कागजात उपलब्ध गराउन परराष्ट्रलाई निर्देशन

काठमाडौँ, कात्तिक ९ गते । व्यवस्थापिका–संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले भारतस्थित नेपाली राजदूतावासको जमिनमुनिबाट मेट्रो रेल सञ्चालन गर्न सरकारले दिएको अनुमतिका सम्बन्धमा सात दिनभित्र सम्पूर्ण कागजात उपलब्ध गराउन निर्देशन दिएको छ ।

समितिको आज बसेको बैठकले नेपाल–भारत प्रबुद्ध समूहको गठन गर्दा उक्त समूहलाई प्रदान गरिएको कार्यादेशसहित कार्यप्रगतिको लिखित विवरण उपलब्ध गराउन पराराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकले उक्त विषयका लागि परराष्ट्र मन्त्रालयको स्पष्ट धारणा आवश्यक भएकाले आगामी बैठकमा अनिवार्य उपस्थित हुनसमेत निर्देशन दिइएको छ ।

आजको बैठकमा प्रबुद्ध समूहका संयोजक डा भेषबहादुर थापालगायत सदस्यले समूहको कार्यप्रगतिका बारेमा जानकारी गराउनुभएको थियो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना