अहिंसा र विश्वशान्तिको मार्गमा नेपाल

ramesh bhattarai रमेश भट्टराई ‘सहृदयी’            

        

अहिले पृथ्वीवासी लगभग सात अर्ब मानिस शान्तिको आशामा तड्पिरहेका छन् ।  मानव मात्रले गाँस टिपेर पेट भर्न, एक धरो लाउन अनि शिर लुकाउने आवश्यकतालाई पूरा गर्न मात्र नभएर अत्याधुनिकताका कारण, अभावका कारण, समाज र देशको कारण, स्वार्थ, दानवीय प्रवृत्तिको पीडाका कारण या त जीवनलाई चिन्न होस्– शान्ति चाहन्छ ।  हरेक मानवका मनमा, सबै घरमा, समुदायमा अनि पूरा विश्वमा शान्तिको पुकार हुँदोेछ– प्राकृतिक रूपमा ।  प्राणी र वनस्पति वा वातावरण मानवसँगै अशान्त बन्दोरहेछ र मानवसँगै शान्त पनि बन्दोरहेछ ।
शान्तिका विषयमा बोल्नुहुने अन्तर्राष्ट्रिय ख्यातिप्राप्त वक्ता प्रेम रावत भन्नुहुन्छ– “शान्ति शब्द होइन, शान्ति अनुभव गर्ने कुरा हो ।  कसैले मलाई सोध्यो– तपाईं कसरी ल्याउनुहुन्छ, यो विश्वमा
शान्ति ? मानिस, हरेक मानिस एउटा–एउटा बल्ब हुन् ।  यो स्टेडियम यो पृथ्वी हो, यो संसार हो ।  यसमा प्रकाश चाहनुहुन्छ भने मानिसरूपी बल्बलाई बाल्नुपर्छ ।  जब त्यहाँबाट प्रकाश प्राप्त हुन्छ, तब गएर सारा स्टेडियममा प्रकाश नै प्रकाश उत्पन्न हुनेछ । ”
नेपाल आपैmं शान्तिदूत बुद्धको भूमि हो, राजर्षि जनक र सीताको आदर्श भूमि हो ।  हिन्दु परम्परामा मन्त्रहरूले सदियौँदेखि ‘अन्तरिक्ष शान्ति, पृथ्वी शान्ति, वनस्पति शान्ति’ भन्दै सर्वत्र शान्तिको माग गरिरहेका छन् ।  वेद र वेदान्त दर्शन, भागवतको ‘निष्काम कर्म’ शान्तिमै अडिएका सारभूत ज्ञानसागर हुन् ।  सामवेदले सङ्गीतलाई आत्मिक आनन्दको अनुभूत गराउँछ ।  अतः आध्यात्मिक, आत्मिक, व्यावहारिक, भौतिक वा मानसिक शान्ति प्राप्तिका युगीन विषयलाई वेदको षड्दर्शनले आज पनि समय सान्दर्भिक बनेर पुकारिरहेको छ ।  ब्रह्म शान्तिको बाटोमा छ, हिन्दु सनातन ।  वसुधैव कुटुम्बकम्को भावनामा मानव मात्रलाई दया गर्ने संस्कारबाट हामी विश्वशान्तिमा खुकुला लाग्दैनौँ ।  शान्ति र अहिंसाको जग ‘बुद्ध वाणी’ २५०० वर्ष पहिले मानव कल्याणको अनुशासनमा सार्थक बनेको छँदैछ ।  संसारमा दुःख छ, दुःखको कारण छ, दुःख शान्त छ अनि दुःख निवारणको उपाय छ– बुद्धत्व ज्ञानका आर्य सत्य कति शान्तिवादमा अर्पित छन् ।  ‘निर्वाण’ अथवा दुःख हटाउने आठ साधनाको फलतः ‘पूर्ण शान्ति प्राप्त हुने अवस्था’ नै बुद्धको सार सन्देश हो ।  कवि लालित्य लहरबाट प्राकृतिक हिसाबमा लक्ष्मीप्रसाद देवकोटाले– ‘पाइन्न शान्ति किन हो कुन ठाउँ मिल्छ, तर्किन्छ त्यो रुखमुनि जुनसाथ मिल्छ’ भनी गुन्गुनाएका छन् ।  जय पृथ्वीबहादुर सिंहको योगदान अनि शान्तिप्रेमी भाव र मानवता झनै अतुलनीय लाग्छ ।  हिमालको शीतलता, खोला वन–पाखाका मुस्कुराहटले हामीलाई शान्तिकामी बनाएकामा त गौरवान्वित छँदैछौँ ।  यसर्थ विश्वशान्ति र अहिंसाको छ नेपाली संस्कृति संसार ।
७० वर्षदेखिको लामो आशा अनि विविध जटिलता र परिवर्तनसँगै जनमुखी ‘नेपालको संविधान’ निर्माणपछि कार्यान्वयनबाट नेपाली जनताले सुख, शान्तिको आशा बोकिरहेका छौँ ।  माओवादी सशस्त्र द्वन्द्व र तराई आन्दोलनबाट करिब १८ हजार मानिसले मृत्यु स्वीकार्न विवश बनेका अनि माओवादी द्वन्द्वमा पाँच हजार ५६० वटा भौतिक संरचनाको नोक्सानीबाट करिब चार अर्ब ५० करोड रुपिँया बराबरको क्षतिका तथ्याङ्कले सामाजिक सञ्जालभरि शान्तिकै अपिल गरिरहेका छन् ।  सशस्त्र द्वन्द्वको घाउलाई खाटो बसाएर दिगो शान्तिको जग बलियो बनाउन होस् या त सामाजिक, आर्थिक रूपान्तरणका लागि किन नहोस्, शान्ति महायज्ञमा नेपाल र नेपाली जनता लागेका छन् ।  २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेर नयाँ संविधान लेखन सुरुवात गरेको क्षण होस् वा २०७२ असोज ३ गते संविधान जारी भएको अवस्था होस् – नेपाली जनताको निजी विषयभित्र नियालिने शान्तिको सङ्कल्प पल नै हुन् ।  सही माग राख्न अनि पूरा नहुँदा भन्न पाउने, मागको सही सुनुवाइमा जोड दिइने– आखिर सबै पक्ष दाजुभाइको ठोसाठोस हो तर हात र साथ मिलेर नै शान्तिको सहअस्तित्वले तङ्ग्रिन पाउँछ ।  
अलिकति शान्ति महायज्ञको विश्व इतिहासलाई नियाल्दा संयुक्त राष्ट्रसङ्घले अहिंसाको नीति अँगालेर शान्तिको सन्देश दिने महात्मा गान्धीको महानतालाई स्मरण गर्दै सन् २००७ अक्टुबर २ देखि अन्तर्रा्ष्ट्रिय स्तरबाट विश्व अहिंसा दिवस मनाउने पैmसला ग¥यो ।  युद्ध र द्वन्द्वको अन्त्य गर्न १९८२ सेप्टेम्बर २१ देखि संसारभरि ‘विश्व शान्तिदिवस’ मनाउन गरेको घोषणाले देखाएको विश्व एकतालाई नियाल्दा विश्वका मानव मैत्रीपूर्ण सम्बन्धमा बाँधिन आतुर छन् ।  तर युद्ध विभीषिकाले खङ्ग्रङ्ग बनाएको छ– यो पृथ्वी समाजलाई ।  जवानीको जोसलाई समेत परदेशकै भूमिमा व्यतित गरेर परिवारको उन्नतिका निम्ति दुई पैसा कमाउन चाहने धेरै नेपाली युवायुवती विश्व अशान्तिको शिकार बनेका घटना ताजै छन् ।  विलासिता, सत्तामोह, स्वार्थ–चुक्लीको रापले तिनको सामाजिक संरचना विकृत बनिरहेको छ ।  वसुधैव कुटुम्बकम् उपहासको सूचीमा परेको छ ।
शान्तिका लागि अब हतियारको युद्धलाई त्यागेर विचार र बौद्धिक युद्धमा समेट्नु आवश्यक छ ।  असमानताका, महŒवाकांक्षाका धब्बाहरूलाई खारेज गरेर विभेदका खाडललाई अन्त्य गरिनुपर्छ ।  जर्ज बर्नाड शाले भने झैं– ‘विचारहरूको युद्धमा पुस्तकहरू नै अस्त्र हुन् । ’ हिरोसिमा र नागासाकीमा बम खसाउनेलाई आनन्द मिलेन ।  शीतयुद्धमा होमिन चाहेका कुरा हुन् या असंलग्न आन्दोलनका प्रयास हुन् – विश्व अब शान्तिको महायज्ञमा संलग्न हुन चाहन्छ ।  पञ्चशील सिद्धान्तका कुरामा हुन् या संयुक्त राष्ट्रसङ्घको अपिल, सार्क राष्ट्रको लोगोमा अङ्कित परेवासँग शिखर सम्मेलनको साङ्गठनिक संयोजनले गरेको प्रयास आखिर शान्तिकै पदयात्रामा छ– सारा विश्व ।  जापान र इटालीको टकरावले प्रथम विश्वयुद्धमा मानव संहार ग¥यो ।  हिटलरको महŒवाकांक्षा भएको दोस्रो विश्वयुद्धले मानवकै विनाश भएको हो ।  शान्तिले शान्ति जन्माउँछ, युद्धले युद्धै मच्चाउँछ ।  युद्धले जित्न जान्दैन तर शान्तिले हार्नुहुँदैन ।  युद्ध पशुको स्वभाव हो तर शान्ति र मानवता मानिसको स्वभाव हो किनभने शान्तिको विजयमा कसैको हार हुँदैन, केवल जित मात्र हुन्छ– यही हो नेपाली आदर्श ।  तसर्थ हतियार बनाउने र समाउनेहरूले कलम समाउन्, नवप्रविधिको समुन्नतिमा जागून् ।  ‘जसले तरबार उठाउँछ, उसको विनाश तरबारबाटै हुन्छ’– जिससको भनाइ छ ।  
विश्वको त्रासदी परिवेशले मानिस आक्रान्त छ ।  अशान्ति मानिसलाई हुन्छ र यसको सिर्जना मानिस स्वयंले गर्दोरहेछ ।  आज हत्या र हिंसाजन्य घटना नै प्रमुख समाचार बनिरहेको देख्दा मानिसमा शान्तिको अभाव स्वतः खड्केको बुझिन्छ ।  यद्यपि युद्धपछिको शान्तिको अपेक्षा गरेका इतिहास जति चम्किला छन् तीभन्दा शान्तिकै बाटोका प्रयास भने तुलनात्मक हिसाबमा गौण चर्चामा देखिन्छन् ।  शान्तिका दूतको कर्मशीलतालाई सही निक्र्योल गरेर सहयोगी हात बढाउनु पनि विश्वशान्ति अभियानको प्रमुख सार्थकता नहुने भन्ने लाग्दैन ।  
इतिहासमा युद्धले होइन सहकार्य र प्रेमको हात पैmलाएर मानवीय शान्तिको स्थापनामा अर्पित व्यक्तित्वहरूलाई तमाम पृथ्वीवासीले स्मरण गर्नैपर्छ ।  धर्तीले गर्भमा राखेका बच्चालाई पुग्ने अन्न नउब्जाएको अवश्य होइन तर भोकमरीको पीडामा तड्पिएर प्राण त्याग्न विवश बनाएको मानिसले नै हो ।  पुँजी बजार व्यवस्थापनको सन्तुलनका नाममा हजारौँ टन अन्न समुद्रमा फ्याँकिन्छ ।  आज हातहतियार र युद्धमा जति खर्च गरिएको छ त्यति शान्ति र मानवताका लागि खर्चिन थाल्ने हो भने विश्वशान्तिले मोहोडा फेथ्र्यो होला ।  अर्बौं डलर मानिस मार्नमा खर्चिएका छन्, अमूल्य समय खर्चेर अमूल्य मानवकै संहार हुन्छन् तर शान्तिका लागि कति समय र श्रम खर्चिएका होलान् त ! अतः शान्तिका निम्ति कसैको अमूल्य शरीरले अकाल मृत्युसँग पौँठेजोरी खेल्नु आवश्यक छैन ।  तसर्थ अहिंसावादी महात्मा गान्धीले भनेका छन्– शान्ति तरबारको जोडले आउँदैन, प्रेमको जोडले आउँछ, प्रेमभन्दा ठूलो वस्तु यो संसारमा अरू छैन ।   

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना