त्रिशुलीमा बस खस्दा एक जनाको मृत्यु आठ जनाको जीवितै उद्धार

शान्ता अधिकारी, चितवन, कात्तिक २ गते । नारायणगढ मुग्लिन सडक खण्डको दाहखानी गाविस रिग्दी खोला नजिकै नौ किलो भन्ने स्थानमा मंगलबार राती यात्रुबाहक बस दुर्घटना भएको छ ।
घटनास्थलमा पुग्नु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक बसन्तबहादुर कँुवरले दिनु भएको जानकारी अनुसार काठमाण्डौंबाट भैरहवाको लागि छुटेको नारायणगढ तर्फ आउँदै गरेको लु१ ख ७३९१ नम्बरको यात्रु बाहक बस मंगलबार राती अन्दाजी ८ः२० बजे सडकबाट त्रिशुली नदीमा खसेको हो ।
घटनास्थल पुग्नु भएका उपरीक्षक कुँवरले बस आधा पानीमा डुवेको अवस्थामा रहेको बताउनुभयो । गाडीबाट आठ जनालाई जिवितै उद्धार गरि उपचारको लागि भरतपुर तर्फ पठाइएको र एउटा लास फेला परेको उहाँले जानकारी दिनुभयो ।
पानीमा आधा डुवेको बसमा खानतलासी गर्दा गाडीका सिट खाली पाइएको बताउँदै उपरीक्षक कुँवरले नेपाल प्रहरी, कुरिनटार बाट आएको सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा उद्धार कार्य जारी रहेको बताउनुभयो ।
रातको समय भएकाले उद्धार कार्यमा समस्या भएको छ भने, बसमा के कति यात्रु रहेका थिए भन्ने बारे कुनै जानकारी हुन सकिरहेको छैन् ।



थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना