नेपाल प्रहरीको व्यावसायिक यात्रा

bidya p ghimireविद्याप्रसाद घिमिरे



देशमा आएको ऐतिहासिक राजनीतिक परिवर्तनका उपलब्धिलाई आमनागरिकले अनुभूति गर्न सक्ने वातावरण तयार गर्न राज्यका सम्पूर्ण संयन्त्रको क्रियाशीलता अपरिहार्य छ ।  ती उपलब्धिलाई संस्थागत गर्दै सामाजिक, आर्थिक रूपान्तरणद्वारा नागरिकको जीवनस्तर उकास्ने राष्ट्रिय अभियानमा राज्यका हरेक निकायको ध्यान जानु आवश्यक छ ।  भरपर्दो शान्ति सुव्यवस्थाको सुनिश्चितामा नै विकास निर्माणका योजना गतिशील हुन्छन् ।  यस अवस्थामा राज्यका सम्पूर्ण सुरक्षा अङ्गबीच समन्वयात्मक र सहकार्यको भूमिका महŒवपूर्ण हुन्छ ।  राज्यका सम्पूर्ण सुरक्षा अङ्गबीच हुने आपसी समन्वयबाट नै नागरिकलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन सकिन्छ ।  
नेपाल प्रहरी सङ्गठनले लोकतन्त्र, मानवअधिकार र विधिको शासनप्रतिको पूर्णप्रतिबद्धताका साथ नेपालको संविधान २०७२ र प्रचलित नेपाल कानुनको परिधिभित्र रही निर्वाह गर्दै आएकोे निष्पक्ष र पारदर्शी भूमिका देशका सबै तह र तप्कामा स्वीकार्य छ ।  नेपाल प्रहरीको दूरदर्शी र व्यावसायिक भूमिकाले गर्दा नै विश्वका अन्य मुलुकको तुलनामा यस निकायले सराहनीय ढङ्गले शान्ति सुव्यवस्था कायम भएको देखिन्छ ।  तथापि समयसमयमा देशको शान्ति सुरक्षा फितलो भएको टीकाटिप्पणी र लान्छना नेपाल प्रहरीमाथि लाग्दै आएको पाइन्छ ।  शान्ति सुरक्षाको विषय कदापि निरपेक्ष हुन सक्दैन ।  ठूलो राजनीतिक परिवर्तनसँगै बढेको जनचाहनालाई व्यवस्थित गर्न राष्ट्रले कुन तहमा के कस्ता प्रयास ग¥यो र ती प्रयासको नतिजा के आयो भन्ने विषयमा पनि नागरिक समाजबाट विश्लेषण हुनु जरुरी छ ।  देशका विभिन्न भागमा विभिन्न राजनीतिक मुद्दालाई अघि सार्दै भएका बन्द, हडताललाई रोक्ने सन्दर्भमा राज्यको तर्फबाट के कति प्रयास भए र ती प्रयासमा नेपाल प्रहरीको भूमिका कस्तो रह्यो भन्नेमा एक पटक विचार पु¥याउनु जरुरी छ ।  नितान्त राजनीतिक कारणबाट निम्तिएका यस किसिमका समस्याको गहिराइ पत्ता लगाउन उपयुक्त तहबाट सम्बोधन हुनसके शान्ति सुरक्षाका चुनौती स्वतः न्यून भएर जानेछन् ।  त्यसैले राजनीतिक मुद्दा अघि सारेर आ–आफ्नो माग राखी भएका आन्दोलनका राजनीतिक समस्यालाई प्रहरीले आफ्नो क्षमताबाट समाधान गर्न नसक्ने र यसको समाधान नभएसम्म सुरक्षा चुनौती यथावत् रहिरहने हँुदा यसतर्पm समयमै सोच्न जरुरी छ ।
नेपालको संविधान, प्रचलित नेपाल कानुन र जनभावनालाई मार्गचित्रको रूपमा लिई प्रभावकारी अपराध अनुसन्धान तथा नियन्त्रण गर्दै देशमा शान्ति र अमनचैन कायम गर्ने साङ्गठनिक प्रतिबद्धता विभिन्न समय र स्वरूपमा अभिव्यक्त भएकै छन् ।  नेपाल प्रहरीले हाल कार्यान्वयनमा ल्याएका कैयौँ योजनाले पनि व्यावसायिक उत्कृष्टताका लागि सङ्गठनबाट भएका पहललाई छर्लङ्ग्याएको छ ।  
देशमा आएको ऐतिहासिक परिवर्तनका उपलब्धिलाई संस्थागत गर्ने सन्दर्भमा नेपाल प्रहरीका अगाडि पनि चुनौती छन् ।  इतिहासले सुम्पेका हरेक जिम्मेवारीलाई पूर्ण व्यावसायिक ढङ्गले सामना गर्दै राष्ट्रको एक सक्षम सुरक्षा निकायको रूपमा नेपाल प्रहरीले आफूलाई स्थापित गरेको छ ।  जसले पछिल्ला दिनमा सङ्गठनको छविलाई ओजश्वी बनाएको छ ।  यसले जनविश्वासको स्तरलाई उल्लेखनीय रूपमा बढाएको विभिन्न अन्तर्राष्ट्रिय संस्थाले गरेको सर्वेक्षण प्रतिवेदनले प्रस्ट्याउँछ ।  
विश्वका करिब दुई दर्जनभन्दा कम मुलुकमा सम्पन्न हुनसकेको संविधानसभा सदस्यको निर्वाचन नेपाल प्रहरीका लागि गम्भीर चुनौती थियो ।  यस चुनौतीलाई अवसरको रूपमा स्वीकारेर नेपाल प्रहरीले सुरक्षित वातावरणमा जसरी त्यो ऐतिहासिक जिम्मेवारीलाई सफलतापूर्वक सम्पन्न ग¥यो, यसले नेपाल प्रहरीको व्यावसायिक भूमिकालाई स्पष्ट पारेको छ ।  नेपाल प्रहरीको बृहत् सुरक्षा योजना, जनशक्ति परिचालन र सङ्गठनका सम्पूर्ण सदस्यको अनवरत प्रयासले नै त्यो गहन चुनौती निष्कर्षमा पुग्न सकेको थियो ।  यस्तै २०७१ साल मङ्सिरमा नेपालको राजधानी काठमाडौँमा सम्पन्न भएको दक्षिण एसियाली राष्ट्रको शिखर सम्मेलनमा नेपाल प्रहरीले निर्वाह गरेको सुरक्षा भूमिका र भरपर्दो सुरक्षा योजनाले शिखर सम्मेलन शान्तपूर्ण वातावरणमा सम्पन्न हुनसकेको तथ्य जगजाहेर नै छ ।  २०७२ साल वैशाख १२ गतेको भूकम्पमा आहतमा परेका नागरिकहरूको उद्धार, राहत वितरण र पुनस्र्थापना कार्यसमेतमा नेपाल प्रहरी पनि एक प्रमुख संयन्त्रको रूपमा परिचालित भयो ।  आफ्नो सीमित साधन स्रोत र बलबुद्धिले भ्याएसम्म नेपाल प्रहरीमा आबद्ध तमाम प्रहरी कर्मचारीले आफ्नो भत्किएको घरबार र आफन्तजनलाई गुमाउनु परेको वेदनालाई मनभित्रै दबाएर भूकम्प प्रभावित नागरिकको खोज, उद्धार, राहत र पुनस्र्थापनामा प्रदर्शन गरेको साहस र संयमता राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरसम्म चर्चाको विषय बन्यो ।
जनमुखी, पारदर्शी र व्यावसायिक प्रहरी सेवालाई समय सुहाउँदो संयन्त्र र प्रविधिको प्रयोगमा जोड दिँदै आएको नेपाल प्रहरीले प्राप्त गरेका उपलब्धि अनुकरणीय छन् ।  परम्परागत ढाँचा र कार्यशैलीले मात्र एक्काइसौँ शताब्दीका चुनौतीको सामना गर्न सक्दैन भन्ने यथार्थलाई आत्मसात् गर्दै नेपाल प्रहरीले आफ्नो कार्यशैलीलाई समयानुकूल परिस्कृत गर्दै लगेको छ भने प्रविधिको प्रयोगलाई अभियानकै रूपमा अघि सारेको छ ।  सङ्गठनको उद्देश्य प्राप्तिका लागि प्रविधिजन्य उपकरणको आपूर्तिमा विशेष ध्यान दिएको छ ।  पछिल्ला वर्षमा नेपाल प्रहरीले जुन परिमाणमा यस्ता सामग्री व्यवस्था गर्न सक्यो, यसले साङ्गठनिक दक्षता अभिवृद्धिमा उल्लेखनीय योगदान पु¥याउने र यसबाट लामो समयसम्म सङ्गठन लाभान्वित रहन सक्ने देखिन्छ ।  
कुनै पनि सङ्गठनको साङ्गठनिक विकासका लागि प्रशासनिक गतिशीलता अपरिहार्य सर्त हो ।  प्रहरी सङ्गठनले लामो समयदेखि गतिशील हुन नसकेका प्रशासनिक प्रक्रियालाई सुचारू गरी सम्पूर्ण प्रहरी कर्मचारीको वृत्ति विकासमा महŒवपूर्ण योगदान पु¥याएको छ ।  नियमित र पारदर्शी रूपमा हुने गरेका पदोन्नति, सरुवा र पदस्थापनलगायतका कार्यले वृत्ति विकासप्रति चिन्तित कर्मचारीलाई आश्वस्त पारेकोे छ ।  भर्ना प्रणालीलाई समावेशी, निश्चित मापदण्ड र प्रद्धतिअनुरूप सञ्चालन गर्न सङ्गठनले लोकसेवा आयोगद्वारा परीक्षा सञ्चालन हुने व्यवस्था मिलाएको छ ।  यसबाट प्रहरी सेवा प्रवेश गर्न चाहने देशका उर्वर जनशक्तिमा परीक्षा निष्पक्ष र पारदर्शी हुनेमा आश्वस्त छन् ।      
अपराध अनुसन्धान पक्षलाई व्यावसायिक र प्रमाणमुखी बनाई विज्ञान प्रविधिको विकाससँगै देखापरेका जटिल प्रकृतिका अपराध अनुसन्धान गर्न आवश्यक शैली र संयन्त्र सुरु भएको छ ।  फौजदारी न्याय प्रशासनमा बयानमुखी अनुसन्धान पद्धतिलाई प्रमाणमुखी पद्धतिबाट प्रतिस्थापित गर्दै अपराध अनुसन्धानमा साङ्गठनिक दक्षता अभिवृद्धि गर्ने र विभिन्न अन्तर्राष्ट्रियस्तरका अपराधको अनुसन्धानमा नेपाल प्रहरीले प्राप्त गरेको सफलताले अन्तर्राष्ट्रियस्तरमै सङ्गठनको गरिमा उँचो बनेको छ ।  
प्रशिक्षण व्यावसायिक क्षमता अभिवृद्धिको साँचो हो ।  पछिल्लो समयमा सङ्गठनले प्रशिक्षणलाई प्राथमिकतामा राखेर प्रहरी प्रशिक्षणलाई स्तरीय बनाउन स्वदेशी तथा विदेशी प्रशिक्षण संस्थासँग समन्वय गरिरहेको छ ।  सबै तहका प्रशिक्षण पाठ्यक्रममा पुनरावलोकन भएको छ ।      
नेपाल प्रहरी अस्पतालले स्थापनादेखि नै बहालवाला तथा पूर्व प्रहरी र तिनका परिवारलाई स्वास्थ्य सेवा उपलब्ध हुँँदै आएको छ ।  नेपाल प्रहरी अस्पतालले तीन दशकभन्दा लामो कालखण्ड व्यतित गरिसक्दा पनि सीमित स्रोतका कारण सेवाको गुणस्तरमा सुधार आउन नसकेको हुँदा अब नयाँ ढङ्गले सोच्नुपर्ने बेला आएको छ ।  यस अस्पताललाई नेपाल प्रहरी मेडिकल कलेजको रूपमा विकास गर्न २०६४ भदौ १७ गतेको नेपाल राजपत्रमा ‘नेपाल प्रहरी अस्पताल विकास समिति गठन आदेश २०६४’ जारी भइसकेको छ ।  सङ्गठनले अघि सारेको यस योजनालाई कार्यान्वयनमा ल्याउन सङ्गठनभित्र र बाहिर विभिन्न तहमा छलफलसमेत भइसकेको छ ।  
फौजी प्रकृतिको सङ्गठनमा अनुशासन, आदेश र नियन्त्रण आधारभूत पक्ष हुन्, यसले नै सङ्गठनलाई जीवन्त राखेको हुन्छ ।  आदेशको प्रवाह र गुनासालाई निश्चित परिधिभित्र राखी समस्याको समाधान खोजिनुपर्छ ।  यस तथ्यलाई मनन गर्दै सङ्गठनका प्रत्येक कर्मचारीमा जवाफदेहिता र उत्तरदायित्वबीच सन्तुलन कायम राख्ने सोच विकसित गराउन सकेमा सङ्गठनको गरिमा इतिहास पर्यन्त जीवित रहन सक्नेछ ।  
असल नियतले गरिएका हरेक असल परम्परालाई विना पूर्वाग्रह स्वागत गर्न हामीले हृदय फराकिलो पार्न सक्नुपर्छ ।  सङ्गठनको बृहत्तर हितका लागि व्यक्तिगत सम्भावना र अवसरभन्दा माथि उठेर साङ्गठनिक अनुष्ठानमा एकाकार भई अघि बढ्ने परम्परा अक्षुण्ण रहन सकेमा सङ्गठनले व्यावसायिक फड्को मार्न सक्छ भने यसमाथि सबै सदस्यले गर्व गर्ने वातावरण तयार हुन्छ ।  ६१ वर्षअघि स्थापित नेपाल प्रहरीले विगतका गल्ती कमजोरीबाट पाठ सिकेर आफूलाई सच्याउँदै आएको छ भने राम्रा पक्षलाई समयानुकूल परिमार्जन गर्दै लगेको छ ।  
नेपाल प्रहरीको उपस्थिति देख्दा जनसमुदायमा प्रहरी हाम्रो सुख दुःखको साथी हो र प्रहरी सङ्गठन हाम्रै सुरक्षाका लागि हो भन्ने अनुभूति जगाउन सकियोस् ।  त्यस्तै आपराधिक दुष्कार्यमा लागेकाको मनमा प्रहरी भनेको कानुनको रक्षक हो र यसले ठूलो, सानो, धनी गरिबबीच पक्षपात नगरी आफ्नो दायित्व निर्वाह गर्छ भन्ने चेत जागृत गराउन सकियोस् ।  हाम्रो प्रयासले समाज अपराधमुक्त बन्न सकोस् ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना