सन्धि पुनरावलोकन गर्न भारत सकारात्मक

लक्की चौधरी

काठमाडौँ, असोज २१ गते ।  नेपाल–भारत प्रबुद्ध समूह (इपीजी) ले सन् १९५० को सन्धि पुनरावलोकन प्रक्रिया सुरु गरेको छ ।  नेपालबाट प्रतिनिधित्व गर्नुहुने प्रबुद्ध समितिका सदस्यहरूले सो सन्धि पुनरावलोकनको प्रस्ताव बैठकमा राखेपछि भारतले त्यसमा सकारात्मक जवाफ दिएको छ ।  
भारतको नयाँ दिल्लीमा असोज १८ र १९ गते बसेको दुवै देशका विज्ञ सम्मिलित प्रबुद्ध समूहको दोस्रो बैठकमा नेपालको तर्फबाट सो प्रस्ताव गरिएको समूह सदस्य निलाम्बर आचार्यले जानकारी दिनुभयो ।  प्रबुद्ध समूहको बैठकमा भाग लिई बिहीबार नेपाली टोली काठमाडौँ फर्केको छ ।  बैठकमा ठोस निर्णय भइनसके पनि छलफल सकारात्मक भएको आचार्यले बताउनुभयो ।  
लामो समयदेखि सन्धिबारे नेपाल असन्तुष्ट रहेपछि समयानुकूल सन्धि पुनरावलोकनको प्रस्ताव बैठकमा गरिएको बताउँदै सदस्य आचार्यले भन्नुभयो, “सन्धि पुनरावलोकनबारे दुवै देशबाट समूहमा प्रतिनिधित्व गर्ने सदस्यहरूबीच सकारात्मक छलफलको सुरुवात भएको छ, सन्धि पुनरावलोकनको प्रक्रिया सुरु भयो भने हुन्छ । ” india
सन्धि पुनरावलोकन गर्न भारतीय पक्षले पनि चाहेको र दुवै देशलाई मान्य हुने गरी पुनरावलोकनको सिफारिस प्रतिवेदन समूहको तर्फबाट बुझाइने उहाँले जानकारी दिनुभयो ।  
बैठकमा १९५० को सन्धि पुनरावलोकनको विषय सँगसँगै नेपाल भारतबीचको पारवाहन सन्धि र त्यसको व्यवस्थापनबारे पनि छलफल भएको छ ।  सदस्य आचार्यका अनुसार बैठकमा पारवहनमा देखिएको समस्या, कठिनाइ र त्यसको व्यवस्थापनबारे गम्भीर छलफल भएको छ ।  त्यस्तै, दुवै देशको सामाजिक, सांस्कृतिक सम्बन्ध सुधार र त्यसको महत्वबारे समेत समूहको बैठकमा सकारात्मक छलफल भएको उहाँले बताउनुभयो ।  
मुख्य तीन विषयमा केन्द्रित भएर छलफल भएको जानकारी दिँदै सदस्य आचार्यले ठोस रूपले छलफल भएको बताउनुभयो ।  यसअघिसम्म भारतीय पक्ष सन्धि पुनरावलोकनमा दोमन गरे पनि अहिले सो विषयमा खुलेर छलफल भएको र पुनरावलोकन पनि दुवै देशको सहमतिअनुसार अगाडि बढाउनेमा सदस्यहरू तयार देखिएको बैठकमा सहभागी सदस्यले बताउनुभयो ।
बैठकमा भारतको तर्फबाट प्रबुद्ध समूहका सदस्य बीसी उप्रेतीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने नेपालको तर्फबाट संयोजक भेषबहादुर थापाले कार्यपत्र प्रस्तुत गर्नुभएको बुझिएको छ ।  बैठकमा नेपालका संयोजक थापाले सन् १९५० को सन्धिको कतिपय प्रावधान कामै नलाग्ने भएको भन्दै त्यसको परिमार्जनको प्रस्ताव गर्नुभएको थियो ।
समूहमा नेपालको तर्फबाट पूर्वपरराष्ट्रमन्त्री भेषबहादुर थापाले संयोजन गर्नुभएको छ ।  समूहमा डा. राजन भट्टराई, निलाम्बर आचार्य, सूर्यनाथ उपाध्याय सदस्य हुनुहुन्छ ।  त्यस्तै भारतको तर्फबाट उत्तराञ्चल प्रदेशका पूर्व मुख्यमन्त्री भगतसिंह कोसियारीको संयोजकत्वमा बीसी उप्रेती, महेन्द्र पी लामा र जयन्त प्रसाद सदस्य हुनुहु्नछ ।  
दुईवर्षे अवधि तोकेर गठन भएको प्रबुद्ध समूहको समयावधि सन् २०१८ जुलाईमा सकिँदैछ ।  समयवाधिको अन्त्यतिर समूहको तर्फबाट संयुक्त प्रतिवेदन तयार गरी नेपाल र भारत सरकारलाई हस्तान्तरण गर्ने जिम्मेवारी समूहले पाएको छ । लक्की चौधरी

काठमाडौँ, असोज २० गते ।  नेपाल–भारत प्रबुद्ध समूह (इपीजी) ले सन् १९५० को सन्धि पुनरावलोकन प्रक्रिया सुरु गरेको छ ।  नेपालबाट प्रतिनिधित्व गर्नुहुने प्रबुद्ध समितिका सदस्यहरूले सो सन्धि पुनरावलोकनको प्रस्ताव बैठकमा राखेपछि भारतले त्यसमा सकारात्मक जवाफ दिएको छ ।  
भारतको नयाँ दिल्लीमा असोज १८ र १९ गते बसेको दुवै देशका विज्ञ सम्मिलित प्रबुद्ध समूहको दोस्रो बैठकमा नेपालको तर्फबाट सो प्रस्ताव गरिएको समूह सदस्य निलाम्बर आचार्यले जानकारी दिनुभयो ।  प्रबुद्ध समूहको बैठकमा भाग लिई बिहीबार नेपाली टोली काठमाडौँ फर्केको छ ।  बैठकमा ठोस निर्णय भइनसके पनि छलफल सकारात्मक भएको आचार्यले बताउनुभयो ।  
लामो समयदेखि सन्धिबारे नेपाल असन्तुष्ट रहेपछि समयानुकूल सन्धि पुनरावलोकनको प्रस्ताव बैठकमा गरिएको बताउँदै सदस्य आचार्यले भन्नुभयो, “सन्धि पुनरावलोकनबारे दुवै देशबाट समूहमा प्रतिनिधित्व गर्ने सदस्यहरूबीच सकारात्मक छलफलको सुरुवात भएको छ, सन्धि पुनरावलोकनको प्रक्रिया सुरु भयो भने हुन्छ । ”
सन्धि पुनरावलोकन गर्न भारतीय पक्षले पनि चाहेको र दुवै देशलाई मान्य हुने गरी पुनरावलोकनको सिफारिस प्रतिवेदन समूहको तर्फबाट बुझाइने उहाँले जानकारी दिनुभयो ।  
बैठकमा १९५० को सन्धि पुनरावलोकनको विषय सँगसँगै नेपाल भारतबीचको पारवाहन सन्धि र त्यसको व्यवस्थापनबारे पनि छलफल भएको छ ।  सदस्य आचार्यका अनुसार बैठकमा पारवहनमा देखिएको समस्या, कठिनाइ र त्यसको व्यवस्थापनबारे गम्भीर छलफल भएको छ ।  त्यस्तै, दुवै देशको सामाजिक, सांस्कृतिक सम्बन्ध सुधार र त्यसको महत्वबारे समेत समूहको बैठकमा सकारात्मक छलफल भएको उहाँले बताउनुभयो ।  
मुख्य तीन विषयमा केन्द्रित भएर छलफल भएको जानकारी दिँदै सदस्य आचार्यले ठोस रूपले छलफल भएको बताउनुभयो ।  यसअघिसम्म भारतीय पक्ष सन्धि पुनरावलोकनमा दोमन गरे पनि अहिले सो विषयमा खुलेर छलफल भएको र पुनरावलोकन पनि दुवै देशको सहमतिअनुसार अगाडि बढाउनेमा सदस्यहरू तयार देखिएको बैठकमा सहभागी सदस्यले बताउनुभयो ।
बैठकमा भारतको तर्फबाट प्रबुद्ध समूहका सदस्य बीसी उप्रेतीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने नेपालको तर्फबाट संयोजक भेषबहादुर थापाले कार्यपत्र प्रस्तुत गर्नुभएको बुझिएको छ ।  बैठकमा नेपालका संयोजक थापाले सन् १९५० को सन्धिको कतिपय प्रावधान कामै नलाग्ने भएको भन्दै त्यसको परिमार्जनको प्रस्ताव गर्नुभएको थियो ।
समूहमा नेपालको तर्फबाट पूर्वपरराष्ट्रमन्त्री भेषबहादुर थापाले संयोजन गर्नुभएको छ ।  समूहमा डा. राजन भट्टराई, निलाम्बर आचार्य, सूर्यनाथ उपाध्याय सदस्य हुनुहुन्छ ।  त्यस्तै भारतको तर्फबाट उत्तराञ्चल प्रदेशका पूर्व मुख्यमन्त्री भगतसिंह कोसियारीको संयोजकत्वमा बीसी उप्रेती, महेन्द्र पी लामा र जयन्त प्रसाद सदस्य हुनुहु्नछ ।  
दुईवर्षे अवधि तोकेर गठन भएको प्रबुद्ध समूहको समयावधि सन् २०१८ जुलाईमा सकिँदैछ ।  समयवाधिको अन्त्यतिर समूहको तर्फबाट संयुक्त प्रतिवेदन तयार गरी नेपाल र भारत सरकारलाई हस्तान्तरण गर्ने जिम्मेवारी समूहले पाएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना