हुम्लामा सडक सञ्जालले नछाेए पनि गाडी गुडन्र थाले 


chinaराजन रावत, सिमकोट असोज २८ गते । सडक संजालको नक्सा हेर्न ेहो भने हुम्ला जिल्ल राष्ट्रिय सडक सञ्जालनमा जोडिएको छैन । तर हुम्ला जिल्लामा अहिले मोटर कुदन थालेका छन् ।
हुम्लाका निर्माधिन सडकमा संचालनमा रहेका गाडीहरू हेलिकोप्टरमा मुुगुु र सुर्खेतबाट सदरमुकाम सिमकोट उतारिएका र चीनको सिमानामा भने दर्ता नभएका चिनीयाँ गाडीहरु रहेका छन ।
जिल्लाको विकासका लागि निक्कै महत्वका रुपमा हेरिएको सिमकोट हिल्सा मोटर वाटो खण्डको हिल्सा तुम्कोटसम्मको ४२ किलो मिटरमा हाल आठ वटा ट्रिपर तथा ट्याक्टर संचालनमा रहेको सवारी धनी कर्मा लामाले वताउनुभयो । त्यस्तै हुम्ला जिल्ला कै लिमी चाप्चा सल्ली खण्डको मोटर वाटोमा पनि चार वटा ट्रिपर गाडी हाल संचालनमा रहेको लिमी गाविस वडा नम्वर ५ का अध्यक्ष नुर्वु तामाङ्गले वताउनुभयो ।
ती गाडीले यात्रु तथा दैनिक उपभोग्य सामाग्री चर्को भाडामा ओसार्दै आएको उहाँले वताउनुभयो । हिल्सा तुम्कोट र लिमी लाप्चा खण्डमा संचालनमा रहेका चिनीयाँ गाडीहरु दर्ता नभएको र चालक सवै जिल्ला वाहिरका रहेको लिमी गाविसका पुर्व गाविस अध्यक्ष कोजु ओव्जन तामाङ्गले वताउनुभयो ।
गाडी भाडा पनि साहुले जति भन्छ त्यति तिर्नु पर्ने उहाँले वताउनुभयो । हिल्सा तुम्कोट खण्डको वाटो मर्मत गर्न राज्यले लगानी गर्ने गरेको भए पनि लिमी लाप्चा खण्डको वाटो पनि साँघुरो र भत्केमा गाडी मालिक आफै वाटोको मर्मत गर्ने गरेको उहाँले वताउनुभयो ।
यता अहिले सदरमुकाम सिमकोटमा २ वटा ट्याक्टर र एउटा जीप छिमेकी जिल्ला मुुगुुको गमगडी र सुर्खेतबाट चर्को ढुवानी तिरेर संचालनमा रहेको ट्याक्टर मालिक रवि वस्नेतले वताउनुभयो ।
सिमकोट वजारको पाँच किलो मिटर क्षेत्रमा ती गाडी गुडी रहेको उहाँले वताउनुभयो । जसमा ट्याक्टरले सदरमुकाम सिमकोटका लागि ढुङ्गा तथा काठ ओसारी रहेका छन् भने जीपले सिमकोट विमान स्थलबाट खाद्यान्न तथा अन्य व्यापारिक सामान ओसार्दै आएको छ ।
आर्थिक वर्ष ०७२।०७३ को असार मसान्तसम्म जिल्लाका विभिन्न क्षेत्रमा गरेर दुई सय किलो मिटर मोटर वाटोका प्रारम्भिक ट्याक खोल्ने कार्य सकिएको स्थानीय विकास अधिकारी वलदेवप्रसाद जोशीले बताउनुभयो । उहाँले त्यसका लागि सडक विभाग, जिल्ला विकास समिति, र्याप थ्री, ड्रिल्पी कार्यक्रम र गाविसले लगानी गरेको वताउनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना