कोहलपुर नयाँ दिल्लीसम्म सिधा बस सेवा सुरु


bus_2नेपालगञ्ज समाचारदाता, नेपालगञ्ज, कात्तिक ९ गते । बाँकेका ब्यबसायी र काम बिशेषले जाने अन्य यात्रुलाई सेवा दिने उद्देश्यले पहिलो पटक जिल्लाको कोहलपुरबाट भारतको राजधानी नयाँदिल्लीसम्मका लागि सुविधा सम्पन्न एसी बस सेवाको सुरुवात गरिएको छ ।
ब्यबसायी र अन्य सर्वसाधारणको माग अनुसार भेरी यातायात प्रालिले कोहलपुर–नयाँदिल्ली बस सेवाको सुरुवात गरेको हो ।
बर्दियाको शान्तिबजार, ताराताल, गुलरिया लगायतका स्थानबाट राजधानी काठमाण्डौसम्मका लागि सुविधा सम्पन्न एसी सस्पेन्सन बस सेवा सञ्चालन गर्दै आएको सो प्रालिले सेवा शुरु गरेको दुई साताभित्रै कोहलपुर–नयाँ दिल्ली बस सेवा पनि संचालन गरेको छ ।
नेपाली तथा भारतीय नागरिकलाई स्तरीय सेवा पु¥याउने उद्धेश्यले नयाँ दिल्ली सम्मको बस सेवा संचालन गरिएको प्रालिका अध्यक्ष राजेन्द्र गिरीले जानकारी दिनु भयो ।
नेपाली यात्रुहरुले बाँकेबाट भारतको राजधानीसम्म स्तरीय बस सेवा संचालनमा आएपछि नेपाली वातावरणमा ढुक्कसँग यात्रा गर्न पाउदा खुशी लागेको प्रतिक्रिया दिएका छन् ।
भारतीय बसमा यात्रा गर्दा बाटोमा खाना खाने ठाउँमा ठगिने, स्तरीय खाना नखुवाउने तथा अभद्र ब्यबहार र लुटपाट समेत हुने गरेकाले नेपाली बसमै दिल्लीसम्म जान पाउँदा ढुक्क भएर जान पाइने नेपालगन्ज–१५ का ब्यबसायी इमरान अन्सारीले बताउनु भयो ।
बर्दियाको विकट क्षेत्रबाट एसि सस्पेन्सन जस्ता स्तरीय बसहरु संचालन गरेको प्रालिले नयाँ दिल्लीसम्मका लागि सेवा विस्तार गरेकोमा निकै खुशी लागेको उहाँले बताउनुभयो ।
भेरी यातायात प्रालिका अत्याधुनिक बसमा जिएसएम जडान गरिएको छ भने टिकटको ईबुकिङ सुविधा समेत राखिएको छ । यात्रुलाई नयाँ र अत्याधुनिक सुविधासँगै प्रतिष्पर्धात्मक ढंगले अघि बढिरहेको प्रालिको भनाई छ ।
सिण्डीकेट पक्षधर पुराना समितिले भेरी प्रालिको बसहरु संचालन हुन नदिन सुरुमा तोडफोड गरेको भएपनि स्थानीय प्रशासनको सक्रियताका कारण भेरी प्रालिले आपm्नो सेवा निर्वाध संचालन गर्न सकेको कानुनी सल्लाहकार प्रमोद धितालले जानकारी दिनुभयो ।
सीमावर्ती भारतीय बजार रुपैडियाबाट चल्ने बसमा भन्दा बाँकेबाट संचालनमा आएका बसको भाडादर न्यून रहेको भेरी यातायात प्रालीका अध्यक्ष गिरीले बताउनुभयो ।
यसअघि गत महिना मात्रै दांगबाट पनि भारतको राजधानी नयाँ दिल्लीसम्मका लागि बस सेवा संचालनमा ल्याईएको थियो । काठमाडांै–नयाँदिल्ली रुटका नेपाली बसहरु पनि नेपालगन्ज नाका भएर नै जाने गरेका छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना