बौद्धनाथ स्तूपको जीर्णोद्धार सम्पन्न

baudhaकाठमाडौँ, कात्तिक ६ गते ।  बौद्धनाथ स्तूपको जीर्णोद्धार सम्पन्न भएको छ ।  गतवर्ष भूकम्पले भत्किएको यो स्तूप सबैभन्दा छिटो जीर्णोद्धार भएकोे विश्व सम्पदामा सूचीकृत सम्पदा हो ।  गतवर्ष जेठ महिनामा सुरु गरिएको पुनःनिर्माण कार्य सत्र महिनामा सम्पन्न भएको छ ।  
बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष सम्पूर्णकुमार लामाका अनुसार जीर्णोद्धारमा २२ करोड रुपियाँ खर्च भएको छ ।  भारत काँगडास्थित पल्पुङ मोनाष्ट्रीका ताइ सितुपा रिम्पोछेबाट ३० किलो सुन उपलब्ध भएपछि जीर्णोद्धार कार्य सहज भएको थियो ।  जीर्णोद्धारमा करिब ६० लाख रुपियाँबराबरको जनश्रमदानसमेत भएको छ ।  
जीर्णोद्धार सम्पन्न भएलगत्तै स्तूपको गजुर क्षेत्रमा रहेको १९ वटा सिलबन्दी बाकसलाई गजुर क्षेत्रमै साविक अवस्थामा राखिएको छ ।  जीर्णोद्धारका क्रममा यी बाकसलाई गजुर क्षेत्रबाट झिकेर बौद्ध घ्याङ गुठीमा राखिएको थियो ।  यी बाकसमा के छन् भन्ने कुरा खुल्न सकेको छैन ।  बौद्ध धर्मावलम्बीले यी बाकस खोल्न हुन्न भन्ने आवाज उठाएपछि ती बाकसलाई गजुर क्षेत्रमा राखिएको हो ।  सिलबन्दी बाकस तिब्बती कलाशैलीमा निर्मित छन् भने कुनै साधारणखाले ट्याङका छन् ।  
गजुर र यसभन्दा तलको त्रयोदस भुवन भनिने धातु रहेको स्थानमा ३० किलो सुनको मोलम्बा लगाइएको अध्यक्ष लामाले जानकारी दिनुभएको छ ।  मङ्सिर ३ गते विशेष उत्सवका साथ पूजा अर्चना गरिएपछि स्तूप सर्वसाधारणका लागि खुला गरिने जनाइएको छ ।  बौद्ध घ्याङ गुठी, स्थानीय युवा क्लब र बौद्धमार्गीले जीर्णोद्धारमा महìवपूर्ण भूमिका निर्वाह गरेका थिए ।

रानीपोखरीको मन्दिर
पुरातìव विभागले बनाउने
रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरको पुनःनिर्माण अन्ततः पुरातत्त्व  विभागले नै गर्ने भएको छ ।
यसअघि काठमाडौँ महानगरपालिकामार्फत निजी कम्पनीलाई ठेक्कामा पुनःनिर्माण गर्न दिँदा उक्त कम्पनीले मापदण्डविपरीत निर्माण गरेको भन्दै पुरातìवले निर्माणमा रोक लगाएको थियो ।  पछि पुरातìवले दिएको नमूना र डिजाइनमा सबै मापदण्ड पूरा गर्न तयार भएपछि पुनःनिर्माणको कार्य अगाडि बढाउन स्वीकृति दिएको थियो ।  
अहिले काठमाडौँ महानगरपालिकाले प्राविधिक कारण देखाउँदै पुरातìव विभागले दिएको नमूना डिजाइन अनुसारको पुनःनिर्माण गर्न नसक्ने बताएपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले उक्त जिम्मा पुरातìव विभागलाई नै दिने निर्णय गरेको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिनुभयो ।  
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलगायतको कार्य टोली तथा पुरातìव विभागका महानिर्देशक भेषनारायण दाहाल, काठमाडौँ महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङसहित बसेको बैठकले सो निर्णय गरेको प्रवक्ता थपलियाले बताउनुभयो ।  
बैठकमा भएको सहमति अनुसार पोखरीको मध्य भागमा रहेको बालगोपालेश्वर मन्दिर पुरातìव विभागले गर्नेछ भने वरपरको अन्य भाग र पर्खालको पुनःनिर्माण महानगरपालिकाले नै गर्नेछ ।
सो मन्दिर तिहारको भाइटीकाको दिन सर्वसाधारणका लागि खोल्ने गरिन्छ ।  आफ्ना दिदीबहिनी नहुनेले सो दिन त्यहाँ गएर टीका लगाउने चलन छ ।  यस वर्ष पनि भाइटीका एवं छठ पर्वका कार्यक्रम सहज बनाउन महानगरपालिकाले नेतृत्व लिई आवश्यक व्यवस्थापन गर्ने निर्णय भएको छ ।  रानीपोखरी पुनःनिर्माणका लागि गत माघ २ गते भूकम्प दिवसका अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गर्नुभएको थियो ।  
त्यस्तै काठमाडौँ दरबार क्षेत्रलाई सुव्यवस्थित बनाउने सम्बन्धमा गुरुयोजना तयार पार्नका लागि महानगरपालिकाले अध्ययन गराउनका लागि प्राधिकरण, महानगरपालिका र पुरातìव विभागलगायतका सम्बद्ध निकायले सहजीकरण गर्ने निर्णय प्राधिकरणको बैठकले गरेको छ ।  




थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना