सुदूरपश्चिम सेवा समाज यूएई गठन

काठमाडौँ, पुस २० गते । बैदेशिक रोजगारीको शिलशिलामा यूएईमा रहेका सुदूरपश्चिमवासीहरुले सुदूरपश्चिम सेवा समाज यूएईको गठन गरेका छन् । यूएईमा रहेका नेपालीहरुलाई आई पर्ने समस्या र नेपालमा हुने प्राकृति प्रकोप, दैवी प्रकोप जस्ता विपत्तिहरुमा तथा गरीब असहायहरुलाई सकिदो सहयोग गर्ने मुख्य उद्देश्यका साथ यू।ए।ई। को सिन्धु पन्जाब रेस्टुरेन्ट बरदुबईमा गत शुक्रबार बसेको बैठकले शिबराज जोशीको अध्यक्षतामा २१ सदस्यिय समिति गठन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा चेतन थापा उपाध्यक्षमा जयराज जोशी महासचिब मान बहादुर के।शी। ूमुस्कानू र कोषाध्यक्ष सन्ध्या भण्डारी रहनुभएको छ । नवगठित समाजका अधक्ष्य जोशीले छिट्टै यूएईमा रहेका सबै सुदूरपश्चिमबासीहरुलाई यो समाजमा जुड्नु अनुरोध गर्नु भएको छ, भने नवगठित समाजका वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षले बोल्दै सोहि कुरालाई जोड दिनु भएको थियो, अध्यक्षमा शिभराज जोशीले मुस्कानको नामको प्रस्ताब राखे पछि मुस्कानले उल्टै शिबराज जोशीलाई अध्यक्ष पदका लागि निर्बिरोध रुपमा चयन गराउनु भएको थियो, आफु कुनै पनि पदमा नरहेर सेवा गर्ने मुस्कानले जिज्ञासा राखे पछि उपस्थित सबै अचम्भित भएका थिए, सबैले कुनै एक पदमा बस्नै पर्ने भनेर आग्रह गरे पनि आफु कुनै पनि पदमा नरहेर समाजमा काम गर्ने कुरामा जोड दिनु भएको थियो, तर अन्तिममा सबैले महासचिब पदमा जबर्जस्ती चुने पछि बोल्दै ूमुस्कानूले यहाँका विभिन्न नेपाली संघ संस्थाको साथै यूएईमा कार्यरत सबै नेपालीहरु सँग हातेमालो गर्दै अघाडि बढ्ने र सो कार्यमा यहाँका सम्पूर्ण संघ संस्था र बुद्धिजिबीहरुको सदा साथ र समर्थन पाउने विश्वास ब्यक्त गर्नु भयो ।
यूएई को बिभिन्न ठाउमा कार्यरत सुदूरपश्चिमवासीहरुलाई एकताको सुत्रमा बाध्ने उक्त महान अभियानमा कोहि पनि छुट्न नहुने नवगठित समाजका महासचिब मान बहादुर के.शी. मुस्कानले बताउनु भयो । लक्ष्मण अधिकारीको सभापतित्व सम्पन्न भएको सो बैठकमा अधक्ष्य शिबराज जोशीको नेतृत्वमा निम्न अनुसारका पदाधिकारी तथा सदस्य रहने गरी कार्यसमिती चयन गरेको छ ।
१। अध्यक्ष श्री शिबराज जोशी डोटी
२। वरिष्ठ उपाध्यक्ष श्री चेतन थापा बाजुरा
३। उपाध्यक्ष श्री जयराज जोशी दार्चुला
४। महासचिव श्री मान बहादुर के।शी। मुस्कानू अछाम
५। सचिब श्री केशब गिरी बैतडी
६। कोषाध्यक्ष श्री सन्ध्या भण्डारी अछाम
७। सदस्य श्री चक्र कठायत डोटी
८। सदस्य श्री धन बहादुर खड्का कैलाली
९। सदस्य श्री डम्बरराज जोशी डडेलधुरा
१०। सदस्य श्री जय बि. क. कैलाली
११। सदस्य श्री डम्बर सबरवोली कञ्चनपुर
१२। सदस्य श्री प्रभुराज सन्जाल बाजुरा
१३। सदस्य श्री धनीराम भण्डारी अछाम
१४। सदस्य श्री दिनेस बिष्ट डोटी
१५। सदस्य श्री भिम बहादुर सिंह बझाङ
१६। सदस्य श्री भरत चन्द बैतडी
१७। मिडिया प्रमुख श्री खेमराज खनाल कैलाली
१८। सल्लाहकार श्री लक्ष्मण अधिकारी कञ्चनपुर
१९। सल्लाहकार श्री लोकेन्द्र बम बझाङ
२०। सल्लाहकार श्री प्रयाज्ञराज भण्डारी अछाम
२१। सल्लाहकार श्री दिलु ढोली कैलाली

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds