दमकमा डेंगु भयाबह बन्दै, २४मा संक्रमण पुष्टि

denguy
टीकाराम उप्रेती, झापा कातिक ५ गते । केही दिनकोदेखि फैलिएको डेंगु रोगको संक्रमण झापाको दमकमा व्यापक बन्दै गएको छ । संक्रमण उच्च भएपछि जिल्ला जनस्वास्थ्य कार्यालय अन्र्तगत दमक अस्पताल तथा दमक नगरपालिकाले समेत सबैमा सचेत रहन आग्रह गरेको छ ।
  दमक क्षेत्रमा शुक्रबार अपरान्ह्रसम्ममा डेंगु रोगबाट संक्रमितको संख्या २४ जना पुगेको सार्वजनिक गर्दै दमक अस्पतालका सिनियर अहेव नरेन्द्र भट्टराईले रोग वढ्न नदिन स्थानीय बासिन्दा सचेत रहन समेत आग्रह गर्नुभयो ।
    दमक नगरपालिका सहित दमक अस्पतालले यस क्षेत्रमा रहेको विभिन्न स्वास्थ्य संस्थामा आएका बिरामीको रगत जाँचगर्दा २४ जनामा डेंगु संक्रमण फेला परेको पाइएको जनाइएको हो । दमक अस्पतालका सिनियर अहेब भट्टराईले दमकका एडभान्स हेल्थ केयर सेन्टरमा सबैभन्दा वढी १४ जना, दमक अस्पतालमा ५ जना र लाईफलाइन अस्पताल दमकमा ३ जना र आम्दा अस्पताल दमकमा दुई जना संक्रमित गरि जम्मा २४ पुगेको जानकारी दिनुभयो । यो संख्या एकसाता यता लगातार रुपमा बढी रहेको पाइएको छ ।
 यो भट्टराईले भन्नुभयो, अस्पतालमा आएर जाँच गराएका बिरामीको पुष्टि भएको सख्यामात्र हो । अन्य धेरैजनामा समेत यो संक्रमण रहेको हुनसक्छ ।
डेंगु रोग संक्रमण नियन्त्रणकालागि तत्तकाल दमक नगरपालिकाले नगर आसपासमा जन चेतना जगाउने कार्यक्रम सञ्चालन गरिएको छ । दमक आसपासमा रहेका पानी जमेका खाल्डाखुल्डी, गमला, टायर रिपियरिङ गर्ने स्थानमा फालिएका टायरमा जमेको पानी तथा रङ तथा अन्य प्लाष्टिक, टिनका वट्टा, वोतल एसी तथा फ्रिज सञ्चालन गर्दा निश्कने पानीमा जमेको पानी तत्काल सफा गर्न समेत सबैलाई आग्रह गरिएको छ ।
यसकासाथै यस्ता पानी जमेका स्थानमा तत्तकाल लामखुट्टे मार्ने बिषादी छर्कने अभियान समेत सञ्चालन गरिएको दमक नगरपालिकाका कार्यकारी अधिकृत युवाराज दाहालले जानकारी दिनुभयो । उहाले दमक क्षेत्रमा रहेका सम्पुर्ण स्वस्थ्य सेवा प्रदान गर्ने स्थानबाट निःशुल्क रुपमा डेंगु जाँच गरेर सहयोग पु¥याउन आग्रह समेत गर्नुभयो ।
 र्लाफलाइन अस्पताल दमककी बरिष्ठ फिजिसियन डाक्टर खुश्वु प्रियाका अनुसार बर्षातको पानी जमेका स्थानलाई तत्काल सफागर्न नसक्दा त्यही जमेको पानीमा लामखुट्टेले फुल पार्ने बताउनु हुन्छ ।
जसका कारण समय सकिए लगत्तै एकसाताभन्दा वढी स्थिर रुपमा जमेको सफा पानीमा लामखुट्टेले फुल पार्ने गर्दछ । यस्ता सफा जमेको पानीमा वस्ने जीवाणुद्वारा संक्रमित भएको ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको टोकाईबाट यो रोग लाग्ने गर्दछ ।
  यसले टोकेको एकदेखि नौं दिनसम्ममा लक्षण देखा पर्ने गर्दछ । संक्रमण भएको लामखुट्टेको टोकाइबाट मानिसको शरिरमा लाग्ने यो रोग लागेका शरिरको रगतमा पाइने प्लेटलेस नष्ट हुने डाक्टर प्रियाले बताउनुभयो ।
यो रोग लागेमा सुरुमा उच्च ज्वरो आउने, शरीरको छालामा रगत फाटेको थेग्ला वा धब्बा बस्ने, वाक्–वाक् लाग्ने, शरीरका जोड्नी दुख्ने आँखाको नानी दुख्ने, टाउको दुख्ने, क्रमश आन्तरीक तथा दिसा र पिसावमा रक्तश्राव हुने र समयमा उपचार हुन नसकेमा शरीरबाट बढी रक्तश्राव भएर निधन समेत हुनसक्ने चिकित्सकको भनाई छ ।
  खासगरी पानी जम्ने खाल्डाखुल्डी, घरको कोठा भित्र रहेका गमला, फोहोर फाल्ने स्थान, पुराना टायर, फ्रिज तथा एसी मेसिनमा जम्ने पानीमा यस्ता लामखुट्टेको बासस्थान हुने गर्दछ । त्यसै यस्ता स्थानमा सरसफाई तथा बिषादी हानेर लामखुट्टे बस्नबाट निर्मुल गर्न सकिने चिकित्सकहरुको सुझाव छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय झापाका भेक्टो कन्ट्रोलर तथा डेंगु रोग फोकल पर्सन जीवन चम्लागाईका अनुसार जिल्लाको दमक नयाँ रोग फेला यसै विषयलाई विचार गर्दै दमक अस्पतालमा डेंगु रोगीका लागि निःशुल्क रोग निधान जाँच र उपचार केन्द्र स्थापना गरिएको छ ।
   पछिल्लो समय रोगीको सख्या वढ्दै गएपछि यहा स्थित सरकारी स्वास्थ्य संस्था दमक अस्पतालले निःशुल्क उपचारको व्यवस्था गरेको छ । पछिल्लो समय संक्रमितको संख्या वढ्दै गएपछि सरकारी मापदण्ड पुगेको डेंगु जाँच गर्ने किट  समेत दमकका नीजि अस्पतालमा नभएको खुलासा भएको छ ।
नेपाल सरकारको आधिकारीक दमक अस्पतालमा समेत अहिले दशवटामात्र किट रहेको बरिष्ट अहेव भट्टराइले जानकारी दिनुभयो । अधिकाशं निजी स्वास्थ्य संस्थामा भने सरकारी मापदण्ड पुगेको किट प्रयोग नगरिएको पाइएको छ । जसका कारण डेंगुको रोगको संक्रमण भएनभएकोमा समेत ढुक्क हुन नसकिएको चिकित्सकहरुको भनाई छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना