ट्रकको ठक्करबाट हजुरआमा र नातिनीको मृत्यु

बाँके समाचारदाता, बाँके, कात्तिक २ गते । बाँकेको कोहलपुरस्थित मदन चोकमा नातीनीलाई पोलियो थोपा खुवाएर फर्कदै गरेको अवस्थामा मिनी ट्रकले ठक्कर दिँदा नाबालिका नातिनी सहित हजुरआमाको मृत्यु भएको छ ।
कोहलपुर नगरपालिका–३ मदनचोकका ५८ वर्षीया सीतादेवी पोख्रेल र उहाँकी दुई बर्षिया नातिनी प्रशंसा पन्तको दुर्घटनामा मृत्यु भएको हो ।
मङ्गलबार बालिकालाई ठक्कर दिएपछि अनियन्त्रित बनेको से १ ख १३२४ नम्वरको ट्रकले सडक पेटिमा हिड्दै गरेकी पोख्रेललाई च्यापेको थियो ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार महिलाको घटनास्थलमै ज्यान गएको थियो भने बालिकाको उपचारका क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो । मृतक सीतादेवी महिला स्वास्थ्य स्वयम सेविका हुनुहुन्छ ।
पूर्वबाट पश्चिमका लागि छुटेको मिनी ट्रकले ठक्कर दिदा बालिकासहित महिलाको ज्यान लिएको हो ।
इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार ठक्कर दिने मिनी ट्रक र चालकलाई प्रहरी नियन्त्रणमा राखिएको छ । घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाईएको छ ।

 

 

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना