राष्ट्रियतामा आँच पुग्ने प्रस्ताव एमालेलाई मान्य नहुने

 

काठमाडौँ, कात्तिक ३ गते । प्रमुख विपक्षी दल नेकपा (एमाले)ले मुलुकको राष्ट्रियता, अखण्डता र स्वाधीनतामा आँच पुग्ने कुनै पनि संविधान संशोधनसम्बन्धी प्रस्ताव मान्य नहुने निष्कर्ष निकालेको छ ।

व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा आज बसेको एमाले संसदीय दलको बैठकले मुलुकको आवश्यकता र औचित्यबिना संविधान संशोधन गर्न नहुने निष्कर्ष निकालेको एमालेका उपाध्यक्ष भीम रावलले जानकारी दिनुभयो ।

एमालेले आफू नेतृत्वको सरकारका पालामा मुलुक र जनताका पक्षमा भएका काम, सामाजिक कल्याणकारी बजेट र नीति तथा कार्यक्रमका बारेमा तिहारपछि देशव्यापी जनचेतना अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

साथै बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारतको गोवामा आयोजित बिम्स्टेक सम्मेलनमा सहभागिता, संसद्लाई आज गर्नुभएको सम्बोधनका सम्बन्धमा समेत छलफल भएको थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको सभापतित्वमा भएको बैठकले संवैधानिक निकायलगायत सबैले कानुनी मर्यादामा रहनुपर्ने निष्कर्षसमेत निकालेको उपाध्यक्ष रावलले बताउनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना