समाज सुधारका विभिन्न पाटा

kamal rijalकमल रिजाल







गएको असोज ९ गते यसै दैनिकमा प्रकाशित संस्कार सुधारसम्बन्धी लेखमा अहिलेको परिप्रेक्षमा अन्त्येष्टि कर्मसंस्कार पाँच दिनमा सक्नु उपयोगी हुन्छ भन्ने आशय व्यक्त भएको थियो ।  यो छुट्टै कुरा हो कि त्यसको कहीँंकतैबाट व्यापक आलोचना पनि भयो ।  तथापि समग्रमा यसको सन्देश सकारात्मक नै रह्यो ।  प्रथमतः सो लेखले संस्कार सुधार समाजका अध्यक्ष शंकर पोखरेलसित भेट गरायो ।  संयोग मात्र थियो कि केही सल्लाह र सुझाव पनि पुगेको थियो, त्यसको लगत्तै ललितपुर लुभु निवासी प्रह्लाद विष्ट र अमृत विष्ट दुई दाजुभाइले आफ्ना ९३ वर्षीय बाबु जयबहादुर विष्टको अन्त्येष्टि संस्कार पाँच दिनमा सक्नुभएको छ ।  यही असोज २७ गते सम्पन्न सपिण्डी श्राद्ध तथा शुद्धशान्ति हवन कार्यक्रममा धर्मसंस्कृति विद्, बुद्धिजीवी, स्थानीय जनप्रतिनिधि, सञ्चारप्रतिनिधि तथा शैक्षिक र प्राज्ञिक आदि व्यक्तित्वको विशेष उपस्थिति थियो, जसको समाचार भोलिपल्ट असोज २८ यसै दैनिकमा प्राथमिकताका साथ छापिएको छ ।  
स्वर्गीय जयबहादुर विष्टका जेठा छोरा प्रह्लाद विष्टका अनुसार उक्त पाँच दिने किरियाकर्ममा ८० वर्षीया आमा भगवती विष्ट तथा दिदीबहिनी नारायणी बानिया र बिन्दु अधिकारीलगायत गाउँका प्रायः सबै जनसमुदायको पूर्णतः सहमति छ ।  उहाँ भन्नुहुन्छ,
‘बाबु जयबहादुर विष्टले पहिले नै आफ्नो किरिया पाँच दिनमा सकिदिनू भन्नुभएको थियो ।  त्यसमा आमाको पनि सहमति रहेको र यसबारे संस्कार सुधार समाज तथा विभिन्न धर्म गुरु र धर्मसंस्कृतिविद्सित सल्लाह गर्दा शास्त्रीय आधारसमेत भेटिएकाले पाँच दिनमा सकेका हौँं ।  हाललाई यो नयाँ काम भए पनि समयले मागिसकेकाले कसै न कसैले अघि सर्नै पर्ने थियो ।  त्यसैले हामीले आफँैबाट सुरुवात गरेका हौ । ’ समाज सुधारको वृहत्तर उद्देश्यले गत २०७१ साल भदौमा गठित संस्कार सुधार समाजका अध्यक्ष शङ्कर पोखरेलका अनुसार हालसम्म समाजको परामर्शमा दुई दर्जनभन्दा बढी पाँचदिने अन्त्येष्टि किरियाकर्म सम्पन्न भइसकेका छन् भने परामर्श नलिई आफू खुसी दिन छोट्याएर किरियाकर्म गर्नेहरू पनि दर्जनौँं छन् ।  अध्यक्ष पोखरेलका अनुसार समाजले धर्मगुरुहरू र धर्मसंस्कृतिविदसित व्यापक छलफल तथा परामर्श गरी पाँच दिने किरियाकर्मको विधान नै तयार गरिसकेको छ ।
समाजको अवधारणापत्रमा उल्लेख भएअनुसार निर्णयसिन्धु, धर्मसिन्धु, पारस्कर गृहसूत्र, परासर स्मृति, याज्ञवल्क्य स्मृति, मनुस्मृति, आदि विभिन्न धार्मिक ग्रन्थहरूमा पाँच दिनमा अन्त्येष्टि कर्मसंस्कार पूरा गर्न सकिने आधार मात्र होइन मृतकलाई कुन दिन कतिवटा पिण्ड कसरी दिने भन्ने कुराको समेत प्रावधान भेटिन्छ ।  मात्र फरक कसैले कुरा सिँधै गरेका छन् भने कसैले अलि घुमाउरो तरिकाले तर कर्मफल भोगका लागि मृतकले अर्को शरीर निर्माण गर्ने काम दिनले नभई पिण्डले हो भन्ने कुरामा भने सबैको एउटै स्वर देखिन्छ ।  यसबारे थप प्रस्ट हुन चाहनेले पारस्कर गृहसूत्र ३ ।  १० को सूत्र २५ तथा २६, २७ र २९ एवं ३० तथा मनुस्मृति ५ ।  ७३, निर्णय सिन्धु ५ ।  २३५ एवं परासर स्मृति १ ।  २४ आदिलाई हेर्न र त्यसको आशय बुझ्न सक्नुहुन्छ ।  सोही अवधारणपत्रमा उल्लेख भएअनुसार कुन दिन कतिवटा पिण्ड दिने भन्नेबारे पनि निर्णय सिन्धु र धर्म सिन्धु एकै स्थानमा देखिन्छन् ।  उनीहरू दुवैले पहिलो दिन एक, दोस्रो दिन चार र तेस्रो दिन पाँचवटा पिण्ड दिनुपर्छ भनेका छन् तर पारस्कर गृहसूत्रको भनाइ भने केही फरक देखिन्छ ।  यसमा पहिलो दिन तीन, दोस्रो दिन चार र तेस्रो दिन तीन पिण्ड दिनुपर्ने उसको अभिमत भेटिन्छ ।  जहाँसम्म षोडषी तथा सपिण्डी श्राद्धको कुरा छ यसलाई भने क्रमशः चारौँ र पाँचौँ दिनलाई नै उपयोगी ठह¥याइएको छ ।  
पङ्क्तिकारका लागि उक्त आलेखको अर्को महìवपूर्ण पाटो भनेको गोरखापत्र संस्थानका पूर्व अध्यक्ष तथा महाप्रबन्धक नगेन्द्र शर्मासितको भेट पनि हो ।  भेटमा पो थाहा भयो उहाँले आफ्नी अर्धाङ्गिनीको अन्त्येष्टि कर्मसंस्कार पाँच दिनमा सकेर छ सात वर्षअघि नै यस अभियानको सुरुवात गरिसक्नु भएको रहेछ ।  उहाँ भन्दै हुनुहुन्थ्यो–
‘विस्तारै दार्जिलिङतिर पनि केही समाज सुधारकहरूले यसतर्फ चासो दिन थालेका छन् । ’
निःसन्देह अन्त्येष्टि कर्मसंस्कारको सुधार समयको माग हो ।  यसले अभियानकै स्वरूप लिइसकेको छ र विस्तारै अन्तर्राष्ट्रिय आकार समेत लिंँदै गइरहेको देखिन्छ ।  अब यो रोकेर पनि रोकिएलाजस्तो लाग्दैन ।  यसमा केही धर्मगुरु तथा धर्मसंस्कृतिविद्ले अहिले नै सहमति जनाइसक्नुभएको छ ।  नजनाएकाले पनि सम्भवतः जनाउने मनस्थिति बनाउँदै हुनुहुन्छ वा भोलि पर्सि कुनै दिन उहाँले वा उहाँका छोरा वा नातिले भए पनि पक्कै बनाउनु हुनेछ ।  हो यसमा कर्मकाण्ड गर्दै आउनुभएका केही गुरुहरूलाई अप्ठ्यारो लाग्न सक्छ तर उहाँहरूले पनि अप्ठ्यारो मानिहाल्नु चाहिँ पर्दैन ।  तेह्रदिने संस्कार पद्धतिमा हुर्कंदै आइएको अवस्थामा पाँच दिनको कुरा अलि कस्तो कस्तो लागेको मात्र हो तर विस्तारै यसमा पनि बानी पर्दै जान्छ ।  पहिले पद्धतिमा जे उल्लेख थियो त्यसैमा बानी परेको छ भने अहिले पद्धतिमा जे उल्लेख भएको हुन्छ भोलि त्यसमा चाहिँ बानी नपर्ने भन्नै प्रश्नै आउन्न ।  यहाँनेर बुझ्नुपर्ने कुरा के हो भने संस्कार सुधार भनेको अन्त्येष्टि संस्कार सुधार मात्र होइन ।  हाम्रा विवाह, व्रतबन्ध, न्वारन, पास्नी जस्ता संस्कार तथा दसैँ तिहार आदि पर्वहरूमा समेत सुधारको उत्तिकै आवश्यकता छ ।  
हालको विवाह पद्धतिअनुसार विवाह संस्कार पूरा गराउने हो भने ६ ।  ७ घन्टाको समय लाग्छ तर व्यवहारमा भने एकाध घन्टामै सक्नुपर्ने बाध्यता छ ।  व्रतबन्धको अवस्था पनि त्यस्तै छ ।  कतिले खोलाको किनारमा बसेर यज्ञोपवित धारण गरी गायत्री मन्त्र सुनेकै भरमा व्रतबन्ध संस्कार पूरा भएको ठान्ने गरेका उदाहरण पनि प्रशस्तै छन् ।  यस्तो अवस्थामा भन्नैपर्छ यजमान र पुरोहित दुवै संस्कार पूरा गरेजस्तो मात्र गरिरहेका छन् ।  वास्तवमा कसैले पनि पूरा गरेका चाहिँ छैनन् ।  त्यसैले उनीहरूलाई केवल गरेजस्तो मात्र गर्न नदिई साँच्चिकै गरेकै अवस्थामा पु¥याउनका लागि पनि एकाध घन्टामा सम्पन्न गर्न सकिने पद्धतिहरू निर्माण हुनैपर्ने देखिन्छ ।  न्वारन, पास्नीको अवस्था पनि त्यस्तै हो ।  यतिबेला कतिलाई अमेरिका र युरोपमा जन्मिएका बालकको न्वारन काठमाडौंँमा गर्नुपर्ने बाध्यता छ ।  यस्तो अवस्थामा नाम राख्ने गुरुहरूलाई आफू खुसी गर्ने छुट दिनु राम्रो होला कि पद्धति बनाएर एकरूपता दिनु राम्रो
होला ? त्यसैले संस्कार सुधार समाजले आफ्ना सञ्जाल विस्तार गरी यतातिर पनि ध्यान दिनुपर्ने देखिन्छ ।  
हामीले १५ दिने दसैँ पर्व हालै सम्पन्न ग¥यौंँ ।  यो पनि त्यत्तिकै अव्यावहारिक र खर्चिलो भइसकेको छ ।  आजको समयमा कुनै एक पर्व विशेषको नाममा १५ दिनसम्म स्कुल, क्याम्पस तथा अड्डा अदालतलाई बिदा दिनु पक्कै सुहाउने काम होइन ।  त्यसैले यसलाई समेत फूलपातीदेखि टीकाको दिनसम्म मात्र मनाउने गरी व्यवस्थित गर्नु समय सापेक्ष हुनेछ ।  त्यस्तै तिहार पर्व पाँच दिनसम्म मनाउने चलन छ ।  यसमा पशुपंक्षीदेखि मानिससम्म सबै पक्षको सम्झना वा सम्मान हुने भएकाले यो राम्रै हो तर यसमा खर्च हुने समय, साधन र स्रोतलार्ई समेत सामाजिक हित र समुन्नतिमा लगाउन सकिए पक्कै सुनमा सुगन्ध हुनेछ ।  त्यसैले विस्तारै त्यस्ता काम के के हुन सक्छन् त्यतातिर समेत सोच्नुपर्ने बेला आइसकेको छ ।  यसबाहेक खानपान, बोली, वचन र व्यवहार पनि आफँैमा एउटा संस्कार नै भएकाले यसलाई समेत समय सापेक्ष थप मर्यादित र व्यवस्थित गर्दै जानुपर्ने काम त आफ्नो स्थानमा छँदैछ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना