हाँडीगाउँको जात्रा परम्परा

surya lal prajapatiसूर्यलाल प्रजापति





लिच्चविकालीन समयमा हाँडीगाउँभन्दा उत्तरतर्फ शिवपुरी पहाडको फेदमा अवस्थित बूढानीलकण्ठ नारायणस्थानदेखि दक्षिणतर्फ ललितपुर शङ्खमूलसम्मको ठूलो सहर भएको क्षेत्रलाई बुझिने ऐतिहासिक अध्ययनबाट बुझिन्छ ।  यस ठाउँका महŒवपूर्ण सांस्कृतिक जात्रामध्ये “चोकटे नारायण जात्रा” धेरै चर्चित छ ।  चलिआए अनुसार, चोकटे नारायणको रथ तीन वटा हुन्छन् ।  यो जात्रा लिच्छविकालीन समयदेखि चलिआएको थियो ।  
लिच्छवीकालीन समयमा विशालनगर विद्यपुर नामको सहर थियो ।  जुन सहर उत्तर शिवपुरी पहाडको फेदमा बूढानीलकण्ठ नारायण र दक्षिणमा पाटनको शङ्खमूल र पूर्वमा देवपत्तन, पश्चिममा नारायण चौर विष्णुमतीसम्म फैलिएको देखिन्छ ।  सोही समयमा राजपरिवारका दिदी बहिनीबीच प्रसुतिसम्बन्धमा दैवी शक्ति आवश्यक पर्छ भन्ने विषयमा दिदीको भनाइ बहिनीले इन्कार गरी आफ्नै बल शक्तिले बच्चा जन्माउन सकिन्छ, ईश्वर (नारायण) को शक्ति आवश्यक छैन भन्ने धारणा राखिन् ।  बहिनीको अहं भावले १२ वर्षसम्म पनि बच्चा नजन्मेर साह्रै कष्ट भोग्न परेको हुँदा ज्योतिषीलाई देखाउँदा नारायणलाई हेलाँ गरी आफ्नै शक्तिले बच्चा जन्माउन सकिन्छ भनेको कारण नारायण रिसाएर हिमालमा गएर बसेको हुँदा कही नभएको तरिकाले जात्रा गरी फकाएर ल्याएमात्रै बच्चा जन्मिन्छ भनेको हुँदा यो जात्रा चलाएको भन्ने किवंदन्ती छ ।  
यो जात्रामा तीन वटा खट या रथ हुन्छन्, जुन रथ कही नभएको हिसाबले गजुर मुनि र रथ माथि देवता (ईश्वर नारायण) राखिएको हुन्छ ।  अरू जात्रा गर्ने खटमा माथि गजुर त्यसपछि छाना या शिखर शैलीको रथ अथवा प्यागोडा शैली हुन्छ ।  त्यसमुनि देवता राखिन्छ ।  यहाँ त्यसो नगरी गजुर मुनि राखिन्छ ।  यो कहीँ नभएको विशेषता हो ।  त्यसैले “कहीँ नभएको जात्रा हाँडी गाउँमा” भनेर प्रख्यात भएको हो ।  
साथै बीचमा मेरुदण्ड स्योसिं राखेर त्यस अग्लो स्योसिंको टुप्पामा सेतो कपडा गोलो आकारको हिमाल अङ्कितमा देवता नारायण टाँसेर राखिन्छ ।  यसको वरपर चारैतिर घुम्ने खालको पहाड रुपको गोलो शिखर शैली र त्यसमाथि जङ्गल रुपको मान्द्राले घेरिएर त्यसमा पूmलसहितको फूलको जङ्गल बनाएको हुन्छ ।  त्यस जङ्गल र गजुरसहित दुई जवान मिलेर घुमाउने कार्य हुन्छ ।  जुन रथ ३० जवानले एकनासले सन्तुलन मिलाएर बोक्नुपर्छ अन्यथा रथ ढलेर बिघ्नबाधा, बोक्नेलाई खतरा हुन्छ ।
अर्को विशेषता
यो जात्रामा (शिस्वा) मैनको पूmल, जुन पूmल माउरीको चाकाको कुटबाट बनाइएको हुन्छ, त्यसले रथलाई अनिवार्य सिँगारिएको हुन्छ ।  उक्त फूल रथको वरिपरि तीन तहमा राखिएको हुन्छ ।
अर्को विशेषता यस जात्राको लागि यस स्थानको आठ वटा गुठीमध्ये एक गुठीले कोटाल टोलस्थित खड्गमुखी भगवती मन्दिर दक्षिणतर्फ रहेको ऐतिहासिक इनारबाट जल ल्याएर चखाउनुपर्छ ।  यो अनिवार्य छ ।
यो जात्रा चन्द्रमास अनुसार कौलाथ्व शुक्लपक्ष पूर्णिमाको दिनमा बिहान सबेर च्यागुठीमध्ये कोटा गुठीले जात्राको लागि नारायण देवता लिन जानुपर्छ ।  उक्त देवता लिन जानलाई च्यागुठी खलःले विधि विधान र नीतिअनुसार उत्तर बूढानीलकण्ठ माथि गएर विधिपूर्वक लिएर आएपछि कोटाल टोल पुजारीलाई दिइन्छ र उक्त बेलादेखि रातभर बाहिर देवतालाई राखिन्छ ।  सबैले दर्शन र पूजा गरिन्छ ।  रातको समयमा उक्त देवता लगेर रथमा राखिन्छ ।
कात्तिक महिना चन्द्रमास अनुसार कौलागा प्रतिपदा दिनमा यो रथ जात्रा गरिन्छ ।  यो जात्रामा पएताखल धिमे बाजा र प्वोङगा अनिवार्य चाहिन्छ ।  अरू बाजा पनि बजाउने गरिएको छ ।
काठमाडौँ महानगरपालिका वडा नं. ५ स्थित हाँडीगाउँको ठटुटोलमा (ब्रह्मा) या बाबु भनिने रथ निर्माण हुन्छ ।  न्यालमा टोलको माछाको प्रतिकस्वरुप ढुङ्गा उत्तरतर्फ रहेको सानो चोकमा विष्णु वा छोरा भनिनेको रथ तयार गरिन्छ ।  कोटाल टोलमा आमा या महेश्वर भनिनेको रथ तयार गरिन्छ ।  यसरी पूर्णिमाको रातभरमा रथ मिलाएर तयार गरिन्छ ।
पूजाविधि र रथोत्थान
यो जात्रा नेपाल सरकार गुठी संस्थानबाट चल्दै आएको छ ।  यसको लागि सुरुमा दाताबाट ३६० रोपनी जग्गा राखिएको छ भन्ने सुनिन आएकोमा अब गुठी संस्थानसंँग उक्त जात्राको नाममा के कति जग्गा छ गुठी संस्थानलाई नै थाहा होला ।  
सुरुमा रातको समय पूर्णिमाको दिनमा भुत्तेश्वर कृष्ण मन्दिर अगाडि स्थापित भैरवलाई तान्त्रिक विधिअनुसार साविकदेखि चलाइआएको बाजा नायखि र मायली बजाइ (भेडा) थुमा बलि चढाइ पूजा गरिन्छ ।  त्यसपछि ठटुटोल, न्यालमा टोल, कोटाल टोलमा रहेको रथमा अघिल्लो दिनमा पुजारीको घर अगाडि राखिएको देवतालाई लगेर रथमा राख्ने कार्य हुन्छ ।
सुरुमा थटुटोलको रथ उठाएर कोटाल टोलमा लगिन्छ ।  त्यसपछि न्यालमा टोलको रथ उठाएर सोही कोटाल टोलमा लगिन्छ र अनि कोटाल टोलमा तीन वटा रथ जम्मा गरिन्छ ।  त्यहाँबाट पहिलो बाबु भनिने थटुटोलको रथ, दोस्रोमा छोरा भनिने न्यालमा टोलको विष्णु र पछि कोटाल टोलको आमा या महेश्वर भनिने रथलाई उठाई माथि दथुटोल भएर ठटुटोल भिमसेन स्थानसम्म चार स्थानमा बिसाइ पूजा लिई भिमसेन स्थान पु¥याइन्छ ।  त्यहाँबाट न्यालमा टोलको रथ अगाडि, बीचमा कोटाल टोलको र अन्त्यमा ठटुटोलको रथ कहीँ कतै नबिसाइ खुसीयालीपूर्वक जात्रा गरी ल्याई सरस्वती मन्दिर अगाडि पुगेपछि न्याल्म टोलबाट उठाएको रथलाई सोही स्थानमा लगि बिसाइन्छ ।  त्यसपछि कोटालटोल पुगेपछि त्यहाँबाट उठाएको रथ सोही स्थानमा बिसाइन्छ र ठटुटोलको रथ अर्थात् महेश्वर विष्णुलाई छोडेर अरू फर्काएर कहीँ नबिसाइ साविक ठटुटोलमा बिसाइन्छ ।  जात्रा सकिन्छ ।  
 उक्त रथ चार दिनसम्म यथास्थानमा नै राखिन्छ ।  खट राख्नुको मुख्य कारण पहिला यो विशालनगर ठूलो सहर भएको बेलामा चार दिनसम्म चल्ने भएको तर अब सम्भवः नभएको कारण जात्रा गर्नुको बदला बिसाइ राखेर चार दिन पछाडि मात्र देवता भिœयाइन्छ ।  
यो जात्रा ६० वर्ष अगाडि रातको १–२ बजे सुरु भएर बिहान ६ बजे सकिन्थ्यो ।  अब आएर बिजुलीको तारलगायत अन्य समस्याले गर्दा दिनको १२ बजेबाट सुरु भएर ३–४ बजे जात्रा सक्ने गरिएको छ ।  यो जात्रामा ऐतिहासिक धिमे पएता खलः तीन वटा रथको लागि तीन स्थानमा भाग लगाई गर्ने चलन थियो ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना