logo
२०७६ फाल्गुन ९ शुक्रवार

इजिप्टमा हुने ‘मिस इको इन्टरनेशनल’मा अनुश्मा

मनोरञ्जन |


2020-02-09-8449


गोरखापत्र अनलाइन
काठमाडौं, माघ २६ गते । इजिप्टमा आयोजना हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०२०’ नेपालको प्रतिनिधित्व अनुश्मा रायमाझीले गर्नुहुनेछ ।
मिस इकोका लागि अधिकार प्राप्त नेपाली संस्था ग्रिन आर्ट मिडियाले शनिबार दरबारमार्गस्थित भेला नेपाली किचेनमा आयोजित एक कार्यक्रमका बीच प्रतियोगी सार्वजनिक गरेको हो ।
कार्यक्रममा मिडियाले रायमाझीलाई ‘मिस इको इन्टरनेशनल नेपाल २०२०’को क्राउन समेत लगाइदिएको छ । रायमाझीलाई गत वर्षकी मिस इको इन्टरनेशनल विजेता मुना गौचनले उहाँलाई ताज लगाई दिनुभएको हो ।
साठीभन्दी बढी देशका इको सुन्दरीहरुको सहभागिता रहने प्रतियोगितामा यो पटक उहाँले प्रतिनिधित्व गर्नुहुनेछ ।
रायमाझी नेपालको पाँचौ सहभागी हुन् । यसअघि प्रतियोगितामा प्रिन्शा श्रेष्ठ, नग्मा श्रेष्ठ, रोनाली अमात्य, मुना गौचनले सहभागिता जनाउनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?