चिनी मिलको क्षमता विस्तार

कञ्चनपुर, कात्तिक ९ गते । बेलौरी नगरपालिकाको शिवनगरस्थित महाकाली चिनी मिलले उखु क्रसिङ गर्ने क्षमता विस्तार गरेको छ ।

मिलले उखु क्रसिङ गर्ने क्षमता प्रतिदिन १५ हजार क्विन्टलबाट बढाएर १८ हजार क्विन्टल पुर्याएको छ । उखुको उत्पादन वृद्धि भएपछि मिलले क्षमतामा विस्तार गरेको हो । मिलका प्रबन्धक राजेश्वरप्रसाद शाहका अनुसार मिलले गत वर्ष १५ लाख ६३ हजार क्विन्टल उखु क्रसिङ गरेको थियो ।

“यस वर्ष २५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएका छौँं,” उहाँले भन्नुभयो । मिलले कालागौंँडी, दैजी र दोधारा–चाँदनीमा उखु खरिदबिक्री केन्द्र खोल्ने योजना बनाएको छ । उखु बिक्री गर्न ल्याउने किसानलाई बैंकमार्फत भुक्तानी दिने व्यवस्था गरिएको छ । करिब २२ बिघा जग्गामा फैलिएको उक्त मिलमा १५० भन्दा बढी कामदार कार्यरत छन् ।

चार लाख सङ्कलन

प्राविधिक शिक्षालय स्थापनाका लागि झलारी– पिपलाडी नगरपालिका– ४ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालयले रु चार लाख ४० हजार सङ्कलन गरेको छ ।

श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञबाट सो रकम रकम सङ्कलन गरिएको हो । समाजसेवी भगवती चन्दले रु चार लाख मूल्य बराबरको आधा कठ्ठा जग्गा दान गर्नुभएको महोत्सव मूल आयोजक समितिका कोषाध्यक्ष मधु बोहराले जानकारी दिनुभयो । कात्तिक ३ गतेदेखि सुरु भएको सो महोत्सव बुधबारसम्म चल्ने बताइएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना