तिहार सुरु आज कागको पूजा गरिँदै

Kag-tiharकाठमाडौँ, कात्तिक १२ गते ।  कात्तिक कृष्ण त्रयोदशीका दिन शुक्रबार कागको पूजा गरी कागतिहार मनाइँदैछ ।  यमपञ्चकको यो पहिलो तिथिदेखि पाँच दिनसम्म यमलोकबाट आफ्नी बहिनी यमुनालाई भेट्न यमराजले मत्र्यलोक विचरण गरेका हुन्छन् भनिन्छ ।  
कागले यमराज र बहिनी यमुनाबीच सूचना आदानप्रदान गर्ने भूमिका खेलेको प्रसङ्ग यो दिनसँग जोडिएको छ ।  कागलाई यमदूतका रूपमा पूजा गरिन्छ ।  कागलाई यसै दिन भोजन गराउँदा सोझै पितृले पाउँछन् भन्ने शास्त्रीय मान्यता छ ।  ज्योतिष डा. सुनिल सिटौलाका अनुसार कागलाई नित्य भोजन गराउँदा प्रशस्त धनलाभ हुने ज्योतिषशास्त्रीय मान्यता छ ।  कागलाई निकै चतुर पक्षीका रूपमा बुझिँदै आएको छ ।  
यसै दिन आयुर्वेदका प्रवर्तक धन्वन्तरीको आराधना गरी राष्ट्रिय आरोग्य दिवस मनाइँदैछ ।  बाग्मती अञ्चल आयुर्वेद औषधालय (जयबागेश्वरी)ले जयबागेश्वरीमा अवस्थित धन्वन्तरीको पीठमा पूजन गरेर दिवस मनाउँदैछ ।  मुलुकमा धन्वन्तरीको एकमात्र प्रस्तरपीठ रहेको यो क्षेत्र रावणलाई उपचार गर्ने वैद्य समुदाय बसोबास गर्ने थलोका रूपमा पनि प्रख्यात छ  ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना