सहज भयो नारायणगढ मुग्लिन बाटो, एक घण्टा ४० मिनेटमा पार


muglin4jpgशालिग्राम नेपाल, चितवन, असोज १८ गते । घण्टौ जामले गर्दा हैरानी व्यहोर्दै आएको नारायणगढ मुग्लिन सडकखण्ड अव दशै अवधी भरी एक घण्टा ४० मिनेटमा पार गर्न सकिने भएको छ ।
सो सडक खण्ड फराकिलो वनाउनको लागि १८ महिना अगाडिदेखि काम भइरहदा पहिरो र जामले यात्रा गर्नको लागि कठिन हुदै आएको थियो । बाटो फराकिलो वनाउँदा पहाड फोर्ने गर्दा पहिरो खस्ने, सामान्य पानी आएपनि ढुङगा खसेर सवारी साधन रोकिनु पर्ने, सडक खण्डमा भएको ठुलो खाल्टोले गर्दा तीब्र गतीमा चलाउन नपाइने समस्या थियो ।
सडक सुधार परियोजनाले भएको खाल्टो पर्नुे, अस्थायी कालोपत्रे गर्ने, पहिरो गएको स्थानमा पन्छाउने, निर्माण सामग्रीलाई व्यवस्थित पारेर राख्ने काम गरेपछि सामान्य अवस्थामा आउन थालेको हो ।
दशै केिन्द्रत भएर सडकमा मर्मतको कामलाई तिब्रता दिएका थियौ सडक सुधार परियोजनाका प्रमुख चन्द्रनारायण यादवले भन्नुभयो । अब घण्टौ जाम हुनेछैन । खाल्टो पुर्ने, अस्थायी कालोपत्रे गर्ने साघुरो सडकलाई केही फराकिलो वनाउने काम गरेका छौ । मुग्लिनदेखि गाइघाटसम्मको स्थानमा धेरै सुधार भएको छ परियोजनाका इन्जिनियर शिव खनालले भन्नु भयो दाशढुङगादेखि जुगेडीसम्मको स्थानमा पनि मर्मत अन्तिम चरणमा पुगेको छ ।
दशैमा उपत्यका वाहिरीने यात्रुको सख्या धेरै हुने भएपछि यो सडकखण्डलाई मर्मत गरेर सहज बनाउन दवाव परेको थियो । वर्षातमा पहिरो र जामले गर्दा ३६ किलोमिटर सडक पार गर्न १० घण्टा भन्दा धेरै समय लाग्दै आएको थियो । राजधानी प्रवेश गर्ने र वाहिरीने मुख्य राजमार्गको रुपमा रहेको यो सडक खण्डमा भइरहेको सुधारको कामले गर्दा समस्या आएको थियो ।
दुइ महिना अगाडि भरतपुरबाट काठमाण्डौ जँदा १३ घण्टा जाममा परेको थिए भरतपुर १० का केशव पौडेलले भन्नु भयो अहिले दशै विदामा घर आउदा दुइ घण्टामा मुग्लिनबाट नारायणगढ आइपुग्यो । यस्तै भए त सजिलो हुने थियो यात्रा गर्न उहाँले आफ्ने अनुभव सुनाउनु भयो । पहिला घण्टौ जाम हुदा व्यापार वढेको थियो सिमलतालको गुरुङ होटलकी सञ्चालक माया गुरुङले भन्नु भयो तर अहिले गाडी जाम नहुदा व्यापारमा कमी आएको छ, ट्रकहरु मात्र रोकिन्छ ।

हामीले अहिले सडक विस्तारको कामलाई रोकेका छौ इन्जिनियर खनालले भन्नु भयो । खाल्टो पुर्ने, प्याच (अस्थायी कालोपत्रे) गर्ने काम मात्र जारी छ । त्यो कार्यपनि अव दुइदिन भित्र सकिनेछ, सडक पार गर्न अन्य समय जस्तो जटिल हुदैन ।
गाडीको चापले गर्दा केही समय लाग्न सक्छ तर वर्षातको समयमा जस्तो घण्टौ जाम हुने समस्याबाट मुक्त हुनेछ । अव यो बाटोमा एकघण्टा ४० मिनेटमा पार गर्न सकिने उहाले बताउनुभयो । मुख्यरुपमा राजधानीबाट बाहिरिने लाखौँ सर्वसाधारणलाई लक्षित गर्दै दसैँको यात्रा सहज बनाउन दुई हप्तायता सरकारी र निजी क्षेत्र संयुक्त रुपमा जुटेका थिए । धुलो कम गर्न तीनवटा ट्याङ्करले पानी छर्किने कार्य गरिरहेको छ । यातायात आवागमन नरोकिने गरी मात्रै काम गरिएको छ । पहिरो खसेमा तत्काल पन्छाउनका लागि तीन लोडर, तीन ग्रेडर, तीन ट्रिपर, तीनवटा पानीट्याङकी र १८ जना जनशक्ति तयारी अवस्थामा राखिएको खनालले बताउनु भयो ।
सडकमा गाडी बिग्रिएमा तत्काल किनारा लगाउने काम गर्न छुट्टै जनशक्ति खटाइएको छ । सो सडकको अत्यधिक पहिरो खस्ने ११ ठाउँमध्ये १० वटा ठाउँमा ४० दिनयता पहिरो खसेको छैन । सडकका ४८ ठाउँमा पहिरो खस्न सक्ने जोखिम भए पनि ११ ठाउँमा भने अत्यधिक पहिरो खस्ने गरेको थियो । मुग्लिनबाट चार किमी नारायणगढतर्फ चोर खोलाबाहेकका ठाउँमा पहिरो खस्न रोकिएको छ ।
पहिरोका कारण यसवर्षको वर्षात्मा सो सडकखण्ड १४ घन्टासम्म अवरुद्ध भएपछि यात्रु तर्सिएका थिए । सो सडकखण्डमा शनिवार र आइतवार दुई दिन लगाएर २५ वटा विभिन्न गाडीको यात्रा दूरी सर्वेक्षण गरिएको थियो । सो क्रममा पाँच बस, पाँच माइक्रोबस, नौ ट्रक र छवटा साना सवारीको सर्वे गरिएकामा औसत समय एक घन्टा ४० मिनेट लागेको थियो ।
साना सवारीले एक घन्टा हाराहारीमा सडकखण्ड पार गरेका थिए भने मालबाहक ट्रक र बसले दुई घन्टा हराहारीको समय लाग्ने छ । ती सवारीलाई बिहान, दिउँसो र बेलुकाको समय मिलाएर औसत समय मापन गरिएको थियो । सवारी साधनको सहज आवागमन गर्न स्थानीय प्रशासनले पनि सहकार्य गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले सडकमा प्रहरी निरीक्षकको नेतृत्वमा २४सै घन्टा सुरक्षाकर्मी परिचालन गरिएको बताउनु भयो ।
जुगेडी र अस्थायी प्रहरी पोस्ट सिमलताललाई अधिक परिचालन गरिने उहाले बताउनु भयो । रात्रिकालीन समयमा हतियारसहित प्रहरी सवारी साधनमा राखी भरतपुर–मुग्लिन र मुग्लिन–भरतपुरसम्म स्कर्टिङ गराउने व्यवस्थासमेत गरिएको छ । दुर्घटना नहोस् भन्नका लागि सो सडकका ३२ ठाउँमा प्यारापिट बनाउन थालिएकामा ९० प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ । पुलको रेलिङ र फलामको पाता राख्ने काम भने दसैँपछि गरिनेछ । ट्राफिक सङ्केत राख्ने काम भइरहेको आयोजनाले जनाएको छ । दशै अवधी भर आइपर्ने समस्यालाई समाधान गर्नको लागि ३० जनाको टोली आपतकालिन सुरक्षा सख्या छुट्टाइएको छ । उनीहरु सो सडक खण्डको विभिन्न स्थानमा वस्ने आयोजनाले जनाएको छ । पहिरो आए पन्छाउने, गाडी बीच बाटोमा विग्रीएमा हटाउने, लगायतको काममा खटिने तयारी भएको इन्जिनियर खनालले बताउनु भयो ।
यो सडक हुँदै दैनिक करिव १० हजार सवारी साधन गुड्ने गरेको प्रहरीले जनाएको छ । दशैको समयमा अझ सख्या वृद्धि हुने ट्राफिक प्रहरीको अनुमान छ । साना तथा ठुला सवारी साधनको चाप यो सडकखण्डमा पर्ने भएकाले सुरक्षाको खाँचो अझ वढेर गएको प्रहरीले बताएको छ । दुर्घटना न्यून गर्नको लागि विशेष टोली नै परिचालन भएको प्रहरीले जनाएको छ । रातीको ९ बजेदेखि २ बजेसम्म हरेक क्षेत्रमा प्रहरी परिचालन हुने समेत प्रहरीले जनाएको छ ।
चितवनको भण्डारा मुग्लीन, जुगेडी र गोन्द्राङमा चेकप्वाईन्ट स्थापना गरेर सवारी आवागमनको समेत निगरानी थालेको जनाएको छ । यसरी सुरक्षा योजनाका लागि ४१६ जना प्रहरी परिचालन गरिने छ ।

muglin

muglin1

muglin2

muglin3

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना