logo
२०७६ चैत्र २९ शनिवार

पच्चीस हजार वर्षअघिको हात्तीको कंकालको संरचना फेला

अन्तर्राष्ट्रिय |
बिज्ञान |


2020-03-17-10308



गोरखापत्र अनलाइन
काठमाडौं, चैत्र ४ गते । करिब पच्चीस हजार वर्षअघि रसियामा निर्माण गरिएको हात्तीको कंकालले बनाएको संरचना फेला परेको छ ।
साठीवटा लोप भइसकेका हाथीको कंकालबाट बनेको उक्त संरचना किन र के कारणले निर्माण भएको भन्ने बारे अनुसन्धानकर्ताले थाहा नभएको बताइएको छ ।
यसअघि पनि यस्ता संरचनाहरु रसियामा फेला परेका थिए तर यो सबैभन्दा पूरानो र ठूलो रहेको छ ।
राजधानी दक्षिण मस्कोबाट करिब ३१० माइल टाढा रहेको छ ।
सन् २०१४ मा यस संरचनाको प्रमाण फेला परेपछि एकवर्षपछि शुरु भएर तीनवर्षसम्म उत्खनन् भएको थियो । उत्खनन्का विषयमा हालै एक पत्रिकामा लेख प्रकाशित भएको छ ।
पाषणयुगका मानिसहरुले जाडो याममा हावा हुरीबाट बच्नको लागि यस्तो संरचना बनाउने गरिएको अनुसन्धानकर्ताहरुले विश्वास गर्ने गरिएको यसअघिका अनुसन्धानले पत्ता लगाएको थियो ।
यसअघि बाइसहजार वर्षअघि बनाइएका यस्तै संरचना पत्ता लागेको थियो । एजेन्सी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?