भारतीय राष्ट्रपति पोखरा, जनकपुर र लुम्बिनी जानुहुने

राजेश चाम्लिङ राई

काठमाडौँ, असोज २० गते ।  आगामी कात्तिक महिनामा नेपाल भ्रमणमा आउनुहुने भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपालमा रहँदा तीन महŒवपूर्ण धार्मिक तथा पर्यटकीय स्थानको अवलोकन गर्नुहुने भएको छ ।  
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मुखर्जीले पोखरा, जनकपुर र लुम्बिनीको भ्रमण गर्ने गरी तयारी सुरु भएको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा मुखर्जी आगामी कात्तिक १७ गते तीनदिने नेपाल भ्रमणमा आउन लाग्नुभएको छ ।  भ्रमणको मिति टुङ्गो लागेपछि दुवै देशका परराष्ट्र मन्त्रालय र दूतावासहरू आन्तरिक तयारीमा जुटेका छन् ।  
मुखर्जीलाई काठमाडौँबाट जनकपुर, जनकपुरबाट फेरि काठमाडौँ, काठमाडौँबाट पोखरा, पोखराबाट लुम्बिनी र लुम्बिनीबाट काठमाडौँ ल्याइने गरी रुट मिलाइएको छ ।
भारतको राज्य व्यवस्था अनुसार राष्ट्रपति राज्यप्रमुख भए पनि कार्यकारी अधिकार भने सरकारप्रमुखका रूपमा रहेका प्रधानमन्त्रीसँग रहन्छ ।  आलङ्कारिक राष्ट्रपतिका रूपमा रहनुभएका मुखर्जीको भ्रमणका क्रममा दुई देशबीच कुनै सम्झौता वा सहमति भने नहुने परराष्ट्रका अधिकारीहरूले जानकारी दिए । Pranab-Mukherjee-the-President-of-India
“भ्रमण उच्चस्तरीय भए पनि राष्ट्रपति संवैधानिक पद हो”, परराष्ट्रका एक अधिकारीले भन्नुभयो, “त्यसैले यसमा दुई देशबीच महŒवपूर्ण विषयमा छलफल हुन्छजस्तो लाग्दैन ।  यो एक प्रकारले दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउन गरिने सद्भाव भ्रमण मात्र हो । ”
परराष्ट्रका अधिकारीहरूले भ्रमणको तयारी तीव्र बनाइएको जानकारी दिनुभएको छ ।  मुखर्जीको भ्रमण स्थगित नभएमा उहाँ नेपाल भ्रमण गर्ने भारतको दोस्रो राष्ट्रपति हुनुहुनेछ ।  यसअघि सन् १९९७ मा तत्कालीन भारतीय राष्ट्रपति आरके नारायणनले नेपालको भ्रमण गर्नुभएको थियो ।  नारायणनपछि भारतको कुनै पनि राष्ट्रपतिले नेपाल भ्रमण गर्नुभएको छैन ।  
करिब आठ सय किलोमिटर खुला सीमा रहेको दुई छिमेकीबीच अत्यन्तै निकट सम्बन्ध रहे पनि भारतका तर्फबाट १८ वर्षसम्म नेपालमा उच्च तहको भ्रमण भएको थिएन ।  नेपालबाट भने निरन्तर उच्चस्तरीय भ्रमण हुँदै आएका छन् ।  दुई वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गर्नुभएपछि ‘एकोहोरो उच्चस्तरीय भ्रमण’को स्थिति टुङ्गिएको थियो ।  
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि यसै महिनाको पहिलो हप्ता भारतको भ्रमण गरिसक्नुभएको छ ।  प्रथम राष्ट्रपति डा. रामवरण यादवले भारतको औपचारिक भ्रमण गर्नुभएको थियो ।  अघिल्लो सरकारको समयमै नेपालकी राष्ट्रपति विद्या भण्डारीले भारत भ्रमण गर्ने तय भएको थियो ।  उहाँको भ्रमणपछि भारतीय राष्ट्रपति मुखर्जीले नेपाल भ्रमण गर्ने तय भए पनि भण्डारीको भ्रमण स्थगित भएपछि मुखर्जीको भ्रमण पनि अनिश्चित बनेको थियो ।
भारतको अघोषित नाकाबन्दी चलिरहेका बेला तय गरिएको राष्ट्रपति भण्डारीको भ्रमण अन्तिम अवस्थामा स्थगित भएपछि कूटनीतिक वृत्तमा दुई देशबीचको सम्बन्धमा केही तिक्तता आएको महसुस गरिएको थियो ।  प्रधानमन्त्री प्रचण्ड नेतृत्वको उच्चस्तरीय भ्रमण टोली भारत गएपछि भारतीय राष्ट्रपतिको भ्रमण तय हुनुलाई सम्बन्ध सुधारको खुट्किलोका रूपमा हेरिएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना