जनकपुरका सांस्कृतिक सम्पदाको स्थिति

Ram bharos kaapadiरामभरोस कापडि भ्रमर

जनकपुर क्षेत्र भन्नाले जनकपुरधामका संस्कृति र पुराताìिवक सम्पदा भएको त्यो क्षेत्रफललाई जनाउँछ जसले वैदिक, उपनिषद् र पुराणकालदेखि आधुनिक कालसम्म आफ्नो उपस्थितिद्वारा समस्त हिन्दू धर्मावलम्बीलाई अध्यात्मिक केन्द्रको रूपमा आकर्षित गर्दै आइरहेको छ ।  यस क्षेत्रको व्यापकता हेर्दा वृहत् परिक्रमा पथ ( पन्द्रह दिने) लाई आधार बनाएर अध्ययन, अभिलेखीकरण गर्न सकिन्छ ।  अर्को अन्तगृह परिक्रमालाई आधार मान्न सकिन्छ, जसले तत्कालीन मिथिला नगरको परिक्रमा गर्न प्रारम्भ गरिएको हुनुपर्दछ ।  आजको सन्दर्भ विश्वसम्पदा सूचीमा समावेश गर्न सकिने सम्पदाहरूको संरक्षण सम्बद्र्धन र व्यवस्थापनमा सहुलियत हुन सकोस् भन्ने अभिप्राय राखेर अन्तरगृह परिक्रमा पथभित्र पर्ने क्षेत्रलाई नै जनकपुर क्षेत्र भनी स्वीकार गरी यसै सम्बन्धी चर्चा गर्नु उपयुक्त हुनेछ ।  मोटामोटी रूपमा अन्तरगृह परिक्रमाभित्र पर्ने सम्पदामा जानकी मन्दिर, राममन्दिर, बारहविघा, गंगा सागर, धनुष सागर, अंगराजसर, दशरथ तलाउ, पदप्रक्षालन सर, राम सर, लगायतका प्राचीन, पवित्र र विशिष्ट प्रकारका सम्पदा पर्दछन् ।  
मिथिला र जनकपुर
तत्कालीन विदेह राजको राजधानी थियो मिथिला ।  शतपथ ब्राह्मण, श्रीमद्भागवत, बाल्मिकी रामायण, वृहदारण्यकोपनिषद्, गन्धारक सुरुचि जातक, शक्ति संगम तन्त्र, वृहद् विष्णु पुराण आदि पौराणिक ग्रन्थमा मिथिला र विदेहको बारेमा प्रशस्त जानकारी उपलब्ध गराइ सकिएको छ ।  मिथिला हिन्दूहरूको लागि मात्र हैन, जैन धर्मावलम्बीहरूका लागि पनि त्यति नै श्रद्धा गर्ने थलोको रूपमा सम्मानित रहेको छ ।  जैन धर्मका उन्नाइसांै तीर्थकर मल्लिनाथ र एक्काइसौँ तीर्थकर नमिनाथको जन्म भएको र उनीहरूका चार कल्याणक यही सम्पन्नभएको कुरा उनका ग्रन्थहरूमा उल्लेख छ ।  (भारतको दिगम्बर जैन तीर्थ, पृ ५१ देखि ५६ सम्म) ।  जनक अध्यात्मवादी थिए ।  आफ्नो अध्यात्मिक चेतनाकै कारण राजर्षिको श्रास्पद पाएका उनीसँग  याज्ञवल्क्य, अष्टाबक्र, शुकदेव जस्ता ऋषिमुनिहरू सत्संग गर्दथे ।  श्रीमद्भागवत (११।८।३४)मा जनकपुरको अध्यात्मिक वातावरण सम्बन्धमा एउटा चित्रण प्रस्तुत गरिएको छ ।  जसको सम्बन्ध त्यहीका एक जना वेश्या पिंगलासँग सम्बद्ध छ –
विदेहानां पुरे ह्यास्मिन्न हमेकैब मूढधीः ।
यान्यमिच्छन्त्यसत्य स्मादात्मदात काममच्युतात । ।
अर्थात् विदेह नगरीमा म नै यस्तो मूर्ख हुँ जो भगवान्लाई छाडेर अन्य पुरुषको कामना गर्दछु ।  
मिथिला, जयन्तपुर हुँदै जनकपुर बन्न पुगेको प्रसंग पनि धेरै ठाँउमा आइसकेको छ ।  
 चीनिया यात्री ह्वेन साङ होस् अथवा बाह्रौं तेह्रौं शताब्दीका धर्मस्वामी होस्, यिनीहरू भारत भ्रमणको क्रममा मिथिला, (कर्णाटवंशीय राजा रामदासको समयमा धर्मदास सिम्रौनगढको यात्रा गरेका थिए) को यात्रा गरेका थिए तर त्यहाँ पनि जनकपुरको अवस्थितिको चर्चा देखिएन ।  
जनकपुरका प्रमुख सम्पदा
जनकपुरमा रहेका मठ मन्दिर, पोखरी तलाउहरू आफैमा प्राचीन र अध्यात्मिक महìव बोकेका छन् ।  वर्षदिन भरी हुने पर्व तिहारहरूमा यस मन्दिर तलाउहरूको आ– आफ्नै विशेषता र महìव धार्मिक ग्रन्थहरूमा उल्लेख गरिएको छ ।  जनकपुरलाई धामको रूपमा स्थापित गर्ने र आफ्नो प्राचीन स्वरूपकै कारण देशी विदेशी पर्यटकहरूलाई आकर्षित गर्ने गरेका केही यस्ता सम्पदा छन् जसको संरक्षण, सम्बद्र्धन गर्नुपर्ने जरुरी छ ।  अन्तरगृह परिक्रमा क्षेत्रभित्र रहेका सम्पदाहरूको संक्षिप्त विवरण यहाँ प्रस्तुत गरिएको छ ।  
राममन्दिर
सन्न्यासी चतुर्भुज नाथ गिरी आदि संस्थापाक रहेको श्री राम मन्दिर जनकपुरको सबैभन्दा प्राचीन मन्दिर भएको बुझिन्छ र वि.सं. १८३९ मा अमरसिंह थापाले बनाएको प्यागोडा शैलीको यो मन्दिरमा प्राचीन मूर्तिहरू छन् ।  राम पञ्चायतन मूर्ति, लक्ष्मी नारायण, दशावतार, योगमाया आदिका मूर्तिहरू निकै पुरानो देखिन्छन् ।  गुठीको स्वामित्वमा रहेको यस मन्दिरमा पूजा व्यवस्थापन र महन्थका सुविधाहरू राणाकाल भन्दा फरक हुन सकेको छैन ।  यसका सम्पत्ति बिक्री भई करोड माथि गए पनि मन्दिरको व्यवस्थापनमा कुनै खासै सुधार गर्न सकिएको छैन ।  
जानकी मन्दिर
भारत टिकमगढकी रानी वृषभानु कुमारीले आफ्नो आस्था र विश्वासकै कारण श्री जानकी मन्दिर बनाउने अठोट गरिन् र १८९४ ई मा यस मन्दिरको शिलान्यास गरिन् ।  यो पूर्ण हुँदा उनी वितिसकेकी थिइन् ।  १९११ ई मा यो पूर्ण भएको थियो ।  मन्दिर बनाउँदा कालिगढहरू भारतबाटै आएकाले मुगलशैलीको प्रभाव यत्रतत्र देख्नि सकिन्छ ।  त्यसमा राजपूताना शैली पनि छ ।  यद्यपि यो बाहिरी आकृतिमा मात्र छ, भित्र एउटा हिन्दू मन्दिरमा हुनुपर्ने समस्त आवश्यक  अङ्गहरू छन् ।  सानो जगमोहन, ठूलो जगमोहन,  सेन्टम सेन्टोरियम, गर्भगृह, चोक छन् ।  प्राण प्रतिष्ठा हुँदा टिकमगढकी कान्छी महारानी  महेन्द्र कुमारी उपस्थित थिइन् ।  
जानकी मन्दिरको निर्माणमा महारानी भिक्टोरियाको चाँदीको सिक्का खर्च भएको थियो, जसको अनुमानित लागत तीन चार लाख थियो ।  यो कुरा पङ्क्तिलेखक सँगको एक साक्षात्कारमा ओरछा नरेशका पाँचौ पुस्ताका उत्तराधिकारी राजा मधुकर शाहले भनेका थिए । ( गामघर विशेषांक )
आज जानकी मन्दिर करोडौं हिन्दूहरूको आस्थाको केन्द्र बनेको छ ।  प्रत्येक महिनाको पूर्णिमामा स्नान, पूजा गर्ने चलन त छँदैछ रामनवमी र विवाहपञ्चमीमा विशेष समारोह साथ धार्मिक कार्यक्रमहरू सम्पन्न गरिन्छ ।  जसमा लाखौं भक्तजन देशी  विदेशी पर्यटकहरूको सहभागिता हुन्छ ।  त्यस्तै कोजाग्रत पूर्णिमामा मैथिल विधि अनुसारका सबै विधि व्यवहार सम्पन्न गरिन्छ ।  साथै जानकी नवमी, झुला आदिमा विशेष आयोजन हुन्छ ।  यस अतिरिक्त लक्ष्मण मन्दिर, जनक मन्दिर, विवाह मण्डप, रामानन्द आश्रम(१९९७ वि.सं. ) संकटमोचन जस्ता अति प्रसिद्ध सिद्ध पीठहरू छन्, जसले जनकपुरधामको अध्यात्मिक चरित्रलाई उत्कर्षमा पु¥याउन निकै मदत गरेका छन् ।  
पवित्र सरहरू
जनकपुरका पवित्र सरहरूको उत्पत्ति पनि धार्मिक मान्यता र विश्वासमा आधारित छ ।  श्री वृहद् पुराण अन्तर्गत मिथिला महात्ममा वर्णित मिथिला क्षेत्र (जनकपुर)का पोखरीहरूको अध्यात्मिक महìव बारे प्रष्ट उल्लेख गरिएको प्रसंग परासर मुनीले मैत्रेयीलाई भन्नु भएको यस वाक्यको माध्यम बाट बुझन सकिन्छ–
रनात्वा चपीत्वाच पुनर्जन्म न विधतै । । २३ । ।
अर्थात उक्त पोखरीहरूमा स्नान गर्नाले अथवा जलपान गर्नाले मानिस लाई पुनर्जन्म लिनु पर्दैन ।  
जनकपुरमा ५६ जलाशय रहेको वर्णन धार्मिक ग्रन्थहरूमा पाइन्छ ।  अहिले त्यसमा धेरै विलुप्त भै सकेका, हुन थाली सकेका छन ।  केही महìवपूर्ण बाँचिराखेका सरहरू यी हुन्–
गंगासागर
गंगासागरमा स्नान गरी राममन्दिर, जानकी मन्दिरमा पूजा अर्चना गर्ने दशकौँको परम्परा आज पनि निरन्तरता पाइरहेको छ ।  यस सागरको उत्पत्ति मिथिलाका आदि राजा नीमिसँग जोडिएको छ ।  शरीर मन्थनको क्रममा पवित्र जलको आवश्यकता महसुस गरी सप्ततीर्थबाट जलको आवाहन गरी गंगासागरमा एकत्र गरिएको धार्मिक ग्रन्थहरूममा उल्लेख छ ।  केही समय पूर्वसम्म पानीको गन्दगीले गर्दा स्नान गर्न अप्ठ्यारो मान्ने सागरमा अहिले स्वच्छता अभियानले नयाँ अध्यायको प्रारम्भ गरिदिएको छ र त्यसकै विकास क्रममा गंगा आरतीको नियमित व्यवस्थापनले गंगा सागरको पवित्रता मात्र हैन, धार्मिक  र सांस्कृतिक महìवलाई पनि स्थापित गर्न महìवपूर्ण भूमिका खेलेको छ ।  
धनुषसागर
गंगासागरसँग टाँसिएकै पश्चिमतिर अवस्थित यो सर पनि महìवपूर्ण रहेको छ ।  प्राचीन मतअनुसार राम सीताको विवाह प्रसंगमा शिव धनुष भङ्ग भएको अवस्थामा पातालमा गएको धनुषखण्ड यसै ठाउँबाट गएको थियो ।  त्यस कारण नै यस पोखरीको निर्माण भयो ।  कहिले काहीँ धनुषको प्रतिच्छायाँ यस सागरमा देखिने गरिएको विश्वास बुढापाकामा अहिले पनि कायमै छ ।  तर अब यस्ता दृश्य दुर्लभ हुन गएको छ ।
रामसागर
यसमा मंसिरमा स्नान गर्नाले विशेष फल प्राप्त हुने, यसका जलबाटै राममन्दिरमा पूजा अर्चना हुने गरिएकोले पनि यसको महìव रहेको छ ।  
यस अतिरिक्त अति महìवका र पुराणहरूमा समेत फलाफल  उल्लेख भएका कुण्ड, सरहरूमा रत्नसागर, विहारकुण्ड, अग्निकुण्ड, ज्ञानकुप, अंगराजसर, कपालमोचनसर, मुरलीसर, महाराजसर, जनकसरोवर, पादप्रक्षालनसर, आदि छन् ।  जसको संरक्षण, सम्बद्र्धन जरुरी बन्दै गएको छ ।  
संरक्षणको अवस्था
कुनै स्थानमा सांस्कृतिक सम्पदाहरू छन् भने त्यसको संरक्षणको दायित्व समाज र राष्ट्रको हुनु पर्दछ ।  अनि मात्र अन्य क्षेत्र त्यसपछि आकर्षित हुन्छन् ।  यस हिसाबले मूल्या­ङ्कन ग¥यौँ भने जनकपुर क्षेत्रमा उपलब्ध रहेका सम्पदाहरूलाई न त समाजले न त राज्यले इमान्दारीपूर्वक संरक्षण गर्ने प्रयास गरेको देखिन्छ ।  मठ मन्दिरको ऐतिहासिकता छँदाछँदै ती नष्ट हुने क्रममा छन्, पोखरीहरू अतिक्रमणमा परेका छन् करोडौं हिन्दू धर्मावलम्बीहरूको श्रद्धा केन्द्र राम मन्दिर र जानकी मन्दिर अहिले पनि उचित संरक्षणको पर्खाइमा रहेका छन् ।  बेलाबेलमा स्थानीय स्तरमा अञ्चल वा स्थानीय प्रशासकहरूको पहलमा संरक्षणको प्रयास नभएको होइन ।  २०३६ ३७ मा जानकी मन्दिर जीर्णोद्धार कार्य सम्भवतः पहिलो पटक सुरु भई परिसरलाई सुव्यवस्थित बनाउने प्रयास गरिएको थियो ।  वास्तवमा भन्ने हो भने त्यो केही वर्षयताको अवधिमा त गुठीको प्रत्यक्ष रेखदेख भएपछि त्यसमा स्थानीय रुचि भन्दा सरकारको दृष्टिलाई महìव दिइयो र अन्ततः गुठीको व्यवस्थापन नौलो समान्त भन्दा फरक हुन सकेन ।  राम र जानकी मन्दिरका बहुमूल्य गरगहनाहरू केन्द्रीय ढुकुटीमा पु¥याउनु, बहुमूल्य जग्गाहरू बेच्नुका अतिरिक्त सयौँ वर्ष पुरानो दरबन्दी कायम राखी राममन्दिरको पूजा अर्चनाको व्यवस्थापन गर्न लगाउनु सिवाय अन्य कुनै विकास र संरक्षणका काम ठोस रूपमा भएको देखिएन ।  आजका समयमा स्थानीय युवा संगठनहरू मन्दिरको रेखदेख, व्यवस्थापन र दशैँ आदिमा स्वयंसेवी सहयोग गरेर यसको गरिमा बनाउने काम गर्दै आएका छन् ।  राममन्दिर र जानकी मन्दिरबाट लगिएका गरगहना र अन्य बहुमूल्य सामग्रीको जानकारी नागरिक समाजलाई दिने कुनै प्रयास भएको छैन ।  ती सामग्री कहाँ छन्, कुन हालतमा छन् र त्यसको प्रदर्शन कतै गर्ने कि नगर्ने जस्ता अन्योल कायमै छ ।  जानकी मन्दिरको शतवार्षिकीको अवसरमा गरगहना मागगरिएको थियो तर त्यो ल्याउने काम भएको थिएन ।  अनेकौँ शंका उपशंकाबीच अहिलेसम्म एक मात्र सार्वजनिक स्रोत देखापरेको छ  जो रामप्रसाद भण्डारी संभव नाम गरेको अनुसन्धाताले गुठी तहबिलको सहयोगमा बडो परिश्रमपूर्वक गुठी अधीन मठ मन्दिरका गरगहना सम्बन्धी अध्ययन र टिपोट राख्ने प्रयास गरेका छन्– आफ्नो पुस्तक ‘ गुठी मठ मन्दिरका गर गहनाहरू सम्बन्धि केही जानकारी ’मा ।  २०६२ सालमा प्रकाशित यस ११६० पृष्ठको ग्रन्थमा पृ ७७३ देखि ७८२ सम्म राममन्दिर र जानकी मन्दिरको गरगहनाबारे तथ्याङ्क दिइएको छ ।  तर झट्ट हेर्दा त्यो पनि अपूर्ण नै रहेको जस्तो भान हुन्छ ।  राममन्दिर र जानकी मन्दिर दुई छुट्टाछुट्टै मन्दिर हुन् र त्यसको उल्लेख त्यसै अनुरूप हुनु पर्नेमा यस ग्रन्थमा पनि पुरातìव विभाग र अन्य सरकारी स्रोतमा निरन्तर उल्लेख गर्दै आइरहेको राम जानकी मन्दिर नै उल्लेख हुँदा अलि भ्रम त भएकै छ ।  
वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को जन्म भएपछि यसले सम्पदा संरक्षणका काम सुरुका केही वर्षमा गरे पनि पछि अन्य काममा व्यस्त भएको देखिन्छ ।  गत वर्षहरूमा भारतीय सरकारको सहयोग प्राप्त गरी बारहविघा, गंगा सागर आदिको सौन्दर्यीकरणको काम थाली केही देखिने काम भएको बुझिन्छ तर ती काम समाजका अगाडि पारदर्शी हुन नसकेकोले योजना अनुरूप भयो, नभएको यकीन गर्न सक्ने आधार छैन ।  बाहिरबाट हेर्दा अझ पूर्ण नभै अधुरो र अव्यवस्थित निर्माणहरू मात्र अनुभव हुने गरेको छ ।   

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना