हरुवाचरुवाको प्रथम राष्ट्रिय सम्मेलन शुरु

harucharuwaसप्तरी समाचारदाता, सप्तरी कात्र्तिक ९ गते । भुमिहीनलाई जमिन उपलब्ध गराउने संवैधानिक ब्यवस्था तत्काल कार्यान्वय गर्न माग गर्दै हरुवाचरुवाको प्रथम राष्ट्रिय सम्मेलन राजविराजमा मंगलवारदेखि सुरु भएको छ । हरुवाचरुवा आन्दोलनका अगुवा वलदेव रामले सम्मेलनको उदघाटन गर्नु भएको हो ।
सम्मेलन उदघाटन सत्रलाई सम्वोधन गर्दै प्रमुख अतिथि रामले नेपालको संविधान २०७२ ले भुमिहीन दलितलाई एक पटक जमिन उपलब्ध गराउने र आवासविहीन दलितलाई वसोवासको ब्यवस्था गर्ने ब्यवस्था गरेकोले तत्काल कानुन वनाएर त्यसलाई कार्यान्वय गर्न माग गरे ।
सिनो वाहिस्कार आन्दोलन तथा दलित अभियानका अगुवा रामले हरुवा चरुवाको उठिवासको घटना तत्काल वन्द गर्न सरकार लागि पर्नुपर्ने र तिनको नाममा रहेको सम्पूर्ण ऋण खारेजी गर्नुपर्ने माग समेत गरेका छन् ।
उच्च स्तरीय आयोगको सदस्य समेत रहिसकेको रामले वँधुवा श्रम निषेध ऐन मार्फत तत्काल हरुवा चरुवा आयोग गठन गरी माग सम्वोधन गर्नुपर्ने कुरालाई समेत प्राथमिक्ताका साथ उठाएका छन् ।
सम्मेलन आयोजक समितिको सचिवालय सदस्य दशन मण्डलको अध्यक्षतामा आयोजित उद्घाटन सत्रमा माओवादी केन्द्रका जिल्ला अध्यक्ष असर्फि सदा, नेपाली कांग्रेसका जिल्ला सचिव रामकुमार चौधरी, नेकपा एमालेका जिल्ला अध्यक्ष गोविन्द न्यौपाने, एक्सन एडका पुर्वाञ्चल प्रतिनिधि शुभनारायण चौधरी, अधिवक्ता वालाराम भट्टराई न्यायिक अधिकार आन्दोलनका सामाजिक अभियन्ता रत्नकाजी वज्राचार्य लगायतले वोलेका थिए ।
यसैगरी सुदुरपश्चिमको कमलहरी आन्दोलनकी अगुवा सोनी चौधरी, कमैया आन्दोलनका अगुवा यज्ञराज चौधरी लगायतले समेत हरुवा चरुवाको अधिकारका लागि एक जुट हुनुको विकल्प नरहेको वताए । मुलुकमै पहिलो पटक भईरहेको दुई दिने सम्मेलनमा सुन्सरीदेखि पर्सासम्मका हरुवाचरुवाहरुले सहभागिता जनाएका छन् । सम्मेलनको उद्घाटन पुर्व राजविराजमा आफना मागसहित निस्केको उनीहरुको जुजुसले राजविराजको परिक्रममा गरेको थियो ।

 

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना