सैनिक परिवारलाई निःशुल्क बस सेवा

Army-Busकाठमाडौँ, असोज १९ गते ।  दसैँ मनाउन घर जाने सैनिक कर्मचारी तथा उनीहरूको परिवारको सुविधाका लागि सेनाले निःशुल्क बस सेवा सञ्चालन गरेको छ ।  काठमाडौँबाट इटहरी, हेटाँैडा, दोलखा, रामेछाप, चौतारा, नुवाकोट, त्रिशुली, धादिङ, बुटवल, पोखरा, धनगढी र नारायणगढसम्म बस सेवा सञ्चालन गर्ने सेनाले जनाएको छ ।  
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार मङ्गलबारबाट सुरु भएको सो बस सेवा २३ गतेसम्म सञ्चालन हुनेछ ।  बस सेवा प्रत्येक दिनको बिहान ६ बजे छुट्नेछन् ।  
एक जना सैनिक कर्मचारीले बढीमा ४ जनासम्म आफन्त लैजान सक्नेछन् ।  
त्यसैगरी, सार्वजनिक बिदाको दिन असोज २४ देखि २६ सम्म काठमाडौँ उपत्यकाभित्र सार्वजनिक सवारी साधन न्यून चल्ने भएकोले सर्वसाधारणको सुविधाका लागि सेनाले निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।  
सैनिक तथा गैरसैनिकको आवागमनमा सुविधा पु¥याउने उद्देश्यले तीन दिन आठवटा बस छुट्टाछुट्टै रुटहरूमा प्रत्येक बिहान ६ देखि ११ बजेसम्म एक सिफ्ट र दिउँसो चार बजेपछि भद्रकालीबाट ३० सिट क्षमताको १÷१ वटा बस निःशुल्क सञ्चालन हुनेछन् ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना