मलेसियामा अपहृतको नेपालीको कथा ः ट्याक्सी ड्राइभरले ज्यान जोगाईदियो

om prakash
जिवछ यादव, लहान, असोज १७ गते । एक वर्ष नौ महिना अगाडि सुन्दर सपना सजाएर मलेशिया गएको ओमप्रकाश महतो मलेशियामा नेपाली अपहरणकारीहरूले अपहरण गरेर जंगलमा ज्यानै मार्न गएको वेला टयाक्सी चालकले अपहरणकारीहरुवाट मुक्त गराई ज्यान जोगाई दिएको पीडा सर्वजनिक गरेका छन् । हालै मलेसियाबाट नेपाल आएक ामहतोले ईलाका प्रहरी कार्यालय लहानमा संचारकर्मीहरुलाई अपहरणका घटना जानकारी गराएका छन् ।
सप्तरी हर्दिया गाविस –७ का २३ वर्षिय ओम ्रकाश १२ कक्षा उतिर्ण गरेर बैदेशिक रोजगारीमा मलेशिया गएर कमाई पनि गरे भन्दै असोज ११ गते नेपाली राजदूतावासमा घर फर्किन टिकटको लागि प्रतिक्षामा रहेको वेला झापा बुधवारे घर भएका सुजन मगरका अपराधी समूहले सडकबाटै आफूलाई मलेशियाको एक लजमा लगेर दुवै हात बाँधिदिए । मोवाईल र मसंग भएको नेपाली ७० हजार रुपियाँ पनि खोसियो । मबाटै नेपालमा रहेको मेरो दाजु भागवत महतोलाई मेरै मोवाईलवाट फोन गर्न लगायो जसरी पनि आजै पाँच लाख रुपियाँ पठाई दिनुस भनेर भन्न लगाइयो ।
मैले घर फोन गरे अपराधीहरुले सिकाएअनुुुुुसार दाजु भागवत महतोलाई मलाई जसरी पनिसार भने पाँच लाख रुपियाँ पठाई दिनु किन पाँच लाखको काम प¥यो मलेशियामा ? दाजुले सोध्दा अपहरणकारीहरुको निर्देशन अनुसार बढी कुरा पछि गरौला म अहिले अप्ठयारोमा छु । जताबाट खोजेर भएपनि पाँच लाख रुपियाँ पठाउनु । रुपिया पठाउनको लागि अपहरणकारीहरूले नै काठमाडौंका गोकुल नेवार श्रेष्ठको नाममा पठाउन पनि एसएएस पनि गरियो त्यहि वेला ।
यता लहानको आइएमईबाट दाजु भागवत महतोले कसैलाई पनि जानकारी नगराई मेरो भाई ओम प्रकाश खतरामा छ भनेर एक पटक दुई लाख र एक पटक तीन लाख गरि पाँच लाख रकम गोकुलको नाममा पठाएको थाहा भएपछि बाँधेको हात खुटा खोलेर टयाकसी बोलाएर डेढ घण्टा टाढा एक जंगलमा लगेर ओर्लिन निर्देशन गरे । मैले
अब म त बाँचन सक्तिन भनेर टयाक्सी चालकलाई अंग्रेजीमा दे आर किडन्यापर हाउ क्यान आई सेभ भन्ने शब्द भनेपछि चालकले आधा घण्टा तिनिहरुसंग जुधेर प्रहरीलाई खवर गरि मलाई रक्षा ग¥यो । आफूले भोगेको व्यथा भन्दा भन्दै ईलाका प्रहरी कार्यालय लहान भित्र ओम प्रकाशले रोएको दृश्यले सवैलाई आँसु चुहाउन बाध्य गरेको थियो ।
११ गते अपहरणमा परेको ओम प्रकाश आफू १३ गते अपहरण मुक्त भए । मलेशिया प्रहरीमा पनि निवेदन जानकारी गराए । भागवत महतोलाई आफू अपहरणमुक्त भएको खवर गर्दै मलेशियावाट घर फर्केको ब्यथा सुनाए ओम प्रकाशले । यता दाजु भागवत महतोले रुपियाँ पनि पठाए भाईको ज्यान रक्षाको लागि सप्तरी जिलला सदभावना पार्टीका केन्द्रिय सदस्य दिनेश यादवको सहयोगमा ईलाका प्रहरी कार्यालय लहान र अपराध अनुसन्धान शाखा काठमाण्डौसम्म पुगेर काठमाणैका गोकुल श्रेष्ठ नेवारलाई समात्न लगाएको र श्रेष्ठवाट पाँच लाख रकम फिर्ता लिएर घर आएको जानकारी दिएको छ ।
अपराध अनुसन्धान शाखा काठमाण्डौका डिएसपी भुपेन्द्र वोगटीले दशै अघि वा पछि मलेशियामा रहेको अपहरणकारी गिरोहलाई समातेर सार्वजानिक गर्ने विश्वास समेत दिलाएको पहलकर्ता दिनेश यादवले भन्दै विदेश जाने यूवा लुटिए पनि मारिए पनि त्याहाँ रहेको राजदुतावास वेखबर हुनुले ओम प्रकाश जस्तै अन्य यूवासंग त्यस्तो नहोस त्यसको लागि सम्बनिधत निकायसंग हाम्रो आग्रह र माँग रहेको बताउनु भएको छ ।
मलेशियाबाट आईपुगेका ओम प्रकाशलाई ईलाका प्रहरी कार्यालय लहानका डिएसपीले आफू अनुसन्धान शाखासंग निरन्तर कुरा गरेर गोकुल श्रेष्ठलाई समात्न सहयोग गरेको भन्दै रकम पठाउनु भन्दा अगाडि प्रहरीलाई जानकारी गराएको भए मलेशियामा रहेको गिरोहलाई समात्न सजिलो हुन्थ्यो भन्दै प्रहरीलाई जानकारी वेलैमा दिन पनि आग्रह गर्नु भएको छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना