जाजरकोटमा लोकसंस्कृति हराउँदै

 

 

 


जाजरकोट, असोज २८ गते । यहाँको खगेनकोट–६ का शेरवहादुर खत्री लोकसंस्कृति हराउँदै गएकोमा चिन्तित हुनुहुन्छ । दसँै लगायतका चाडबाडमा हुने सांस्कृतिक उत्सव हुन छाडेका छन् भने दसँैको बेला गाउँगाउँमा हालिने रोटेपिङ र लिङ्गेपिङ पनि यसपालि देखिन छाडेको खत्री बताउनुहुन्छ । दसँैमा गाउँगाउँमा सिगारु नाच हुन्थ्यो अहिले सबै हराएको छ ।

उहाँ पुर्खाले चलाएको संस्कृति लोप हुन थालेकोमा निकै चिन्तित भएको बताउनुहुन्छ । आफ्नो पालामा तरुनी ९केटी० ले पिङको डोरी बनाउन जङ्गलमा गएर बाबियो काटेर ल्याउने र तन्नेरी ९केटा०ले बाँसको लिङ्गा काटेर वा भिमल रूख, सल्लीको हाँगामा पिङ बनाउने चलन रहेको स्मरण गर्दै उहाँले अहिलेका केटाकेटीमा पहिलेको जस्तो जाँगर र संस्कृतिप्रतिको मोह नभएको बताउनुभयो ।

“पहिले पिङ नहालेको गाउँ सायदै हुन्थ्यो, अहिले पिङ हालेको गाउँ सायदै भेटिन्छ,” उहाँले भन्नुभयो, “दसँैको बेला नाचिने सिङ्गारु, सरिङ्गे, मारुनी, सोरठी, खाँडो लगायतका नाच नाचिन छोडेका छन् त्यसको ठाउँमा डेकले ठाउँ लिएको छ । पिङको सट्टा युवायुवती मोबाइल, इन्टरनेट र टिभीमा रमाउन थालेका छन् ।”

सक्ला–१ की ८३ वर्षीया नदी खत्रीले भन्नुभयो, “प्रविधिको विकास र पश्चिमा संस्कृतिको प्रभावले पुर्खाले चलाएको लोकसंस्कृति लोप हुने अवस्थामा पुगेछ । लोकसंस्कृतिको संरक्षण र संवद्र्धनमा यो पुस्ताले ध्यान दिएन भने अर्को पुस्ताले देख्न पाउनेछैन ।”

केही वर्षअघि आफैँले बनाएको लिङ्गेपिङमा खुबै रमाएको सम्झदै उहाँ भन्नुहुन्छ, “अहिले कतै पिङ हालेको देखिँदैन । त्यो बेला साथीहरु मिलेर पिङ बनाउने डोरीका लागि बाबियो लिन जङ्गल जान्थ्यौँ ।” ३० वर्ष अघिको कुरा सम्झँदै खत्री भन्नुहुन्छ, “चाडबाडमा पहिलेजस्तो अहिले रमाइलो गरेको जस्तो लाग्दैन । पिङ बनाउँदा र खेल्दा समेत मायाप्रिति गाँसिन्थ्यो, उहाँले भन्नुभयो “निकै रमाइलो गथ्र्यौँ ।”

माथितिर कमेरो माटो र तलतिर रातोमाटोले घर लिपेर झकिझकाउ पारिन्थ्यो, अहिले माटोको ठाउँ चुन र बजारी रंग ९पेन्ट०ले लिएको छ । पहिले गाउँघरकै स्थानीय बाजा घन्किन्थे भने अहिले डेकले उक्त ठाउँ लिएको छ । रासस

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना