सखडेश्वरी शक्तिपीठ

bindu adhikariबिन्दु अधिकारी ढकाल



कुनै बेला तिरहुत राज्यको महìवपूर्ण हिस्साका रूपमा रहेको हालकोे सप्तरी मैथलीभाषीको बाहुल्य क्षेत्र हो ।  समुन्द्री सतहबाट दुई सयदेखि एक हजार फिटसम्मको उचाइँमा फैलिएको सप्तरी कृषिका लागि उर्वर भूमि हो भने घना वनजङ्गल यहाँको अर्काे सौन्दर्य हो ।  जिल्लाको पूर्वमा रहेकोे कोशी र पश्चिममा बगेको कमला नदीले जिल्लाको भूगोल छुट्याएकोे छ ।  यही पावन भूस्थलमा मिथिलाको गहनाका रूपमा विभिन्न मठ मन्दिरले सजाएको पाइन्छ ।  मैथिल भेषभूषा मात्र होइन खानपान र रहनसहनमा पनि यो अब्बल दर्जाको स्थान मानिन्छ ।  यही पुण्यभूमिमा विश्वभरिका हिन्दुका लागि आस्थाको धरोहरका रूपमा चिनिएकी साक्षात् शक्तिस्वरूपा सखडेश्वरी भगवतीको मन्दिर रहेको छ ।  जसले सप्तरीको गरिमा र पहिचान नै उँचो बनाइदिएको छ ।  यसका अलावा यस जिल्लामा प्रसिद्ध कङ्कालीनी भगवती, राजदेवी भगवती, शम्भुनाथ बाबा, मानराजा दिनाभद्री, नर्घोे गढी, चन्द्रभोग दरबार, कृष्ण रामको कुटी आदि यहाँका चर्चित देवालय हुन् ।
यीमध्ये सखडादेवी देश विदेशमासमेत चर्चित देवीस्थानबारे यहाँ चर्चा गरिँदैछ ।  खासगरी नौरथामा यहाँ भक्तजनको थेगिनसक्नु भीड लाग्छ ।  राजविराज नगरपालिकादेखि दक्षिण ११ किलोमिटर दूरीमा अवस्थित छिन्नमस्ता गाविसअन्तर्गत सखडेश्वरी(छिन्नमस्ता) भगवती शक्तिपीठ छिन् ।  छिन्नमस्ता अर्थात् शिर छिनालिएको ।  पञ्चायतकालमा, पूर्व ‘सखडेश्वरी’ भगवती नामले देवीको पुकारा गर्ने गरिएको भए पनि पछिल्लो अवस्थामा भने छिन्नमस्ता देवीका नामले प्रख्यात छिन् ।  मन्दिरमा स्थापित मूर्तिमा भगवतीको शिर(टाउको) छैन ।  शिर नभएकै कारण छिन्नमस्ता देवीका नामले सर्वत्र चिनिन्छ ।  मन्दिर स्थापनाबारे कुनै ठोस आधार फेला नपरे पनि स्थानीय बूढापाका विभिन्न किवंदन्ती सुनाउँछन् ।  इतिहासविद् प्रा.हरिकान्तलालद्वारा लिखित, ‘सप्तरीको राजनीतिक इतिहास तथा प्रमुख धार्मिक स्थलहरू’ भन्ने पुस्तकमा यसबारे चर्चा गरिएको छ ।  जसमा भनिएको छ, सिंम्रौनगढको कर्णाटवंशी राजा शकसिंहले मन्दिर स्थापना गरेका हुन् ।  शकसिंहबाट शक्रेश्वेरी हुँदै पछि अपभ्रशं भई सखडेश्वरी भएको हो भनिएको छ ।  सिंम्रौनगढका राजा शकसिंहलाई शिव सिंह पनि भनिन्थ्यो ।  उल्लेख भएअनुसार राजा शकसिंह आफ्ना दरबारीयाको दबाब थेग्न नसकेर छोरा हरिसिंह देवलाई राजकाजको सम्पूर्ण जिम्मा लगाइ वानप्रस्त जीवनयापन गर्न यस ठाउँमा गए ।  सखडाको घनघोर जङ्गलमा कुटी बनाएर बसेका राजाको सपनामा एकरात देवी आइन् र भनिन्, त्रिशूल गाडिएको वरिपरि मूर्ति छ, उत्खनन् गर र प्राणप्रतिष्ठा गरी पूजाअर्चना गर ! खोजतलास गर्दा राजाले पोखरीको किनारमा देवीको मूर्ति भेटाए ।  मूर्तिलाई राजाले भक्तिभावका साथ प्राणप्रतिष्ठा गरी मन्दिर बनाएर पूजाअर्चना थाले ।  
   अर्काथरि भनाइमा ११औँ शताब्दीताका भारतमा मुसलमानहरूले मुगल साम्राज्य स्थापना गरे ।  साथै हिन्दुमाथि ज्यादती सुरु भयो ।  यसबाट नेपाल पनि अछूतो रहेन ।  भारतको गयासुदिन आक्रमणको क्रममा कोशी नदीको किनारैकिनार सखडा क्षेत्र छिरेका मुसलमानहरूले राजा शकसिंहमाथि पनि आक्रमण गरे ।  साथै सखडेश्वरीको मन्दिरमा समेत क्षति पु¥याए ।  यसैक्रममा देवीको शिर छेदन भई यो स्वरूप हुनगएको हो भनेर पौराणिक भन्ने गरिन्छ ।   
   विना शिरको कालो रङको देवीको मूर्ति भने आकर्षक ढङ्गले सजाइएको छ ।  रातो पहिरन असाध्यै सुहाएको छ ।  शक्तिस्वरूपा भगवतीको पाउमुनि रा“गाको टाउको कुदिएको छ ।  मूर्ति छेउमा, भैरवी, चामुण्डा र दक्षिणकालीका मूर्तिहरू छन् ।  (महिष–मर्दिनी) छिन्नमस्ता देवी विराजमान, चौडा आ“गन मन्दिरको पश्चिमतर्फ चतुर्रभुज आकारको विशाल पोखरी छ ।  मन्दिर छेउबाट दक्षिण परिसरमा भगवान् विष्णु, महादेव, हनुमानसहित नागनारायणको अग्लो मूर्ति पनि विराजमान छ ।  अचम्मको कुरा, चतुर्रभुज आकारको सुन्दर पोखरी, जस्तोसुकै खडेरीमा पनि सुक्दैन ।  चिया पकाउँदा पोखरीको पानी थोरै भए पनि मिसाउनै अनौठो चलन छ, नत्र चियानै बन्दैन भन्छन् स्थानीयहरू ।  बूढापाकाहरूको भनाइमा माताको सम्झना गर्दैमा भाडाकुडाहरू पानीमाथि तैरिएर आइपुग्थे ।  सीमा व्यापारको क्रममा नेपाल भारत ओहोरदोहोर गर्नेहरूले ती भाडावर्तन प्रयोग गर्थे र, पुनः ती भाडाकुडालाई पोखरीमै डुबाइदिन्थे भन्ने किंवदन्ती छ ।
कुनै अनिष्ट वा सम्भावित दुर्घटना टार्न मात्र होइन आकांक्षा पूरा गर्न पनि माताको आकल गर्ने चलन छ ।  यस्तै नया“ काम थाल्दा होस् वा सवारी खरिद गर्दा पनि भगवतीप्रति श्रद्धा अर्पण गरिन्छ ।  देवीलाई सम्झे मात्र पनि समस्याबाट मिल्ने सोच व्याप्त छ ।  सन्तान प्राप्ति, सुख शान्तिका साथै मनोवाञ्छित सबै फल पाइन्छ भन्ने धार्मिक विश्वास छ ।  तान्त्रिक विधिद्वारा पूजापाठ गरिने सखडामा बडादसैँमा भब्य मेला लाग्ने गरेको छ ।  त्यसबेला मन्दिरलाई दुलहीझैं सिङ्गारिएको हुन्छ ।  पौराणिक हतियार ह“सियाले हजाराँै बोकाको बध गरिन्छ ।  असङ्ख्य रा“गाहरू पनि ढालिन्छ ।  अचम्मको कुरा, बध जति नै गरे पनि त्यहाँ कुनै किसिमको गन्ध वा झिङ्गा लाग्दैनन् ।  बलिबाट निस्केको रगतको खोलोले पनि पोखरीलाई प्रदूषित गर्दैन ।  मन्दिरको यो अर्को अनौठो विषेशता छ ।  जल देवतालाई कमल स्वरूपको कलात्मक स्तम्भ(जाइठ) मा स्थापना गरिएको छ, पोखरीको बीच भागमा ।  अति नै आकर्षक देखिने त्यसलाई केन्द्र बनाएर फोटो खिच्नेहरू खुब रमाएका देखिन्छन् ।  श्रद्धालु भक्तजनहरूलाई नुहाउनका निमित्त यतिबेला अर्को छुट्टै पोखरी बनिरहेको छ ।  नवरात्रिमा भगवती स्वयं प्रकट हुन्छिन् भन्ने विश्वासले भक्तजनको घुइचो लाग्ने गर्छ ।  भाकल पूरा गर्न टाढादेखि आएका भक्तजनहरूले माताको महिमा गाएरै नवरात्रिका रात छर्लङ्ग पार्छन् ।  भर्खरै सखडा मन्दिर व्यवस्थापन समितिले तयार गरेको नया“ कार्ययोजनाअनुसार, चण्डी महायज्ञको तयारी छ ।  महायज्ञमा तीन हजार पाँच सय पुरोहितहरूले चण्डीपाठ र हवन गर्नेछन् ।  आगामी चैत्र महिनामा हुने सो महायज्ञलाई सफल बनाउन भदौ महिनादेखि नै रथयात्रा निकालिएको छ ।  पूर्व मेचीदेखि पश्चिम महाकाली हुँदै भारतको बिहारसम्म गरिने यस रथयात्राले महायज्ञबारे प्रचार गर्नेछ ।  महायज्ञको मूल नारा र उद्धेश्य, ‘मानव कल्याण र स्थायी शान्ति’ स्थापना रहेको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना