नेपालगन्जमा बालमैत्री नगर योजना

नेपालगन्ज, कात्तिक ५ गते । नेपालगन्ज उपमहानगरपालिकालाई बालमैत्री नगर बनाउने योजना अभियानअन्तर्गत निर्माण गरिएकोे त्रिवर्षीय लगानी योजनालाई परिमार्जन गरिने भएको छ ।

नेपालगन्ज नगरपालिकाका रुपमा रहेको समयमा निर्माण गरिएको बालमैत्री सो योजना पछिल्लो ६ महिनाअघि उपमहानगरपालिकामा स्तरोन्नति भएकाले लगानी योजनालाई परिमार्जन गर्न लागिएको सामाजिक विकास केन्द्रका प्रमुख कृष्णप्रसाद जोशीले बताउनुभयो ।

आव २०७४÷७५ भित्र बालमैत्री नगरपालिका बनाउनका लागि तय गरिएको ४१ बुँदे सूचकलाई लक्ष्य भेटाउन थपिएका नयाँ ११ ओडालाई स्तरोन्नति गर्नुपर्ने भएकाले तोकिएको समय केही पर सर्नसक्ने भएकाले योजनालाई परिमार्जन गर्न लागिएको हो ।

स्तरोन्नतिका लागि सरोकारवाला निकायबीच यही १० गतेभित्र बैठकले आवश्यक निर्णय गर्ने र सोही बमोजिम कार्यान्वयनका लागि योजना परिचालन गरिने जनाइएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना