भारतीय बालगृहबाट ३२ बालक उद्धारको पर्खाइमा, दैलेखका तीनको उद्धार

child skt india(9)
ललित बसेल, सुर्खेत, कात्तिक ५ गते । भारतको मुजफ्फपुर जिल्लाको सिकन्दर गाउ“स्थित निर्देश बालगृहमा ३२ जना नेपाली बालक उद्धारको प्रतीक्षामा रहेको खुलेको छ । आवश्यक सम्पर्क, प्रयास नहु“दा उनीहरुको उद्धार हुन सकेको छैन ।
दैलेखका तीन जना बालकको उद्धार गरिएपछि सो बालगृहमा अझै ३२ जना नेपाली बालक रहेको रहस्य खुलेको हो । ती तीन जना बालकहरु अभिभावकको साथमा शुक्रवार सुर्खेत आइपुगेका छन् ।
    भारतीय बालगृहमा पाँच बर्षदेखि १६ बर्षसम्मका बालक रहेको उद्धारमा खटिएका सोसेक नामक संस्थाका अध्यक्ष हिरासिंह थापाले जानकारी दिनुभयो । वीरगन्ज घर बताउने पाँच बर्षका भोलाप्रसाद, काठमाडौं घर बताउने सन्तोष गिरीलगायत ३२ जना बालक सो बालगृहमा रहेका छन् । उनीहरुको उद्धारका लागि कुनै पहल हुन सकेको छैन ।
    भारतमा १८ बर्ष मुनिका बालबालिकाहरुले कुनै अपराध गरे बालगृहमा राख्ने गरिन्छ । बालकहरुले बास्तविक नाम, ठेगाना र अभिभावकको नाम नबताउ“दा उद्धारका लागि समस्या भएको उहाँको भनाइ छ । सरकारले अविलम्ब ती बालकको उद्धार गर्नुपर्ने उहाँ बताउनुहुन्छ ।
    यसैवीच सोही बालगृहमा रहेका दैलेखका तीन जना बालकहरुलाई उद्धार गरिएको छ । दुल्लु–८ का १५ बर्षीय सुरज गिरी र १४ बर्षीय सुन्दर वन सन्यासी तथा दुल्लु– ९ का १५ बर्षीय टिकाराम पुरीको उद्धार गरिएको हो । दैलेखको सोसेक संस्थाका अध्यक्ष हिरासिंह थापाको पहलमा सुन्दर वनका बुवा दल वन सन्यासीले तीन बालकहरुको निर्देश बालगृहबाट उद्दार गरिएको हो । शुक्रवार ती बालकहरु सुर्खेत आइपुगेको र शनिवार दैलेखस्थित अभिभावकहरुको जिम्मा लगाइने थापाले जनाउनुभयो ।
    भारतको बेंग्लोरको होटलमा काम गर्दागर्दै उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । १८ बर्ष मुनिका बालबालिकाहरुलाई काममा लगाउने नपाइने कानुन अनुसार उनीहरुलाई प्रहरीले पक्राउ गरी बालगृहमा पठाएको थियो ।
ती बालकहरु घरबाट भागेर भारतको बेंग्लोर पुगेका थिए । उनीहरु पैसा कमाउने लोभमा विद्यालयमा पढ्दापढ्दै भारत भागेका थिए । सुन्दर बनका बाबु दल वन सन्यासीले विद्यालय पठाएको छोरा अर्काको लहैलहैमा लागेर भारत पुगेको जनाउनुभयो । उ
हाँले उक्त बालगृहमा नेपालका ३२ जना बालकहरु रहेको जानकारी दिदैं तत्काल उनीहरुलाई नेपाल फर्काउन पहल गर्नुपर्ने बताउनुभयो । बालक सुरजले भारतमा आफूहरुले होटलमा रोटी तथा भात पकाउने काम गरेको बताए । उनले काम गर्दागर्दै प्रहरीले पक्राउ गरी बालगृहमा पठाएको जनाए ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना