अन्तर्राष्ट्रिय एट ए साइड फुटबल सुरु

मकवानपुर समाचारदाता, हेटौँडा, कात्तिक २ गते । रोटरी क्लव अफ मकवानपुरको आयोजनामा ४० बर्ष भन्दामाथिका उमेर समूहको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हेटौँडामा सुरु भएको छ । हेटौँडाको सिद्धार्थ माविको खेलमैदानमा भएको प्रतियोगितामा साबिक विजेता ध्रुवतारा भेट्रान्स चितवनले विजयी सुरुवात गरेको छ । मङ्गलबार भएको उद्घाटन खेलमा गत बर्षको उपविजेता सानोगौचरण नाइट्स किङलाई २–० गोलले पराजित गर्दै ध्रुवतारा विजयी भएको हो । 

ध्रुवताराका तर्फबाट खेलको पाँचौ मिनेटमा रबिन्द्र श्रेष्ठले पहिलो गोल गरेका हुन् भने १९ औं मिनेटमा यमबहादुर गुरुङले अर्को गोल थपेका थिए । प्रतियोगिताको म्यान अफ दी म्याच ध्रुवताराका पहिलो गोलकर्ता रबिन्द्र श्रेष्ठ घोषित भए । मङ्गलबारै बिहान हुने भनिएको भेट्रान ११ भारत र वीरगञ्ज युनाइटेड बीचको खेलमा भारत अनुपस्थित भएपछि वीरगञ्जले ‘वाक ओभर’ पाएको छ ।
मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरीक्षक पशुपति उपाध्यायले प्रतियोगिताको उद्घाटन गर्नु भएको थियो । रोटरी क्लव अफ मकवापनपुरका अध्यक्ष ज्योतिरत्न बज्राचार्यको अध्यक्षता एवम् कार्यक्रम संयोजक शरद् कर्माचार्यको संयोजकत्वमा भएको प्रतियोगिताको उद्घाटनमा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिना, रोटरीका बर्ष सन् २०१७÷१८ का लागि निर्वाचित अध्यक्ष पुरणबहादुर जोशीलगातले पुराना खेलाडीबीचको खेलले नयाँलाई उर्जा र पुरानालाई सम्मान मिल्ने बताए ।
६ गतेसम्म सञ्चालन हुने फुटबल प्रतियोगितामा ११ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद ४० हजार रुपियाँ र उपविजेताले नगद २० हजार रुपियाँसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना