सुनसरी खोलाको पुल समयमा नबन्दा स्थानीय मर्कामा


sunsariजयकृष्ण यादव, इनरुवा, कार्तिक ११ गते । सुनसरीको नरसिंह र रामनगरभुटाहा गाविसलाई जोडने सुनसरी खोलाको पुल निर्माणको काम सुरु भएको सात वर्ष वितिसक्दाँ समेत निर्माण कार्य सम्पन्न भएको छैन ।
पुल निर्माणको लागि वि.स.२०६७ सालबाट ठेक्केदार कम्पनीले निर्माण कार्य सुरु गरेको भएपनि हालसम्ममा तीन वटा पिलर र आधाँ ढलान बाहेकको कार्य सम्पन्न नहुदाँ दुई वटा गाविसलाई जोड्नका लागि डुङगा र बाँसको पुल (चचरी) बाहेको बिकल्प नरहेको स्थानीयहरुले गुनासो गरेका छन् ।
निर्माण कार्य विगतमा नियमित भएपनि एक वर्षयता कुनै काम नभएको स्थानीयहरुले बताएका छन ।
स्थानीयहरूलाई आवतजावतमा सजिलो र सहज होस भन्ने उदेश्यले सात वर्ष अगाडि पूल निर्माण कार्य सुरु गरेको र ३ वर्षमा अर्थात वि.स.२०७० सालसम्ममा पुल निर्माण कार्य सम्पन्न गर्ने भनेको थियो तर २०७३ सालसम्ममा पनि निर्माण कार्य सम्पन्न नभएका कारणले स्थानीयलाई आवतजावत निकै समस्या भएको रामनगभुटाहाका स्थानीय गफार अांसरीले बताउनुभयो ।
सो क्षेत्रमा सुनसरी खोलाको बाढीका कारणले समस्या हुनुका साथै आवतजावत गर्नका लागि पुल अभावमा स्थानीयहरूले ज्यान जोखिममा राखेर खोला वारिपारी वा आवतजावत गर्न बाध्य भएका स्थानीय लुकमान अंसारीले बताएका छन् ।
जिल्लाको ठूला योजना मध्यै एउटा ठूलो आयोजनको रुपमा रहेको उक्त पुलको निर्माणमा ढिलाई हुदा स्थानीय आक्रोस समेत व्यक्त गरेका छन् । पुल निर्माणका लागि ठेक्का पाएको बिपि कन्ट्रक्सन कम्पनीको चरम लापरवाही र सरकारी निकायको बेवास्ताका कारण पुल निर्माण कार्य ढिलाइ भएको स्थानीयहरुको भनााइ रहेको छ ।
हुलाकी राजमार्गमा पर्ने भुटाहा र नरसिंहको सुनसरी खोलामा पुल निमार्णमा ढिलाइ भएका कारण बाँसको चचरी र डुङगामा आवतजावत गर्न बाध्य भएको अर्का स्थानीय विद्यासागर नुन्दिले गुनासो पोख्नुभयो । नरसिंहको अधिंकाश स्थानीयको कारोबार तथा हाटबजारको काम रामनगरभुटहामा हुनेभएका कारणले पुल निर्माण कार्य आवश्यक रहेको स्थानीयहरुको भनाइ छ । स्थानीय भुपेन्द्र यादवले पुल निर्माणको काम छिटो नभए आफूहरु आन्दोलनमा उत्रने चेतावनी दिनुहुन्छ ।
करिब ६ करोड रुपियाँ लागतमा निर्माण कार्य सुरु भएकोमा पछिल्लो एक वर्ष यता कुनै काम नभएका कारण स्थानीयहरु सशंकित भएका नरसिंहका स्थानीय जगरनाथ मण्डलले गुनासो गर्नुभयो । स्थानीयले पुल निर्माण कार्य छिटो सम्पन्न गर्न पटकपटक ताकेदा र आग्रह गरेको भएपनि निर्माण कार्यमा कुनै दतारुकता नदेखाएको आरोप लगाएका छन् । यता पुल ठेक्केदार कम्पनि सम्पर्क बाहिर रहेको स्थानीयको भनाइ रहेको छ । पुल निर्माणमा ध्यान किन नदिएको विषयमा निर्माण कम्पनीका एक सदस्यलाई सोध्दा आफूहरु तल्लो मजदुर भएको प्रतिया दिदै नाम उल्लेख नगरिदिन आग्रह गर्नुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना