लोकमार्ग आसपास मापदण्ड विपरित संरचना बन्दै


lokmargaचन्द्रप्रकाश शर्मा, बागलुङ, कात्तिक ११ गते । नेपालको पुर्वपश्चिम जोड्ने पुष्पालाल मध्यपहाडी लोकमार्ग आसपास मापदण्ड विपरित संरचनाहरू निर्माण हुने क्रम बढेको छ । २०६५ सालमा नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा लिएको पुष्पलाल लोकमार्ग आयोजनाले कडाई नगर्दा भौतिक संरचना निर्माणको कामले तिव्रता पाएको हो ।
सरकारले लोकमार्गको आसपासमा ५० मिटरको मापदण्ड कायम गरेपनि मापदण्ड अनुसार काम नभएको स्थानीयले बताएका छन् । बागलुङको मालढुङ्गादेखि निसीको सेवाङसम्मको एक सय ३७ किलोमिटर सडक खण्ड बागलुङ जिल्ला भित्र पर्दछ । लोकमार्ग निर्माण भएपछि सडक आसपासमा नयाँ भवन निर्माण गर्ने क्रम बढेको बिहुँका महेन्द्रप्रसाद कँडेलले जानकारी दिनुभयो ।
मध्यपहाडी लोकमार्गको कार्यालय दाङमा रहेको, कार्यालयबाट सीमित मात्रामा कर्मचारीहरू मात्र आउने र ठेकेदारहरुले आफ्नो इष्टिमेट अनुसार मात्र काम गर्ने गरेका कारण स्थानीयलाई मापदण्डको बारेमा स्पष्ट जानकारी गराइएको छैन ।
सडकबाट दायाँ बायाँ २५÷२५ मिटर मापदण्ड कायम गरेको जानकारी पाएपनि कसले के गर्ला र भनेर संरचनाहरु निर्माण भइरहेका छन् ।
सडकको  मध्य भागबाट दाँया÷बाँया २५÷२५ मिटर जग्गा छोडेर संरचना निमार्ण गर्नुपर्ने आयोजनाले जनाएको छ । तर बागलुङमा तत्काल आयोजनाले १० मिटरको मात्रै सडक निमार्ण गरेकोले सडक आसपासमा तीब्र गतिमा घर तथा भवन निमार्ण भैरहेका छन् ।
लोकमार्गको मापदण्ड सम्बन्धी स्थानीयमा कुनै जानकारी नभएकाले अहिले आवस तथा व्यवसायीक प्रयोजनको लागि ५० मिटर भित्रै पक्की संरचना निमार्ण भैरहेको बिहुँका स्थानीय शिक्षक मणीभद्र कँडेलले बताउनुभयो ।
संरचनाहरु निमार्ण भइरहँदा लोकमार्गका तर्फबाट कुनै अवरोध नभएकाले मापदण्ड विपरित निमार्ण भैरहेको उहाँको भनाइ छ ।
लोकमार्ग निमार्ण पूरा भएमा यातायताको चाप बढ्ने भएकाले व्यासायीक प्रयोजनका लागि संरचनाहरु निमार्ण भइहेका छन् । साथै आवसका लागि समेत लोकमार्ग छेउमा निमार्ण  गर्ने क्रम बढेको स्थानीय चिरजिवी कँडेलले बताउनुभयो ।
तर पुष्पलाल मध्यपहाडी लोकमार्ग बागलुङ खण्डका इन्जीनियर बद्रीप्रसाद शर्माले सडकको मापदण्ड नेपाल सरकारको नीतिमा नै ५० मिटरको भएकाले लोकमार्ग किनारमा बनेका संरचनाहरुको भविष्य नभएको बताउनुभयो ।
तत्कालको लागि लोकमार्ग दुई लेनको निमार्ण गरिएपनि आवश्यकता अनुसार थप गर्दै लैजाने भएकाले लोकमार्गको ५० मिटर आसपासमा स्थायीरुपमा  संरचना बनाउन नहुने शर्माले बताउनुभयो ।
लोकमार्गको दुबै किनारको २५÷२५ मिटरको दुरी भित्र बनेका संरचना आवश्यकता अनुसार सरकाले जुनकुनै बेला पनि भत्काउन सक्ने आयोजनाले जनाएको छ । यदि त्यसो भएमा आयोजनले लोकमार्ग जिम्मा लिनुअघि २०६५ साल अघि निमार्ण भएकाले संरचनाको मात्रै क्षतीपूर्ती पाउने र त्यसपछिकाले नपाउने इन्जीनियर शर्माले बताउनुभयो ।
मध्य पहाडी क्षेत्रका २५ जिल्ला र ती जिल्लाका २१५ बस्तीलाई जोड्ने यो लोकमार्गबाट कम्तीमा ७० लाख जनता प्रत्यक्ष रुपमा लाभान्वित हुने छन् भने सडक सञ्जालमा नजोडिएका केही जिल्ला र सदरमुकाम पनि सडकको राष्ट्रिय सञ्जालमा जोडिँदै छन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना