ज्येष्ठ नागरिकको सम्मान..

 ramkrishna karmacharyaरामकृष्ण कर्मचार्य



ज्येष्ठ नागरिकका लागि स्वास्थ्य सुरक्षा आनन्दमय जीवनको आधारभूत पूर्वसर्त नै हो र उनीहरूको स्वास्थ्यको पहुँचप्रति नै नीति केन्द्रित हुनुपर्छ तर वृद्ध उमेरमा उनीहरूको स्वास्थ्य उनीहरूकै जीवनशैली र जीवनभरिको व्यवहारमा पनि भर पर्छ ।  ज्येष्ठ नागरिकलाई रोग लागिसकेपछि गरिने स्यहारभन्दा पहिले नै उनीहरूको स्वास्थ्यमा सुधार गर्नु आवश्यक हुन्छ ।  आय–बचत, उपार्जनका उपायहरू, भत्ताजस्ता अन्य थप कुरा सबै ज्येष्ठ नागगरिकका लागि उपलब्ध गराउनुपर्छ ।  यात्रा–अनुदान, परिवारमा स्यहारकर्ताका लागि प्रलोभन र आवासका योजनामा पनि विचार पु¥याउनु पर्छ ।
ज्येष्ठ नागरिकका लागि भावनात्मक सुरक्षा निकै आवश्यक कुरा हो ।  केवल शारीरिक स्वास्थ्यले मात्रै व्यक्तिको सुखको मापन गर्न सकिँदैन ।  
विशेषत ः वृद्धावस्थामा मानिसलाई सामाजिक अन्तक्र्रिया, उचित सम्मान, माया, आत्मिक सन्तुष्टिजस्ता कुराको आवश्यकता पर्छ ।  यसै अनुरुप ज्येष्ठ नागरिक समाजका बोझ होइनन्, बरु अमूल्य सम्पत्ति हुन् भने कुरा स्थापित हुनु जरुरी छ ।  
हाल सरकारबाटै सञ्चालित वृद्धाश्रमका अतिरिक्त सामाजिक भलाइका लागि धेरै स्वयंसेवी संस्थाहरू सक्रिय छन्, धेरै धार्मिक संस्था तथा निजी संस्थाले पनि वृद्धाश्रमहरू सञ्चालनमा ल्याएका छन् ।  तिनीहरू पनि ज्येष्ठ नागरिकको आवश्यकतालाई सम्बोधन गर्छन् र उनीहरूलाई मायालु र उपयुक्त तरिकाले उपचार तथा हेरचाह गर्छन् ।  परिवार बढीभन्दा बढी एकल बनिरहेको र बाँच्ने औसत उमेर पनि लामो भइसकेका कारण अवकाशप्राप्त र निःसहाय ज्येष्ठ नागरिकहरूका लागि विशेष कदम चाल्नु आवश्यक छ ।  
जीवनको उत्तराद्र्धमा आफ्नो जीवन व्यतित गरिरहेका ज्येष्ठ नागरिकसँग मनो–सामाजिक, आर्थिक तथा स्वास्थ्यसँग सम्बन्धित समस्या धेरै हुन्छन् ।  नयाँ पुस्ताको जीवनशैलीमा भइरहेको तीव्र परिवर्तनका साथै विभिन्न समाजको सिको गर्ने बानीले गर्दा नै अहिलेको समयमा वृद्धावस्थाको सङ्घारमा पुगेका आमाबुबाले वृद्धाश्रम धाउन बाध्य भएका छन् ।  परिवार हामी सबैका लागि अनिवार्य आवश्यकता हो भन्ने कुरा पश्चिमी समाजले पनि बुझ्दै गइरहेको र अनुसन्धानले पनि देखाएको छ ।  त्यसैले भन्नुपर्छ, ‘सकेसम्म घर–गाउँ, नभए मात्र वृद्धाश्रम” ।  
हाल नेपालमा जेष्ठ नागरिकहरूको सङ्ख्या कुल जनसङ्ख्याको ८.१३ प्रतिशत पुगेको छ ।  नेपालको संविधान २०७२ भाग ३ धारा ४१ मा ज्येष्ठ नागरिक सम्बन्धितहरू राज्यबाट विशेष संरक्षण तथा सामाजिक हक हुनेछ भन्ने उल्लेख छ ।  उक्त संविधानको मर्म र भावना अनुरुप ज्येष्ठ नागरिकलाई संरक्षण सम्बद्र्र्धन गर्ने उद्देश्यले ज्येष्ठ नागरिकको कोष स्थापना भएको छ ।  ज्येष्ठ नागरिकको संरक्षण र सम्बद्र्धन सामाजिक सुरक्षा गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ज्येष्ठ नागरिकसम्बन्धी ऐन २०६३, अनुरुप ज्येष्ठ नागरिक सम्बन्धमा काम गर्न ज्येष्ठ नागरिक कोष स्थापना गर्न आवश्यक ठानिएको हो ।  जेष्ठ नागरिकहरूका लागि आवश्यक सेवा सुविधा प्रदान गर्नुका साथै उनीहरूको हक अधिकारको संरक्षण सम्बद्र्धन गर्नु राज्यको दायित्व हो ।  त्यही दायित्वलाई आफ्नो पनि दायित्व सम्झेर ज्येष्ठ नागरिक कोष अगाडि बढिरहेको छ ।
आफ्नो सम्पूर्ण जीवन परिवार, समाज र राष्ट्रलाई समर्पित गरिसकेपछि जीवनको उत्तराद्र्धमा सम्मानपूर्वक बाँच्न पाउनु नै ज्येष्ठ नागरिकहरूको एकमात्र चाहना हो ।  शारीरिक मानसिकरूपले कमजोर हुँदै जानेक्रममा परिवार, समाजबाट हेरिने नकारात्मक दृष्टिकोणका कारणले आज ज्येष्ठ नागरिकहरू जोखिमपूर्ण दुखद् जीवन व्यतित गर्न बाध्य छन् ।  पारिवारिक माया ममताबाट टाढा रहेर बाँच्नु परेको छ, साथै यात्रा गर्दासमेत ज्येष्ठ नागरिकहरू जोखिम मोल्नु परिरहेको छ ।  विश्व अर्थतन्त्रमा भएको विकास, विज्ञान र प्रविधिको दिनानुदिनको प्रगतिले नेपाली समाजमा पर्न सक्ने प्रभावको सम्भावनाप्रति बेलैमा सजक भई तदानुकूल कार्य गर्नु आजको आवश्यकता हो ।  ज्येष्ठ नागरिक सम्बन्धमा अन्तर्राष्ट्रिय र क्षेत्रीय स्तरमा भए गरेका निर्णयहरू, घोषणाहरू, प्रतिबद्धताहरू एवं कार्यहरू समेतलाई हाम्रो मुलुकको परिवेशमा अनुकूल र उपयुक्त हुने गरी राष्ट्रिय कार्ययोजनाको माध्यमद्वारा चरणबद्धरुपमा कार्यान्वयन गर्दै जानु पर्ने आवश्यकता छ ।  
ज्येष्ठ नागरिक समाजको गहना हो, यसलाई प्रकृतिको नियमको रुपमा ग्रहण गर्दै उनीहरूको सीप, दक्षता, समाजमा हस्तान्तरण गर्दै लैजानुपर्छ ।  विश्वभरि गरिएको अध्ययन अनुसन्धानले ज्येष्ठ नागरिकको जनसङ्ख्या बढ्दो रूपमा देखिन्छ ।  यसले गर्दा ज्येष्ठ नागरिक विश्वव्यापी उदाउँदै गरेको मुद्दाको रुपमा लिने गरिन्छ ।  सन्तान कम उत्पादन गर्नु, सन्तानहरू विभिन्न उद्योग धन्दा व्यापार, वैदेशिक रोजगारी र व्यवसायमा व्यस्त हुनु आदि कारणले ज्येष्ठ नागरिकलाई हेरचाह गर्ने, स्याहार सम्भार गर्ने उचित वातावरण रहँदैन ।  कतिपय परिवारमा ज्येष्ठ नागरिकलाई आर्थिक बोझको रुपमा लिएर जबरजस्ती घरबाट निकालिएका घटनाहरू यदाकदा सुनिन्छ ।  यस्ता समस्याबाट मुक्त गर्न गराउन महìवपूर्ण भूमिका खेल्न ज्येष्ठ नागरिक कोष लागिपर्नेछ ।  कोष ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्नका लागि नीति, योजना, कार्यक्रम बनाई लागू गर्ने÷गराउने, हेरचाह केन्द्र वा दिवा सेवा केन्द्रको स्थापना गरी सञ्चालन गर्ने÷गराउने, उनीहरूको संरक्षण र सामाजिक सुरक्षा र स्वास्थ्य उपचार व्यवस्था मिलाउने, उपयुक्त आवास तथा खानपानको व्यवस्था, शारीरिक सक्षमताका हिसाबले यथासक्य योग्य कार्यमा लगाउन व्यवस्था मिलाउने, यातायातलगायत राज्यबाट प्रदत्त सम्पूर्ण सेवा सुविधा उपलब्ध गराउन पहल गर्ने तथा न्यायपूर्ण र आत्मसम्मान साथ बाँच्न पाउने अवस्थाको सिर्जना गर्नेजस्ता काम कोषका छन् ।  
आजको बालक, भोलिको यौवन, त्यसपछि त प्रौढ हुनैपर्छ त्यसमा न विज्ञानले छेक्न सक्छ न प्रकृतिले रोक्न सक्छ ।  त्यसैले ज्येष्ठ नागरिकप्रति श्रद्धाभावले हेरौँ, सहयोगी हातहरू लम्काऔँ, हेलाहोचो नगरौँ, उनीहरूको हेरचाह स्याहार सम्भार गर्नु मानवीयता हो भन्ने कुरा कहिल्यै नभुलौँ ।  ज्येष्ठ नागरिक राज्यको अमूल्य सम्पत्ति हुन् ।  उनीहरूको अनुभव, योग्यता, दक्षतालाई राष्ट्र विकासमा उपयोग गर्न सकिन्छ ।  ज्येष्ठ नागरिकबाट समाजका मूल्य, मान्यता, संस्कार र संस्कृतिहरू संरक्षित भइरहेका हुन्छन् ।  त्यसैले व्यक्ति, परिवार, समाज र सिङ्गो राज्य ज्येष्ठ नागरिकको संरक्षण सम्बद्र्धनमा लाग्नुपर्ने हुन्छ ।  उनीहरूलाई  समयसापेक्ष ऐन, कानुनद्वारा संरक्षण सम्बद्र्धन गर्ने, सेवा सुविधाहरू उपलब्ध गराउने, उनीहरूको अनुभव सीप र दक्षतालाई राष्ट्र विकासमा उपयोग गर्नु आजको आवश्यकता हो ।  
(लेखक ज्येष्ठ नागरिक कोषका सभापति हुनुहुन्छ ।  )

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना