मूर्ति सेलाउँदा बालकको नहरमा डुवेर ज्यान गयाे


सकेन्द्र पासवान,बारा, २९ असोज मूर्ती सेलाउन गएको बेला गन्डक नहरमा डुवेर एक बालकको मृत्यु भएको छ । दुर्गा माताको मूर्ती सेलाउन गएका फेटा गाबिस ३ निवासी रंजन साहको छोरा ६ बर्षिय सागर साहको शुक्रबार बेलुका सो नहरमा डुवेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवतmा प्रहरी नायव उपरिक्षक राजेन्द्र रेग्मीले जानकारी दिनु भयो ।
मूर्र्ति सेलाउन गाउलेहरुसँग शुक्रबार फेटा स्थित रहेको गन्डक नहरमा ट्याक्टरमा चढेर गएको बेला डुवेर अचेत भए पछि उपचारको क्रममा बिरगंज स्थित रहेको नेशनल मेडिकल कालेजमा मृत्यु भएको रेग्मीले बताउनुभयो ।
घटनाको बारेमा थप अनुसंन्धान भई रहेको प्रहरी उपरिक्षक नरेन्द्र कुमार उप्रेर्तीले जानकारी दिनु भयो । गत वर्ष पनि मूर्ति सेलाउने क्रममा नै एक जनाको मृत्यु भएको थियो

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना