चैतमा निर्वाचन नभए मुलुक सङ्कटमा पर्छः अध्यक्ष गच्छदार

bijaya kumarभीमदत्तनगर, कात्तिक ८ गते । मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले आगामी चैतभित्र स्थानीय तहको निर्वाचन नभए मुलुक सङ्कटमा पर्ने बताउनुभएको छ । कञ्चनपुरको बेल्डाँडी नगरपालिका–५ चवन्नी बजारमा  पार्टीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उहाँले चैतभित्र स्थानीय तहको निर्वाचन गराउनुपर्ने बताउनुभयो । सोह्रबुँदे सहमति गराएर आफूले नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई सहमतिमा ल्याएर संविधान जारी गराउन पहल गरेको बताउँदै नेता गच्छदारले तीनै ठूला दलका कारण मुलुकको अवस्था बिग्रिदै गइरहेको आरोप लगाउनुभयो ।

सबै जातजाति र समुदायलाई सम्बोधन गरेर संविधान जारी भएको बताउँदै उहाँले संविधान कार्यान्यवनका लागि पनि चैतमा निर्वाचन गराउनुपर्ने धारणा राख्नुभयो । “हाम्रो संविधान विश्वकै उत्कृष्ट छ,” उहाँले भन्नुभयो । आमसभामा मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का महासचिव रामजनम चौधरी, सांसदहरु जनक चौधरी र योगेन्द्र चौधरीलगायतले आफ्नो धारणा राख्नुभएको थियो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना