रु एक अर्ब पच्चीस करोडको बीउबिजन आयात


काठमाडौँं, असोज १८ गते  । करिब रु एक खर्बको खाद्यान्न आयात हुने देशमा यस वर्ष रु एक अर्ब २५ करोडको बीउबिजन आयात भएको छ ।

तेलहन र खाद्यन्नबालीमा ७० र तरकारीमा सतप्रतिशत परनिर्भर हुनुपरेको बीउबिजन अधिकृत महेश रेग्मीले राससलाई जानकारी दिनुभयो । बीउबिजन केन्द्रको तथ्याङ्कअनुसार नेपाललाई कूल वार्षिक दुई हजार टन बीउको आवश्यकता पर्छ । तरकारीमा सिर्जना जातको गोलभेँडा र मकैमा खुमल हाइब्रिड–२ मा भने नेपाल आत्मानिर्भर भएको पाइन्छ ।

गत वर्ष ५४ मेट्रिक टन तरकारी, ७८७ मेट्रिक टन मकै र ९७७ मेट्रिक टन धान आयात गरिएको थियो । सो परिमाणको तरकारी, मकै र धान केन्द्रसँग अनुमति लिएर आयात गरिएको थियो । तीन गुणभन्दा बढी बीउ अनुमति बेगर आयात गरिएको बताइन्छ ।

भन्सार विभाग, त्रिपुरेश्वरले आव २०७२÷७३ मा प्रकाशन गरेको वैदेशिक व्यापार तथ्याङ्क पुस्तकमा विश्वका १६ देसबाट दुई लाख ४७ हजार २१२ किलो तरकारीका बीउ आयात भएको उल्लेख छ । आयातित बीउमा काउली, ब्रोकाउली, बन्दागोेभी, भन्टा, भेंडेखुर्सानी, काँक्रा, फर्सी, लौका, घिरौँला, चिचिन्डो, गोलभेँडा, रायो, मुला, गाँजर, धनियाँलगायतका छन् ।

इटाली, चिली, अमेरिका, न्युजिल्यान्ड, थाइल्यान्ड, नेदरल्यान्ड, अष्ट्रेलिया, फ्रान्स, ताइवान, लेवनान, भारत, चीन, जापान, स्वीजरल्यान्ड, इन्डोनोसिया र कोरियाबाट बीय आयात गरिएको हो । यस वर्ष सबैभन्दा धेरै एक लाख ३९ हजार २३१ किलो रु चार करोड बराबरको बीउ भारतबाट आयात तथा अन्य देशबाट रु ३८ करोडको आयात गरिएको छ ।

विश्वमा बीउ उत्पादन गर्ने १० कम्पनीबाट ६७ र नामकहलिएका अन्य तीन कम्पनीबाट ५० प्रतिशत बीउ आयत गरिएको हो । अमेरिकाको मोन्टान्सो विश्वमा सवैभन्दा धेरै बीउ निर्यात गर्ने कम्पनीमा सूचीकृत छ । प्राध्यापक डा गोपाल शिवाकोटी ‘अनिकालमा बीउ जोगाउनु, हुलमुलमा जीउ जोगाउनु’ भन्ने उखान हाम्रा पूर्वजले सिकाउदै आए पनि नेपालीले सो उक्तिलाई यतिखेर व्यवहारमा उतार्न नसकेको बताउनुहुन्छ ।

कृषि विकास मन्त्रालयका प्रवक्ता योगेन्द्रकुमार कार्की पूर्खाको बीउ छनोट गर्ने प्रविधि वैज्ञानिक रहेको बताउनुहुन्छ । तर आजभोलि विmसान छिटो पाक्ने र धेरै फल्ने बीउको खोजीमा रहेकाले स्वदेशी बीउ क्रमशः विस्थापित भएको उहाँको भनाइ छ ।

पूर्खाले खाद्यान्न तथा दलहन एवम् तरकारी बालीमा पाकेको फलबाट ठूला दाना र स्वस्थ बिँया छनोट गरी पहिले नै जतन गर्दर्थ । तर अहिले हाइब्रिड जातको बीउमा निर्भर भएका कारण स्वदेशी बीउ प्रशोधन, सङ्कलन तथा जतन एवम् स्वस्थ बियाँको छनोट गर्ने बानी हराउँदै गएकाले बीउमा परनिर्भरता बढ्दै गएको हो ।

पूर्खाले खाद्यान्न भण्डारण गर्नु पूर्वनै बीउको जोहो गर्दथे । तर अहिले बजारमा सजिलैसँग बीउ खरिद गर्न सकिने भएपछि रैथाने जातका खाद्यान्न तथा दलहन एवम् तरकारीका बीउ पाइनै छोडेको छ । बीउबिजन ऐन २०४५ र बीउबिजन नियमावली २०६९ले बहुर्र्रािष्ट्रय कम्पनीबाट उत्पादित वर्णशङ्कर जातका बीउ खास खास प्रक्रिया पु¥याई नेपालमा आयात गर्न दिने कानुनी बाटो खुल्ला गरेको छ । सोही कारणले रैथाने जातका बहुगुणी बीउ लोप हुने सङ्घारमा छन् ।

राष्ट्रिय कृषि नीति २०६१ ले उत्पादन वृद्धिका लागि नेपालमा वर्णशङ्कर बीउको प्रयोगलाई प्रोत्साहन र प्रवद्र्धन गर्ने तथा जिएमओको प्रयोगलाई नियमन गर्ने नीति लिएको छ । बहुर्राष्ट्रिय कम्पनीका हाइब्रिड बीउलाई आयातमा प्रतिबन्ध छैन भने रैथाने बीउको जगर्ना र संरक्षणतर्फ ठोस पहल हुन नसकेकोले नेपाली जातका बीउबिजन गाउँघरबाट पलायन भएका छन् ।

नेपालमा निजी क्षेत्रका बीउबिजन कम्पनीले बिना अनुसन्धान अन्र्राष्ट्रिय क्षेत्रबाट आयातित बीउलाई प्याकेजिङ गरेरमात्र बिक्री वितरण गर्ने गरेको पाइन्छ । उनीहरुबाट सतप्रतिशत गुणस्तरीय बीउ आयात हुन्छ नै भन्न नसकिने सरकारी अधिकारीको भनाइ छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना