logo
२०७६ चैत्र २९ शनिवार

छिमेकीको विवाह हेर्न गएका तीन वर्षीय बालक मृत भेटिए

खुला |


2020-02-21-9047


लहान, फागुन ९ गते । छिमेकीको विवाह हेर्न गएका एक बालक आज सिरहाको कल्याणपुर–३ इटारी पर्साहीमा मृत फेला परेका छन् । सिरहाको कल्याणपुर नगरपालिका–३ इटारीपर्साही निवासी राजकुमार मण्डलका तीन वर्षीय छोरा आयुष गाउँकै पोखरीमा मृत फेला परेका हुन् ।

छिमेकीको विवाह गए राति हेर्न गएका आयुष कतिखेर हराएको भन्ने यकिन नभए पनि आज बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप