हराउदै जान थालेको कुस्ती खेलको उत्थान हुँदै

 

kustiजिवछ यादव, लहान,

असोज २८ गते । कुनै वेला सिरहा जिल्ला कुस्ती खेलको उर्वरभूमि नै रहेपनि यो खेल हराउन थालेको अवस्थामा सिरहा –४ वाट निर्वाचित नेपाली काँग्रे्सका सांसद राम चन्द्र यादव कुस्ती खेलको उत्थानमा सक्रियता देखाउनु भएको छ ।
सिरहा –४ चैनपुरमा सांसद निर्वाचित भएकै वर्षदेखि कुस्ती प्रतियोगिताको आयोजना गरेर निरास भएका पहलमानहरुलाई फेरि लाग्नुपर्ने उत्साह वढाउन लागिपर्नु भएको छ । चैनपुरमा सम्पन्न दुई दिवसीय कुस्ती प्रतियोगितामा नेपालका एक दर्जन र भारतका विभिन्न प्रान्तका गरि दुई दर्जन पहलमानहरुले प्रतियोगितामा भाग लिएका थिए ।
समापन्न समारोहमा विहिवार सभासद यादवले भन्नुभयो, “ म पनि कुस्ती खेल खेलेर नै गाविस अध्यक्ष हुँदै सभास सांसद भएको छु । स्वास्थ्यको लागि कुस्ती खेल आवश्यक भएको भन्दै सिरहा जिल्लाका पहलमान अब सक्रिय भएर लाग्नु पर्छ । म चुनावको वेला यूवासंग गरेको वाचा पूरा गर्न लागेको छु ।
अर्का सांसद मो मुक्तारले सांसद यादवको मुक्तकण्ठाले प्रशंसा गर्दै उहाँ काठमाडौमा अनावश्यक समय खर्च नगरि जिल्लाका जनताहरुसंग वढी घुलमिल भएर जनपक्षिय काम गरिरहेको छ । दशैको विदालाई सदुपयोग गर्न शुभकामना कार्यक्रमसंगै जिरोमाईलमा देव कुमार स्मृति फुटवल प्रतियोगिता र चैनपुरमा कुस्ती प्रतियोगिता गरेर खेल प्रेमी सांसद यादवलाई नेपाली काँग्रेसको नेतृत्वमा वन्ने सरकारमा खेलकुद मन्त्री बनाउन यूवा सांसदहरुले अवाज उठाउने भन्ने मन्तवय राखेपछि दर्शकहरुले ताली वजाएर समर्थन गरेका थिए ।
कुस्ती खेृलका प्रशिक्षक नन्दुलाल यादवका अनुसार आफू कुस्तीखेलको प्रशिक्षक भएर वुढेस कालमा आईपुगेको अनुभव साटदै हराउन लागेको कुस्ती खेलको उत्थानमा सांसद यादवको सक्रियताले मरिसकेको मनभित्र फेरि उत्साह ल्याई दिएको छ ।
सिरहाको हरेक गाँउमा कुस्ती खेल भईरहेको सम्झना गर्दै सिरहाका खेलाडीहरु अन्तराष्ट्रिय कुस्ती खेलमा समेत नाम कमाई सकेको ईतिहास छ । सभासद यादव पनि नामी पहलमान भएकोले उहाँ राजनीतिमा सफल हुँदै गएपछि कुस्ती खेल उत्थानको लागि देखाएको सक्रियता सराहनीय रहेको बताउनु भएको छ ।
कुस्ती खेलका लागि चैनपुर उच्च माविका प्रधानाध्यापक दोरिक यादव , शिक्षक श्रीप्रसाद यादव र व्यापारी हरि साहले कुस्ती खेलका लागि सहयोग गरेका थिए । लोकमार्गको उत्तरी भेगमा पहाडी समूदायको वाक्लो वस्ती भएको भेगमा दक्षिण भेगका हजारौ दर्शकहरु खेल हेर्न दुई तीन घण्टाको वाटो हिडेर पुगेका थिए ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना