ग्यास आयातको तथ्याङ्कले देखाएको छ । निगमको तथ्याङ्कका अनुसार आर्थिक वर्ष २०७१/७२ मा दुई लाख ५८ हजार २९९ मेट्रिक टन त्यस्तै आर्थिक वर्ष २०७२/७३ मा दुई लाख १४ हजार १९४ मेट्रिक टन, आर्थिक वर्ष २०७३/७४ मा तीन लाख १२ हजार ९२८ मेट्रिक टन , २०७४/७५ मा तीन लाख ७० हजार पाँच सय ६० मेट्रिक टन एलपी ग्यास आयात भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?