मार्सी धानस“ग जोडिएको विसुवा पर्व

नगेन्द्रराज पौडेल

विकट कर्णालीका पाँच जिल्लामध्ये समुन्द्र सतहको सात हजार फिटदेखि २१ हजार ७७ फिटसम्मको उचाइमा रहेको जुम्ला बाइसे राज्यको मुख्य केन्द्रसमेत हो । यस जिल्लामा वार्षिकरूपमा औसत ८०० मि.मि.सम्म पानी पर्छ । अधिकतम ३० डिग्रीदेखि न्यूनतम माइनस ४ डिग्री सेल्सियससम्म तापक्रम रहन्छ । जिल्लाको सदरमुकाम खलङ्गा सात हजार ६०० फिटको उचाइमा छ ।
जुम्ला नेपाली भाषा, साहित्य र संस्कृतिको श्रीवृद्धिका हिसाबले यो निकै महìवपूर्ण जिल्ला पनि हो । प्राचीनकालमा भारतबाट आएका चन्दननाथ बाबासहित दुईजना ब्रह्मचारीले बस्ती बसाइँ कृषि र शिक्षाको विस्तार गरेका थिए भन्ने लोकोक्ति यहा“ सुनिन्छ । संसारकै उच्चतम् हिमाली भेकमा कतै पनि नहुने कालीमार्सी धानको खेती यहा“ हुन्छ । किंवदन्तीअनुसार उहिल्यै जग्गाकरको साटो जुम्लीहरूले राणालाई दिनको एकमाना कालीमार्सी धानको चामल पु¥याउनुपर्ने चलन थियो रे । यो चामल उठाउन पुलिस नै आउने गर्थे भन्ने भनाइ पाइन्छ । यही कालीमार्सी धानस“ग सम्बन्धित एउटा आफ्नै पाराको नवीनतम् जुम्लेली संस्कृति छ – विसुवा पर्व ।
जुम्लाको सदरमुकाम खलङ्गा वरपर र सिञ्जा क्षेत्रमा कालीमार्सी धानको बीउ राख्ने काम हरेक सालको चैत १२ गते हुन्छ । बीउ राख्नुअघि धानलाई केलाउने, निफन्ने गरिन्छ र यही दिन एउटा तामाको खड्कुलो वा हुड्डी पनि भन्छन्, मा धान भिजाएर घरको कुनै ठाउ“मा यसलाई सुरक्षित राखिन्छ । चार दिनपछि अर्थात् चैतको १६ गते भिजाएर राखिएको धानलाई निकालिन्छ । यसलाई पखालिन्छ र फेरुवा वा लिउ (उनको कपडा विशेष) मा सुकाएर ओभानो पारिन्छ । धान ओभानो भएपछि पानी छर्कने, फेरि सुकाउने ओभाएपछि पुनः पानी छर्कने र सा“झतिर घरभित्र चुल्हो नजिक रास बनाएर राखिन्छ । त्यो रासलाई तातोस् भनेर सल्लाको झाँपो तथा कपडाले छोपेर राखिन्छ । बीउ नउम्रेसम्म बिहान बेलुकी चिसो पानी छम्किनुपर्छ । यसरी राखिएको धान कसैकोमा १९ गते, कसैकोमा २० गते उम्रन्छ । यदि २० भन्दा पर गएर २१ – २२ गते उम्रेको भए त्यसलाई बासी बीउ भन्ने चलन छ । किनभने यसरी रास बनाएर राखिएको बीउलाई २० गतेका दिन ब्याडमा छर्ने काम हुन्छ र स्थानीय नाचगानसहित यसै दिन चेलीबेटीलाई बोलाएर मिठो मिठो खाना खुवाइन्छ । देउडा नाच नचाइन्छ । यही कारण यो दिनलाई विसुवा पर्व भन्ने गरिएको हो । बीउ छर्ने दिन भएकोले कसै कसैले यसलाई विच्छेती पर्व भनेर पनि नामकरण गरेका छन् ।
यहाँ चैत १२ गते कालीमार्सीको बिउ भिजाउने, १६ गते उमार्ने र २० गते छर्ने दिनका रूपमा मनाउने प्रचलन छ । यी दिनमध्ये छर्ने दिन २० गतेलाई विशेष रूपमा मनाइन्छ ।
बीउ छर्ने बेलामा पनि यहा“ मौलिक चलन पाइन्छ, जुन चलन कालान्तरमा यस जिल्लाको संस्कृति बन्न गयो । चैत २० गते ब्याडमा बीउ छर्नुभन्दा पहिला धानको पूजा गरिन्छ । चामलको पीठोको पुवा बनाइन्छ र ब्याडको कान्लोमा ढुङ्गा ठडाइन्छ । सदरमुकाम क्षेत्रकाले बाबा चन्दननाथलाई सम्झेर (चन्दननाथको मन्दिर सदरमुकाम खलङ्गामा पर्छ) पूजा गर्छन् र सिञ्जालीहरूले कनकासुन्दरी र तिल चढाउने देवी (अनाजका देवी) लाई सम्झेर पूजा गर्छन्, त्यही बीउको धानका चिउरा बनाएर मन्दिरमा चढाउ“छन् र बीउ छरी घर फर्कन्छन् । घरमा चेलीबेटी बोलाएर खुवाइन्छ । यसै दिन महिलाहरू जम्मा भई देउडा नाच्छन्, गीत गाउ“छन् । खासगरी मैतालु र स्थानीय महिला दुईपट्टि भएर गीत गाउ“छन् । यसै गरी विवाहित र अविवाहित महिला पनि दुईपट्टि भएर नै नाचगान गर्छन्, विसुवा पर्व मनाउ“छन् ।
किंवदन्तीअनुसार सुरुमा जुम्लामा कुनै पनि धान पाकेन । बाबा चन्दननाथले काश्मिरबाट धानको बीउ ल्याएर सुरुमा लाछु जिउरो (तातोपानी नजिकको गाउ“) भन्ने ठाउ“मा रोपेका र पछि अरूहरूले पनि यसैगरी रोप्दै जाँदा मार्सी धान यहा“ फैलिएको हो भन्ने भनाइ पनि छ ।
बीउ राख्दाझैं यहा“ धान रोपाइको पनि आफ्नै परम्परा र संस्कृति छ । धान रोपाइ जेठमा हुन्छ । रोपाइको आफ्नै विधि विधान छ जुम्लेलीहरूको । रोपाइ ह“ुदा यदि कसैको घर परिवारमा यो साल छोरा जन्मेको, नया“ विवाह भएको छ भने त्यस्तो घरको रोपाइमा विशेष उत्सव हुन्छ । यो उत्सवलाई स्थानीय भाषामा चोपाइ (हिलोमा चोबल चाबल खेल्ने काम) भनिन्छ र यहा“नेर लिङ्गभेद नीति पनि देखिन्छ, जुन राम्रो भने होइन । किनभने छोरो जन्म“दा मात्र उत्सव मनाउनु र छोरी जन्म“दा नमनाउनु यहा“को चलन नै बनेको छ । यस्तो घरको रोपाइमा विशेष गरी गीत गाइन्छ, खेतको मुलीगरा (ठूलो गरा, खले गरा) मा प्लस चिह्नको भुमरी पारेर रोपाइ गरिन्छ । यही भुमरीको वरिपरि नवविवाहिता भए दुलहा दुलहीलाई र छोरो जन्मेको भए नवजात शिशुलाई टीका लगाएर तीनपटकसम्म घुमाउने गरिन्छ । यिनीहरूलाई फेटा लगाएर सम्मान गरिन्छ । यस्तो घरमा मागल गीत पनि गाइन्छ, अर्थात् अरूभन्दा भिन्न तरिकाले चिनारी दिने गरी यस्ता घरको रोपाइ कार्यक्रम सम्पन्न गरिन्छ । यदि यही साल कसैले आफ्नो पुरानो खेतस“ग जोडिएको अर्को खेत जोडेको (किनेको) छ भने पुरानो खेत र नया“ खेतको सीमाना (आ“ठो) जोड्ने क्रममा दुवै खेतको सीमामा पारेर बोका काटिन्छ र प्रसादस्वरूप मासु खाने, खुवाउने गरिन्छ ।
काली मार्सी धान कात्तिकको १,२ गतेतिर पाक्छ । ज्योतिष हेराएर, शुभ साइतमा धान काटिन्छ । यसरी रोपिएको यो धान स्याहार्न भने निकै दुःख छ यहा“का किसानलाई । धान खेतमा धानस“ग झार निकै बाक्लो आउ“छ । दुई तीनपटक गोड्नु पर्छ । दशैंको घटस्थापनाका दिन वा यसका भोलिपल्ट प्रतिपदाका दिन स्वाती नक्षत्र पर्छ र यो दिन एक अ“गालो नया“ धान ल्याएर त्यसको चिउरा बनाइन्छ । सुरुमा चिउरा चन्दननाथ बाबा र कनकासुन्दरीलाई चढाइन्छ र घरका सबैजना स“गै बसेर बराबर बा“डेर एकले अर्कोलाई क्रमशः दिँदै तथा छिमेकमा समेत बँ“डेर खाने खुवाउने गरिन्छ । यदि यो साल कसैका घरमा मान्छे मरेको छ भने उक्त घरमा यो विधि गरिँदैन । दशैं अघि वा पछि परेमा धान नपाक्न सक्छ र पनि नया“ धान लिने काम भने यही घटस्थापना वा यसैको भोलिपल्ट नै गरिन्छ ।
आजकल कालीमार्सी धानलाई जुम्लीमार्सी पनि भन्ने गरिन्छ । जुम्लाका ३० गाउ“मध्ये पटमारा, पैरेसमेतका पाँच गाउ“बाहेक अधिकांश ठाउ“मा यो धान उब्जाउ हुन्छ । निकै महँगो हुन्छ यसको चामल । चामल रातो हुन्छ ।
यसरी जुम्लामा मार्सी धानको बिउ राख्ने, झिक्ने, छर्ने र रोप्नदेखि काट्ने र खानेसम्मका आफ्नै विधि विधान छन्, जुन अन्य भेकको चलनस“ग मेल खा“दैनन् । बीउ भिजाउने, झिक्ने र छर्ने (चैत १२, १६ र २० गते) सबै ठाउ“मा एकैदिन, एउटै विधि अ“गालेर सम्पन्न गर्नु यहा“को मौलिक विशेषता नै मान्न सकिन्छ । यी विभिन्न विधिमध्ये नाचगान, खानपान तथा मनोरञ्जनसमेतका कारणले बीउ छर्ने दिन अर्थात् चैत २० को बेग्लै महìव देखिन्छ । यही २० गतेका आधारमा मनाइने विसुवा पर्वलाई जुम्लाको मौलिक संस्कृति र परम्पराको श्रीवृद्धिका लागि अनुपम कडीका रूपमा लिन सकिन्छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds